~शोभा शर्मा~
समय वृेदनामय हुँदा
मेरो आर्तनादमा तिम्रो नाम थियो
तिमीले सुन्यौ कि सुनेनौ?
काँडा ओच्छ्याएको बाटोमा थिएँ
पाईलाको आहटमा
तिम्रो नाम थियो
तिमीले सुन्यौ कि सुनेनौ??
मेरो रमाईलो पलमा तिम्रो कमी थियो
तिमीले महसुस गर्यौकि गरेनौ??
ए प्रिय मान्छे
मेरो अस्तित्वको छाँयामा
तिम्रो आकृति छँदैछ
तिमीले देख्दै देखेनौ
तिमी देउता जस्तो भएछौ
कहिलै नदेखिने /नसुनिने
तर भईरहने!
(स्रोत : रचनाकारको ब्लगबाट सभार)