कविता : बर्तमान मेरो प्रयास

~प्रकाश सुनुवार ‘निराकार’~prakash-sunuwar-nirakar

अहिले म
समस्यामा छु
आत्तिएको छु
फाल्टो कुरोहरु सोच्न सकिरहेको छुइन
आफ्नै ब्यबहारिकताको बन्दी भएको छु ।

मेरा विगतका सोचाइहरु
गलत थियो भन्नेहरुले
यतिखेर मलाई समस्यामा पारिरहेका छन्
मेरो कदमहरु भ्रम हो भन्नेहरुले नै
मलाई आत्तिने बनाएका छन्
तर पनि मलाई
आजादीको लागि आवाज उठाउन
कसैले रोक्न सक्ने छैन
र, ‘अहिले पनि त्यत्ति ढिलो भएको छैन’
म अहिले यति मात्र सोच्न सकिरहेको छु ।
र आजै देखि काममा लागेको छु
उनीहरुले मेरो कामको विरुद्ध फिंजाएका
दुष्प्रचारको पर्दालाई च्यातेर
बास्तबिकता अगाडी ल्याउन अगाडी वढेको छु
त्यो भन्दा वाहेक
अरु म केहि सोच्न सकिरहेको छुइन
गलत प्रचार गरेर
झुठा आरोप लगाएर
आधारहिन कानुन वनाएर
मेरो सोंचहरु विरुद्ध
अवरोध खडा गर्नेहरु विरुद्ध
म उठेको छुं
उनीहरुले प्रयोग गरेको अस्त्र प्रयोग गरेर
म काममा अनबरत लागिरहने छुं
केवल भबिष्य निर्माणमा संघर्षरत छु
भविष्यलाई भ्रमको चंगुलबाट निकाल्ने काममा व्यस्त छुं
अब म निदाउन चाहन्न र सक्तिन पनि
मेरो दौडमा रोकावट ल्याएर
भौडीमा फसाइएकाहरुको आजादीको आवाजलाई
कसैले निमोठ्न सक्तैनन्
र, म सुस्ताउने पनि छैन ।

म मेरो देश हुँ
अनिश्चितता संधै मेरो भबिष्य होइन
बर्तमान मेरो प्रयास हो
खाल्डोमा जाक्किनेहरुको उद्दारमा लागिरहेको छु ।

(१३ जुलाई २०१३, फार्नबोरो)

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.