नेपाली पप गीत : गाजलुले आँखै छोप्ने क्या राम्री

~द हिमालय ब्याण्ड~

(गाजलुले आँखै छोप्ने क्या राम्री
मेरी मायालु वैशले चटक्क पारेकी) २
(बादलुलाई छुन खोज्ने जुनकिरी हुन खोज्ने
अन्धेरीलाई जित्‍न खोज्ने) २
मायालुको बाटो हेर्दै पिरतीको माला बुनी
पहिराउन कसरी जाने हो

ढाका सारी पाइताला छेक्ने क्या राम्री मेरी मायालु पहाडमा खेलेर हुर्केकी
गाजलुले आँखै छोप्ने क्या राम्री मेरी मायालु वैशले चटक्क पारेकी

(व्यथै टाढा नजाउ हजुर माया छाडी नजाउ हजुर मायालुले भन्छ मलाई) २
अंगालोमा बसेर मीठो हाँसो हासेर लैजाउ साथ भन्छ नि मलाई
रातो लाछीले कपाल बाटी क्या राम्री मेरी मायालु मेरै निम्ति मात्र हो हाँसेकी

गाजलुले आखै छोप्ने क्ये राम्री मेरी मायालु
वैशले चटक्क पारेकी
पहाडमा खेलेर हुर्केकी, हो
मेरै निम्ति मात्र हो हाँसेकी

(युट्युबबाट ‘आविष्कार’ले टाईप गरिएको)

शब्द / सङ्गीत : द हिमालय ब्याण्ड
स्वर  : नोर्देन तेन्जिङ भुटिया

सन १९८१/८२ तिर हुन पर्छ होला यो गीत द हिमालय ब्याण्डले (७ जिआर) बिएफबीएस हङकङमा नोर्देन तेन्जिङ भुटियाको स्वरमा रेकोर्ड गराएको । हिमालयन्स ब्यान्डले यो गीत भन्दा अघि नै सुमधुर स्वरका धनी नोर्देन तेन्जिङ भुटियाको स्वरमा ‘गाजलुले आँखा छोप्ने’, ‘कहाँ तिम्रो मायालुलाई’, ‘मुसुमुसु हासीदेउन’, ‘मायाले माया गाँसिदेउ’ जस्ता गीतले हङकङ देखि नेपाल सम्म उधुमै मच्चाई सकेको थियो । हुन सक्छ पल्टने जीवनको ब्यस्तता आदिले होला त्यस्तो चर्चाको शिखरमा पुगेको ‘हिमालयन्स ब्यान्ड’ ले १९८३/८४ साल पछि साङ्गितिक यात्रालाई निरन्तरता दिन सकेन । तर आज पर्यन्त हिमालयन्स ब्यान्डको गीतहरू चर्चामा आईरहेकै छ, जनजिब्रोमा झुन्डीरहेकै छ ।

The original wording and lyrics of this song are of Late Arun daju (Thapa), younger brother of Udai Thapa (retired Headmaster of Pushpa Rani High School, Kurseong). The credit goes to Franki daju (Mukhia) from Himalayan Band who made this song popular. – Madhukar Rai

This entry was posted in नेपाली पप गीत and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.