~बिभोर बराल~
सबै बाटा सजिला भए हिँड्नुको के मजा
सधैँभरि सुख भए जिउनुको के मजा
हिँड्दा कतै ठेस लागोस्
लडूँ म अल्झेर
उठी फेरि बढूँ अघि
आफ्नो लक्ष्य तर्फ
बाधा कहीँ केही नभए यात्राको के माजा
सधैँभरि सुख भए जिउनुको के मजा
कसैले मेरो खुट्टा तानोस्
लुकी पछाडिबाट
कसैले फेरि हात बढाओस्
दिन स्नेही साथ
सबैजना सहयोगी भए मितेरीको के मजा
सधैँभरि सुख भए जिउनुको के मजा
खुब सताओस् मलाई जेठको
प्रचण्ड तापले
आन्नदी हात फेरि बढाओस्
मीठो वर्षातले
सधैँ फूल फुरिरहे वसन्तको के मजा
सधैँभरि सुख भए जिउनुको के मजा
Bibhor Baral ,
Tangal, Kathmandu, Nepal
(स्रोत: तन्नेरी डट कम – Issue 13 – Paush, 2062)