गजल : कुन प्रदेशमा पर्‍यौ ?

~केशव गाहा ‘पाल्पाली’~

नेताद्वारा झुटिएर कुन प्रदेशमा पर्‍यौ ?
गयौ साथी छुटिएर कुन प्रदेशमा पर्‍यौ ?

नेपालको झण्डामुनि सँगसँगै थियौँ हामी
भावनामा लुटिएर कुन प्रदेशमा पर्‍यौ ?

उन्नति र विकासमा एकताको खाँचो बिर्सी
सुद्धिबुद्धि भुटिएर कुन प्रदेशमा पर्‍यौ ?

देश तोड्नु थियो त्यसैले त सङ्घीयता रोज्यौ
धागो जस्तै चुटिएर कुन प्रदेशमा पर्‍यौ ?

हिमालमा पर्‍यौ या त तराईमा पर्‍यौ आज
सिसा जस्तै फुटिएर कुन प्रदेशमा पर्‍यौ ?

(स्रोत : हाँक विक्ली – वर्ष ३२, अङ्क ३३ – July 22, 2015 – २०७२ श्रावण ६ गते, बुधबार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.