~होमशंकर बास्तोला~
आज तिम्रो अनुहार उदास उदास छ
छाती दुःखेर मुहार उदास उदास छ
खोला सुकेर गड्तिर बगर काँसघारी
पानीविहीन जङ्घार उदास उदास छ
आगो बलेर किरण छरिदा बस्तीभरि
धार रेट्दै तरवार उदास उदास छ
साँचेर राखेको जिनो मायाले कहाँ भुल्नु
चम्किदा पनि जुहार उदास उदास छ
संसार त्याग्दाको दुःख बिर्सु कसरी रुँदै
बिछोडले उपहार उदास उदास छ
कलम भाँचिदा दुख्छ टुक्रा परेर मुटु
शब्द लुटिदा विचार उदास उदास छ
दुबेकोल–७, खोटाङ