गजल : अब बोल्ने पालो मेरो

~गोवर्धन पूजा~Govardhan Pooja

बढ़ी बोल्यौ तिम्ले , अब बोल्ने पालो मेरो
तिम्रा सारा करतूत अब खोल्ने पालो मेरो

कुवालाई संसार ठान्यौ , आफुलाई राजा मान्यौ
बनाएर तिम्रो पुत्ला अब पोल्ने पालो मेरो

आफै बस्ने पोखरीमा जनजानी विष घोल्यौ
बैगुनीलाई गुनले मार्न अमृत घोल्ने पालो मेरो

अरुलाई पाठो सम्झी आफुलाई सिंह ठान्यौ
लीलाममा तिम्लाई राखी अब मोल्ने पालो मेरो

बढ़ी बोल्यौ तिम्ले , अब बोल्ने पालो मेरो
तिम्रा सारा करतूत अब खोल्ने पालो मेरो

हाल:- बोस्टन, अमेरिका

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.