~ज्ञानेन्द्र शाक्य~
चपल यो बाँदर किन सुस्ताएको
आफ्नो स्वभाव उ थान्को लगाएको
स्यंगुको डाँडामा शान्ति भएन कि
धुँवा धुलोबाट दिक्क भएछ कि
कंक्रीट जंगल शहर आवादी
भो अब्यवस्थित भयो वर्वादि
पिउनको सिद्धियो पानी जति पनि
काकाकुल भएँ देउ पानी
बोलेन स्वयम्भू, बोले नि सुन्दैन
बाँदर बबुरो, भन्न म सक्दिन
ब्यस्त छन् सव, आफ्नै धन्दामा
वास्ता कलाइ छ र म बबुरोमा
(स्रोत : रचनाकारको ब्लगबाट सभार)