नेपाली पप गीत : यो मन

~सिने गुरुङ~

एक्लै हुँदा त झन् रोइदिन्छ यो मन
रहर उडिजाने रहर
आकाश छुने रहर त्यो बादलमा
तर डर किन लाग्छ मलाई डर
हरदिन हरपल किन लाग्छ यो डर
यो मन
भुईमा कुल्चिन्छ सबले टेकिदिन्छ
सम्हालिन खोज्दा यो मन
एक्लै रोइदिन्छ अनि हासिदिन्छ
आफैलाई हेर्दै यो मन
तर किन मलाई मात्र यस्तो भएको जस्तो लाग्छ
हरपाइला सार्न खोज्दा बाटो विलाएको जस्तो लाग्छ
अब के गरुँ म
अब के गरुँ म

मन किन रुन्छ यो मन
एक्लै हुँदा त झन् रोइदिन्छ यो मन
रहर उडिजाने रहर
आकाश छुने रहर त्यो बादलमा
तर डर किन लाग्छ मलाई डर
हरदिन हरपल किन लाग्छ यो डर
यो मन

यादमा हराईदिन्छ कसैलाई खोज्दा
आशुँ मात्र दिन्छ मन
फेरी टिपीन्छ अनि फ्यालिन्छ
जब फल्न खोज्दा मन
तर किन मलाई मात्र यस्तो भएको जस्तो लाग्छ
हरपाइला सार्न खोज्दा बाटो विलाएको जस्तो लाग्छ
अब के गरुँ म
अब के गरुँ म
मन किन रुन्छ यो मन
एक्लै हुँदा त झन् रोइदिन्छ यो मन
रहर उडिजाने रहर
आकाश छुने रहर त्यो बादलमा
तर डर किन लाग्छ मलाई डर
हरदिन हरपल किन लाग्छ यो डर
यो मन

शब्द, स्वर, सङ्गीत : सिने गुरुङ
एल्बम : यो मन

This entry was posted in नेपाली पप गीत and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.