लघुकथा : ज्योतिष फल

~यकिना अगाध~

उसले जीवनमा धेरै मेहनत गरी धन कमायो । शहरमा घडेरी जोड्यो । बल्लतल्ल घर बनाउने भयो । ज्योतिषको सल्लाहअनुसार विज्ञपण्डित बोलाइयो । पूजापाठ गरी जग हाल्यो । ज्योतिषले बताएअनुसार चारैदिशा मिलाएर घर ठडियो । निर्माण सम्पन्न भयो । घर पस्ने साइत जुर्याइयो । पण्डितले स्वास्तिशान्ति गरि यो बताइयो कि अब यस घरमा कुनै आपतविपत तथा पीर बिमार पर्ने छैन । ज्योषित र पण्डितले भनेअनुसार कार्य सम्पन्न भएकाले उ र उसको घरपरिवारको खुशीको सीमा नै रहेनन् ।

केहीदिन नबित्दै ठूलो भुकम्प गयो । त्यो घर खरानीको ढिस्कोझैं भासभुस भए । घरका कुनै सदस्य बचेनन् । उद्धार टोली निरीक्षणमा खट्यो । र, देखे– उसले इन्जिनियरले तोकिदिएको घर निर्माणको सामान्य मापदण्ड पनि पुरा गरेका थिएनन् ।

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.