~स्पन्दन बिनोद~
हरेक साझ हरेक बिहान, समाचार फेरिन्छन्
जसरी तिम्रो मोहनीले सब,गजलकार फेरिन्छन्
कति सफा गर्छ्यौ ऐना, सौन्दर्य लुकाएर
ऐना उहि रहन्छ प्रिय, अनुहार फेरिन्छन्
यार चिन्न नि त्यति, सजिलो छैन यार
अनुकूल मोड आओस् त, यार फेरिन्छन्
मरिच उस्तै छ रोग उस्तै छ सधै
अस्पताल ओसार्छ औषधि, बिमार फेरिन्छन्
छाडा छोडिएका छन् साँडे , सत्ताको घाँसले
सधै ब्यप्त हुन्छ बलात्कार, सिकार फेरिन्छन्
-स्पन्दन बिनोद, लण्डन
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )