~उत्सब प्रसाईं~
आमा तिमीले दुख कस्ट सहेर जन्मायौ
हुर्कायौ बढायौ अनि पढायौ
आमा तिमी जन्म दाता मात्र होइनौ
खोइ के भनेर पुकारौ तिमीलाइ
यो कविताले समेट्ला र आमाको महिमालाइ ?
आमा म तिमीलाइ मन्दिरकी देवि मान्छु
माता दुर्गा भवानी झै तिमी पनि त मेरि माता हौ
मेरो अस्तित्वको सृष्टिकर्ता
आमा तिमी मेरि जन्मदाता
कस्ले देखेको छ देविदेउतालाइ ?
यदि सृष्टि गर्ने सबै देविदेउता हुन भने
मेरा लागि मेरा आमाबुबा नै देविदेउता हुन
“आज आमाको मुख हेर्ने दिन हो रे ”
तर ! मेरा लागि त प्रत्यक दिन आमाको मुख हेर्ने दिन हो
आमा प्रत्यक दिन अन्जानमा तिमीसङग झगडा गर्छु होला
मेरो रुचि र अरुचिका निम्ति तिमीले भनेको मान्दिन होला
तिम्रो चित्त दुखाउछु होला
म सानै छु अनि काचै छु भनेर माफ गरि दिनु
यो बेला तिम्रो मातृत्वलाई चिन्न नसके पनि
समयले मलाइ एक दिन परिपक्व बनाउनेछ
त्यो दिन तिम्रो मातृत्व चिन्ने छु
मेरो कर्तव्य पूरा गर्ने छु
यदि तिम्रो मतृत्व चिनिन भने त्यो दिन मात्र तिमीले तिम्रो कोखलाइ धिक्कर्नु
मेरो जन्मलाइ धिकार्नु
तर ! बिन्ती आमा
अहिले मैले गल्ती गरे भने
मलाइ गाली नगर्नु
तिम्रो गालिमा माया लुकेको भए पनि
मेरो बाल मस्तिष्कमा नकारात्मक असर पर्छ भनेर बुझी दिनु
बरु मायाले सम्झाउनु
आज आमाको मुख हेर्ने दिन
मैले दिनप्रतिदिन गर्ने गल्तीहरुका लागि
हृदय देखि तिमीसङग माफी चाहान्छु
अनि मेरो सृष्टिकर्ता मेरि आमालाइ सादर ढोग गर्दछु ।
– माता तिर्थ औशी
हिमालय बोर्डिङ स्कुल
कक्षा आठ, बुढानिलकण्ठ