~रबिन राणा प्रयास~
कुनै दिन तिम्रो लागी खास थिएँ, आज बकवास भएँ
तिम्रै गलत सोचाईले केही भएन, नबद्लिने प्रयास भएँ
तिमी मात्र होईन संसारको हर मानिस खुसी चाहान्थेँ,
हर मानिस हर समय सबैले सोचे झैँ एकै नास भएँ
मैले पनी तिम्ले जस्तै चटक्कै भुल्ने थिएँ, होला सायद
मेरो पनी तिम्रो जस्तै माया नाटकिय र टायमपास भएँ
तिम्ले पाउँदा मैले पनी कसो नपाउँला र यहाँ, अर्को
उमेरमा त म पनी भर्खर, एक कम आधा पचास भएँ
रबिन राणा प्रयास
सिन्धुपाल्चोक
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )