विरहमा आकाशले धारा बगायो कि ,
छिया-छिया धरतीले तारा खसायो कि ?
रोक्न-छेक्न भाको छैन विदेश जानेलाई ।
तर कल्ले जोतिदेला गोरू जोभानेलाई ?
बुढेसकालमा सास बढ्दो बाँच्ने आश घट्दो ।
आफ्नो लास आँफै रुँग्ने नियति यो कस्तो ?
विरहमा……………………………….
आजभोलि गाउँ होइन वनै बिरानो छ ।
सान्नानीको सम्झनाले मनै अँध्यारो छ ।।
गाउँ-घरमा सुनिंदैन बाँसुरीको धुन ।
आँसु पनि रित्तिएझैं लाग्छ मलाई रुन ।।
विरहमा……………………………
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)