बाल गजल : भन्नुस न आमा !

~शेखर ‘अस्तित्व’~

पसल हो कि बाजार, भन्नुस न आमा !
के हो सिंहदरबार ? भन्नुस न आमा !

त्यो संविधान भन्ने, चरा हो कि माछा ?
र खै त्यसको अनुहार, भन्नुस न आमा !

त्यो को रै’छ भाषण दिने, भोट माँग्ने ?
फटाहा कि गद्दार ? भन्नुस न आमा !

सबै कुर्सी पाए’सि मोट्टाउन थाल्छन !
यो कस्तो चमत्कार ? भन्नुस न आमा !

संधैं बन्द सुन्छु म, यस वर्ष छन् कि !
सबै दिन शनिवार ? भन्नुस न आमा !

रगत र पसीना बगाउँदा’नि हाम्रो !
किन हुन्न उद्धार ? भन्नुस न आमा !

म चाहन्छु “अस्तित्व”, शेखरजी जस्तै !
बनूँ कि ग़ज़लकार ? भन्नुस न आमा !

बुटवल–६
हाल : मुम्बई,

This entry was posted in बाल गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.