~राकेश कार्की~
प्रियतम आउने बाटो भरि
झिलिमिली दीप बलेछ
मधुर मिलनमा सिमसिम झरी
अहा इन्द्रेणी खुलेछ
किरण हत्केलाले छोप्न खोजेँ
चन्द्र नै उनी रहिछन्
र्स्पर्श हुनासाथ हाँस्न खोजेँ
लाजले मइन भइछन्
कस्तुरी वास मनैमा छुने
मृगिणी नयन उस्तै
डुब्दै डुब्दै मायाले छोप्ने
बादलु कपाल खस्तै
प्रियतम आउने बाटो भरि
झिलिमिली दीप बलेछ
मधुर मिलनमा सिमसिम झरी
अहा इन्द्रेणी खुलेछ
विन्डसर विश्वविद्यालय, क्यानाडा
Issue 11 – Kartik, 2062
(स्रोत: तन्नेरी डट कम)