गजल : रहरको खाँचो छ !

~शेखर ‘अस्तित्व’~

स्वदेशी लयमा हृदयले लेख्ने रहरको खाँचो छ !
गजलको लागि को भन्छ उर्दू बहरको खाँचो छ ?

मुना-मदनको लयबद्धता त्यो को भन्दा कम छ र ?
महाकविझैं हिमाल चुम्ने लहरको खाँचो छ !

नेपाली भाषा शब्दहरूको समृद्ध सागर हो !
जानेर पनि नजान्नेलाई नहरको खाँचो छ !

ति डाँडा-पाखा भिजाउँछन् आँखा आमा-बुवासरि नै !
हुर्के’सि छोरो यो भन्दै हिंड्यो शहरको खाँचो छ !

यो सानो दुखले अर्जेको मुलुक होईन नि साथी हो !
“अस्तित्व”लाई बचाउने जागृत प्रहरको खाँचो छ !

स्वदेशी लयमा नै हृदयले लेख्ने रहरको खाँचो छ !
मलार्इ लाग्छ ग़ज़लमा नेपाली बहरको खाँचो छ ?

बुटवल–६
हाल : मुम्बई,

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.