~कमल बाबुरो~
सृष्टिको शुभकार्यमा रत भई ब्रह्माजीले देह यो
सर्जेको मुख माईकै गजबको मष्तिष्कने टेप हो
टेलिफोन सरी छ कान जनका आँखा भए क्यामरा
कम्प्यूटर मनका मशीन कर हुन खुट्टा भए कारका
सारा बिश्व घुमेर प्राणिहरुमा दृष्टि लगाए पनि
पाईदैन कही सुजीबन कतै मान्छे सरीको भनी
यस्तो देह लिएर जन्मनु कुनै सत्कर्म प्रारब्धको
राम्रो निर्मल देह पार्नु छ भने बिद्या बिना साधन
अर्को छैन बिवेक बुद्धि मनमा लाएर आफै गुन
ज्ञानिका गुणले प्रसस्त गरिमा पाएर नै यौबन
बन्ने सार्थक हो बिचार नगरे ब्यर्थै भयो जीबन
मान्छेकै सुशरीरबाट जगमा फैलिन्छ कीर्ति अझै
बिद्या ज्ञान जमीन देह पशुका ब्यापार खेती सबै
हुन्छन निर्भर नोकरी पनि भने बाँकी रह्यो के कतै
यस्तो दुर्लभ देह सार्थक गरौँ नासिन्छ बिर्से सबै
राम्रा बस्त्र लगाई चन्दन घसी हीरा र मोती हरु
झल्काई शिरमा सुबर्ण गहना लाएर हिड्ने हरु
सारीलाई बनारसी मखमली चोला र माला उनै
नाना रत्न सिँगारले शरिर यो बन्दैन राम्रो कुनै
(स्रोत : रचनाकारको ब्लगबाट सभार)