~रमेश भट्टराई ‘सहृदयी’~
त्यो क्षितिजले प्रेम बोल्छ म कहाँ भेट्न सक्छु
एकपछि पीडा अर्को न त म घचेट्न सक्छु
जिन्दगी दौड यो भिरको साँघुरो गोरेटोमा
लाग्छ ईश्वरीय जाँचमा छु न लखेट्न सक्छु
टुसाउँदो प्रेमपलका उत्सुकता खुम्च्याएर
अहो ! मुस्कानभरि बिछ्यौनामा न लेट्न सक्छु
होस् तँ मर्द जिम्मेदारी काँध थापी भीर भन्छन्
न ठूलो हुँ न यो नाम बेसुरले मेट्न सक्छु
विद्वान रे प्रमाणले इलम न शान्ति मिल्छ
न धागो छ, न त चङ्गा खुशीभरि चेट्न सक्छु ।