~प्रवीण राई जुमेली~
पहिला जस्तै रहेछ त्यो चोरबाटो अचेल पनि
बनमाराहरु त्यस्तै पलाउँदा रहेछन् बाटो छेउछाउ
केही बुढो भएछ त्यो बोट अम्बकको
फल्दो रहेछ पहिला जस्तै अचेल पनि त्यसले
उभेर हेरिरहेछ एकछेउबाट बुढो प्रवीण राईले
स्कूलबाट फर्किँदा किताबको झोला पनि नराखी
अम्बकको त्यो बोटमा बाँदर जस्तै फुत्फुत चढ्ने
सानो प्रवीण राई कहाँ हराएछ ??
-प्रवीण राई जुमेली
जुम बस्ती, पस्चिम सिक्किम