गीति कविता : मेरो ईच्छा

~रामेश्वर पौडेल~

विरामी छ देश पाई नेता रोगी
सद्दे केहि थे भए ती सत्ता भोगी
अझै देशमा छ काम बाँकी धेरै
ति काम पूरा गर्न होस् बुद्धि मेरै

पानी छ खानी प्रशस्तै छ जवानी
देश विकास गर्ने को छ र जानी
देशमा प्रचुर सम्भावना धेरै
ति काम पूरा गर्न होस् बुद्धि मेरै

जानेर कुनै त्यो नबिग्रियोस् काम
खान ति सबैलाई पूगोस् है माम
ज्याँन लागोस् दीन दु:खीको सेवामा
सबै सूखी खुशी देखियोस् देशमा

मेरो बुद्धि बढोस् त उत्तम बढोस्
सपार्ने बनाउने मै बुद्धि बढोस्
बिग्रार्ने भत्काउने यहाँ छन् धेरै
देश सपार्ने प्रेरणा बढोस् मेरै

– रामेश्वर पौडेल
बूढानीलकण्ठ काठमाडौं ।

This entry was posted in गीति कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.