~अमृत सिङ थिङ~
उसको हेराइको स्पर्श
जब म माथी प्राहार हुँदा
मेरा लाजहरु स्खलित भयो
अनेक रङका कम्पनहरु
सिरिङ्ग सिरिङ्ग बढ्दै जाँदा
मेरा चेतहरु स्खलित भयो
अनुभुतिको रेखाहरु समिपमा
सुस्तरी सुस्तरी दुरि घट्दा
मेरा ज्ञानहरु स्खलित भयो
उसको मुखराबृन्तबाट
फकिने शव्दहरु निस्कीए पछि
मेरो कठोर मन स्खलित भयो
राप र ताप सहितको आगमन
पैताला चाल्दै शिरफुल छुँदा
म पुरै स्खलित भयो ।।
अमृत सिङ थिङ
महाभारत गाउँ पालीका ,
बनखु , काभ्रे
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )