कविता : समय, विम्व र उज्यालो

~जयराम तिमल्सिना~

साँझको कलिलो घाम कानमा सिउरिएर
रातको अँध्यारोमा
उज्यालोका झिल्काहरुसँग
मन भरि खुसि बाँडेको छु ।

हरेक विहान
तिम्रो तस्विरमा देखिने मखमलि मुस्कान
रातमा अझै मुस्कुराउँछ ।

प्रीय मन
तिम्रो छेउमा उभिएर
मलाई अँध्यारोसँग प्रेम गर्न
कुनै अपसोच छैन ।

जूनकिरीजस्तै ताराहरुको उज्यालोमा
अलिकति अँध्यारो मिसाएर
प्रेयसीको आँखामा सजाउन
गाजल बनाएको छु

तिनै आँखाबाट चमक टिपेर
पटक पटक आफैलाई भिजाएको छु
उज्यालाका मुहानहरुमा ।

प्रिय समय
तिम्रा हरेक पलहरु निथ्रुक्क भिजाएर जान्छन
म, निस्पट्ट अँध्यारो रातमा छु

बटुलिरहेछु झिल्का झिल्का उज्यालो ।

जयराम तिमल्सिना
ढुङ्खर्क काभ्रे
हालः बागबजार, काठमाडौं ।

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.