~ललिता कार्की~
खै किन खोज्यौ होला म दुखीको साथ ?
किन रोज्यौ थाहा छैन मेरा यी दुई हात ?
आफ्नो बन्न सकिन नि गर्दा बिन्ती लाख
यो जुनिमा सकिन कि पाउन तिम्रो काख
अब तिम्रो साथ पाउने छैन मलाई आस
तिम्रो लागि मन्दिरमा चढाउँछु फूलैफूलको रास
बिना अर्थ लगाइदियौ मुटु रोप्ने बात
थाहाछैन अनायसै किन गर्यौ घात ?
छोड्नु थियो छोडी सक्यौ तिमीले मेरो साथ
सम्झनामै सिमित रहे ती रमाइला रात
छैन कुनै गुनासो नि रित्ति सक्यो सास
बाच्नै पर्ने यो जिन्दगी बनी जिउदो लाश
–ललिता कार्की
धुर्कोट बस्तु- ४ गुल्मी
हाल, काठमाण्डौं
(स्रोत : रचनाकारको ब्लगबाट सभार)