गजल : सरकार चाहियो

~कल्पना पौडेल ‘जिज्ञासु’~

शोषित पीडित गरिबका दर्द सुन्ने सरकार चाहियो
भत्केका गाउँबस्तीहरूकै सामुन्ने सरकार चाहियो

धेरै खपिन् आँधीहुरी देशमा तुफान उठ्दाखेरी
नयन पुछी आमाको आँसु थुन्ने सरकार चाहियो

हत्या हिंसा अस्थिरताले खुसी लुट्यो मुहारबाट
निराशा हटाई विकासको मार्ग चुन्ने सरकार चाहियो

जरा गाडेकै छ समाजमा जात धर्म छुवाछूतले
बन्धन सारा तोडी नयाँ सोच गुन्ने सरकार चाहियो

हिमाली पहाडी मधेसी एकै दाजुभाइ हौँ सबै हामी
सयौँ फूल जोडी एकताको माला उन्ने सरकार चाहियो

गैडाकोट–४, नवलपरासी (हाल इजरायल)

(स्रोत : हाँक विक्ली – वर्ष ३३, अंक २३ – May 4, 2016 – २०७३ बैशाख २२, बुधबार )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.