बहरबद्ध गजल : भेषमा बाचा नयाँ

~जीवराज बुढाथोकी~

कोहि गर्ने नक्कली त्यो, भेषमा बाचा नयाँ ।
कोहि रच्ने स्वांग उस्तै, देशकै राजा नयाँ ।

नर्तकी नाच्छे कसैको, भावभङ्गी चालमा,
गीत उस्तै ताल उस्तै, गाउँछन् भाका नयाँ ।

छैन चिन्ता एक केवल, खाउँ मैं आजीवनै,
डाडुपन्यू हात राख्ने, ती उनै पाखा नयाँ ।

रात पर्दा स्याल जस्तै, गाउँ छिर्ने गर्दछन्,
प्रात आयो उल्लुजस्तै, सुस्त त्यै चाला नयाँ ।

भन्न थाले फरियाको, हुन्छ नाता खास त्यो
चाकरी ले हुन्न बाबै, फेर त्यो नाता नयाँ ।

तीन कोटी आँसु झार्छन्, पुछ्छ कस्ले कुन्नि खै?
नाँच आफ्नै गान आफ्नै, स्वार्थ भो साझा नयाँ ।

बहर: रजज महजुफ
रुक्न: २१२२, २१२२,२१२२, २१२

जीवराज बुढाथोकी
खलंगा ९, सल्यान
हालः घट्टेकुलो, काठमाडौं
२०७२।०३।२४

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.