कविता : घुर

~सरिता तिवारी~

अब घुर बालेर बस्छ अकलुवा घुर !
र, घुरको आगोमा मिसाउाछ
सम्झादा सम्झादै भाउन्न छुट्ने केही झुर स्मृति
त्यसैमा झोस्छ सिद्धान्तले लपेटिएका फर्जी शब्द
थप्छ त्यहीं
दूरन्त क्रान्तिका खलनायकहरुको कुटिल तस्बिर !

घुरको वेदीमा
चट्चटाएर बल्नेछन्
उधारा र ढााटले भरिएका बेइमान हरफहरु
र हावाको लहरसागै हुर्हुरिादै उडेर हराउनेछन् हावामै

ताप्नेछ अकलुवा
पिठ्युा तेस्र्याएर, पैताला उचालेर
एउटा फरक स्वादको आगो !
हेर्ने छ आाखा नझिम्क्याई
आगोको मारूनी नाच
र कुरी बस्नेछ आगोछेउमै तबसम्म
जबसम्म निभ्ने छैन ऊभित्रको डहन !

आवेशमा छ अकलुवा
तीव्र झोंकमा छ आज

घाम छोप्न गएकी छोरीलाई चिहानमा भेटेको दिन बरू ऊ पहाडझैं शान्त र सोचमग्न थियो
’मुठभेड’ मा बलात्कृत भएर जंगलमा मृत
भेटिएकी पत्नीलाई देख्दा बरू
थियो ऊभित्र
क्रान्तिले सिकाएको उद्दाम हौसला र आशा

त्यो बलिदानको अनुष्ठानमा
चरनाम नाङ्गो भएको मान्छे ऊ
त्यो अद्भुत स्वप्नको मूल्यमा सर्वस्व गुमाएको योद्धा ऊ
क्रान्तिका खरिदार, दलाल र ग्राहकको
मेलामा पुगेर फर्केदेखि
लगातार निकाल्न खोज्दै छ हिसाब
कि क्रान्तिले क कसलाई सिध्याएर गयो ?
र बनाएर गयो क कसलाई ?

अरे भाइ ! क्रान्ति भनेको कुनै सर्प–सोपानको खेल हो ?
क्रान्ति जुवाको खालमा हु‍र्‍याउने हुकुमको एक्का हो ?
अथवा क्रान्ति कसैको ’बाप’ को जागिर हो ?

थुतेर झोस्न मन छ उसलाई अब यही
आगोमा
अविच्छिन्न मुकुटधारणको
उखरमाउलो सपनाले रौसिएर
क्रान्तिका अर्थहरु बटार्दै र बङ्ग्याउादै
प्राधिकारसहित
उसको सर्वहारा आङमाथि उक्लेर
बर्बराइरहेको
इतिहासको सबभन्दा धुर्त जिब्रो !

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.