~नविन काफ्ले अभि~
साउनको महिना नारीको महिना हो रे त्यही भएर होला बहिनीले मलाई अषाढको अन्तिम साता नै भनेकी थिई दाई म साउनको पहिलो सोमबार पशुपति जाने हो तपाई साथमा गई दिनु पर्छ नि है भन्दै प्रमिस गराएकी थिई । महिना सुरु भए पछि पनि उसले मलाई झस्काएकी थिई । हुन्छ भने पछि जानै पर्ने थियो मैले न त बहिनीको सजाय खप्नु पर्ने , रिसाई भने कहिले ल्यापटप त कहिले आईफोन खरिद गरिदिनु पथ्र्यो यस पाला उ सँग ल्यापटप र आईफोन छदै थियो माग थियो स्कुटीको । त्यसैले पनि मैले उसलाई रिसाउन हाल्नु हुदैन थियो ।
साउनको महिना रात भरी पानी परेर पनि नथाकेको आकाश, पुरै डम्म बादल बोकी रकेको थियो । कायरा सँग कुरा नहुने हुँदा साँझ समयमै सुतेको थिए । बहिनीले ढोकामा बिहान ५बजे नै उठ्नलाई ढकढकाई । बाँचा पुरा पनि हुने भगवान्को पनि दर्शन हुने हुँदा जुरुक्क उठे र स्नान कक्षतिर लागे । म स्नान गरि आउदा बहिनी तयारी भईसकेको थिई । म नि हतार गरेर कपडा लगाए । कपडामा म सँग ५,६ महिना अगाडी किनेको सेतो प्रिन्ट भएको हरियो सर्ट थियो । त्यही लगाउन खोज्दै थिए ।
बहिनीले नलगाउन आदेश दिई “यो साउनको महिना हो हरियो केटीले लगाउछन् केटाले होईन ” फेरी निलो टिर्सट जुन कायराले मेरो बर्थ डे मा गिफ्ट दिएको थिई , टिर्सले कायराको एका बिहाने ताजा याद गरायो । निलो टिर्सट कालो पाईन्ट लगाए अनि अलिक परफ्युम पनि छर्के । यो परफ्युम छकर्ने बानी स्टाफ कलेज हाजिर भए पछि बसेको हो । नयाँ नयाँ शाखा अधिकृत बासनेदार बन्न खुब मन लाग्ने त्यो बेला । बाईक स्टाट गरे अनि बहिनीलाई बस्न आग्रह गरे सँगै बहिनी बसी र सुरु भयो दुई दाई बहीनीको पशुपति मन्दिर पुजा याात्रा ।
मन्दिर समय मै पुगेकोले पालो १५ जना पछि थियो बहिनीको बहिनी लाईनमा बसी र म मन्दिर परिसरमा दुईहात जोडेर भगवान्सँग आर्शिवाद माग्न थाले । १० मिनेटमा मैले पुरै मन्दिर परिक्रममा गरिसके र मन्दिर छेउमा रहेको पाटीमा बहिनीलाई पर्खिए । के गरौ गरौ भएको थियो यसो हेरे चारै तिर सबै फोटो खिच्नमा रमिरहेका थिए मेरो पनि मुड चल्यो पकेटबाट फोन निकाले र सुरु गरे सेल्फी खिच्न । सेल्फीमा बेस्त भएको म पुरै एका एक लाचारी जस्तो भए किनकी देख्दै थिए क्यानडामा हुनु पर्ने कायरा पशुपती मन्दीरमा ।
कस्तो समय थियो त्यो जबकी एक हप्ता अघिमात्र कायरा र मेरो फोनमै भनाभन भएको थियो रिसारिस भएको थियो उ क्यानडा गएर पैसा कमाउने र म नेपाल मै बसेर पैसा सँगै मान प्रतिस्ठा कमाउने बारेमा एक हप्ता अघि म अफिसबाट घर अलि ढिला गएको थिए कायरालाई भटेर घर पुगे पछि पनि मैले खानै नखाई आफ्नो सयन कक्षमा आरामको लागि पाईलाहरु चाल्दै थिए फोन बजिहाल्यो हेरे कायरा नै रहीछ उठाउन मन लागेन, खाटमा फाने फोन र सिरानी काँधमा राखी खाटका एकापट्टी फल्टीए । दाई भाउजुको फोन बहिनी कराई, बहिनी कराएर कायरा भनेको सुन्दा बहिनीदेखी नै सिस उठ्न थाल्यो खै किन हो आज कायरा देखि औधि रिस उठिरहेको छ सायद यहि रिस भित्र थियो होला हाम्रो औधि माया पनि र त उठेको होला । फेरी बहिनी कराई ह्या फोन त उठाउनु न बिचरा कति छटपट भई रहेको छ होला भाउजूलाई , बहिनी कै मोबाईलमा फोन आएको थियो फोन पनि, बहिनीलाई झपारे कसको भाउजू को भाउजू चुप्पलाग त त्यसै भाउजू भन्दी रहीछ एहाँ मान्छेलाई तनाब भईरा बेलामा कराउदी रहीछ, बहिनीलाई यति भने पछि पुग्यो र उसले फोन आफै उठाई र ठाडो जवाफ दिई तपाईको बुडो सँग म सक्दैन आफै गर्नु जे गर्ने भन्ने हो मेरो मोबाईल पनि यही दाईकैमा छोडिदिएको छु मैले , बहिनी आफ्नो कोठामा गई ।
कायराले फेरी घन्टी बजाई फोनमा, यो चोटी फोन नउठाई सुकै थिएन मलाई की मेरो मन पनि दयालु भई सकेको थियो एति बेला सम्म एर फोन लगाएर फोन उठाए मेरो गर फोन कट्यो । मैरेमा घण्टीका भाईब्रेटहरु थरथराउन थाले ।उडाए र सुने मात्र ”राघब तिमी मलाई किन बुझ्दैन म सधैको लागि जान लागेको हो र केही टाईम त हो नी मान मान मेरो कुरा पनि कहिले काँही त, म त तिमिभनेर मेरो लाईफ चलाईरहेको छु बुझन मेरो कुरा पनि कहिले काँही त”
उसको कुराले मेरो मगजका रौहर ठाडा भए र भने “ हेरे मैले तिम्रो कुरामा असहमति जनाएको छैन तिमीलाई म सँग सरोकार भए तिमी जादैनौ यदि सरोकार छैन भने जान्छौ यो मेरो सोच हो बाँकी तिमै्र हातमा छ ”
उ मेरा कुराहरुमा आधाउधि सहमति हुदै भनी “ ल कुरा तिम्रो म पनि मान्छु , तिमी पनि मान म २ वर्ष बसेर फर्कीन्छु नी हुन्छ”
मैले भने “ किन २ वर्ष पुरै ५ बर्ष बस एच् लग उतै घर जम गर लाईफ सेटल तेतै गर किन एउटा नेपाल सरकारको चानचुने थाङ्ने कर्मचारीसँग लाईफ कटाउछौ म भन्दा राम्रो हेन्सम बडीवाला केटा त्यतै पाईहाल्छौ दुईचार दिन मेरो याद आउला त्यस पछि त नयाँ ठाउ नयाँ मान्छे नयाँ साथि र सबै नयाँ म त त्यस पछि पुरानो भई हाल्छु नी जाँउ तिम्रो ईच्छाले मलाई किन सोध्छौ जाँउ की नजाउ भनेर आफ्नो सोचले भिजा एप्लाई गरेकी थियौ, आयो पनि अब जाँउ सबैकाम म देखि लुकेर गरेकी थियौ अब जानलाई कीन म चाईयो, किन सोधीरहेको”।
यति भने पछि कायरा भक्कानी न थाली राघब मैले जुन दिन देखि तिमीलाई माया गरे त्यहि दिन नै एउटा निर्णय पनि गरेकी छु थाहा छ अबको जिन्दगी कसैको साथमा विताउछु त त्यो राघबराज पहाडी हो न त एक्लै ठिक छ, कायरादेवी आचार्यको नाम राघबराज पहाडीसँग मात्र जोडिन्छ अरुसँग हैन। कायरा डाको छोडेर रुदै थिई राघब मानन पिलिजके मानन उसको रुने सैली अरुबेलाको भन्दा फरक थियो अन्तर आत्मादेखिकै रुवाई थियो उसको यो पटकको नत उसले मलाई कति चोटी बहाना गरेरै झुक्काएकी छ, घुर्की लगाउनलाई । कायरा यसरी फोनमै रुएको सुनेर उसकी दिदिले सम्झाउदै हुनुहुन्थ्यो अब राघबले नजा भने पछि नजा न त किन जिद्दी गर्छेस आखीर राम्रै छ राघबको पनि नेपाल सरकारको शाखा अधिकृत हो सबैले ईज्जत र सम्मानले हेर्छन घर परिवारलाई किन हेर्छेस उसको उ राम्रो गरिरहेको छ अरु कीन चाहियो र तलाई यस्तै यस्तै भनेर। उसले दिदिको कुराको टेडपुछर लगाएकी थिईन ।
मैले भने “हेर जाउ जानलाई तर मलाई पुरै बिर्सेर जाउ की न की तिमीले मलाई बिर्सीए नौ भने म नि यहाँ मेरो दिन चर्या चलाउन सक्दैन त्यसैले म सँग यो कुराको बाँचा गरेर जाउ यसमा म सहमत छु मान्छौ ” उ झन भक्कानीन थाली मानौ उ बच्चा हो बजार गएको बेला मम्मीले उसलाई गुडिया किनिदिनु भएको छैन बाटैमा लडिबुडी खेल्दै मागलाई थप रोयरै न्यायोचित बनाउदै छ ।
मैले पुन भने कायरा संघिय संरचनाले गर्दा मलाई अब नेपाल सरकारले राजधानी बस्न दिदैन सरुवाको लाईनमा छु , कुन दिन चिठ्ठीहातमा थमाउछ र कुन गाँउपालिकामा हाजीर हुन हतार हुन्छ त्यहि भएर आज तिमीलाई भेटेको हो । ल ठिकै छ राम्रो सँग जाउ क्यानडाको बसाई सफल रहोस् सम्झनामा नेपाल र म जस्ता नेपालीलाई नविर्से ।
कायरा मैले भन्दा सम्म अलि कम भएकी थिई रुन । रुवाई कम भए पछि भनि “ तपाईलाई नी कैसैले बिसन्छ, मेरो हरेक श्वासका झोक्काहरुमा, मुटुको धड्काईहरुमा बस्नुभएको छ प्यारा , हुन्छ म तपाईले नजा भने पनि जान्छु उता पुगे पछि मात्र कल गरुला अब म मोबाईल बोक्दीन नेपाल बस्दा सम्म कल नगर्नु नी फेरी है न्ययम लष्नजत मेरो हिरो राम्रो सँग बस्नुस, काममा निरन्तरता दिनुहोला अनि फेरी स्माईल दिन बिर्सने हैन नि हैन ”
यत्तीकैमा फोन काटियो र फोन अफ पनि भयो ,अघि सम्म उ सँग कुरा गर्दा केही भएको थिएन अब पालो मेरो भएको थियो रुने सिरानीमा मुख .च्यापेर भक्कानी न थाले ४, ५ बर्षसम्म मेहेनतका साथ बाटेको मायाको डोरी एका एक चुडिन लागेको थियो, यति मेहेनत त मैले लोकसेवा पढ्दा पनि गरेको थिएन जुन डोरी बाट्न लागेको थियो । रोए रोए रुदारुदै निदाएछु । भाईले बिहान ८ बजे उठाईदियो ,उठेर चिया खाए नुहाए जाँगर नचले पनि ठिक ९ ः४५ मा अफिसको ईलेक्ट्रीक हाजिरमा अनुहार देखाए र बुढीलाई मेसीनमा घसारे, सरासर आफ्नो कोठामा गए र कायरा लाई फोन लगाए मोबाईल अफ थियो, घरको लेनलाईनमा गरे दिदिले उठाउनु भयो , बावु कायरा त टिकट लिन गएकी छ एरपोर्ट भोलीको लागि । मन सासै अमिलीयो आँखामा तुवालो लागे जस्तै भयो, के गर्ने केही सोच आएन । सचिब ज्यूको फोन आयो राघब जी तपाई यहाँ आउनुस् त ।
सचिवको कोठाबाट फर्के पछि प्रशासन प्रमुख सँग सचिब ज्यूको निर्देशन अनुसार काम विशेषले हेटौडा जानलागेको जानकारी गराए र काज लगे चारदिनलाई । हेटौडामा भएको संघियतामा कर्मचारी व्यवस्थापनबारे चारदिने गोष्टीमा सहभागी भएर घर फर्के । कायरालाई यस बिचमा मैले कम्तीमा २०० चोटी फोन गरे हुला मात्र एउटै कुरा बोली रहिन् चेलीले “ तपाईले सम्पर्क गर्न खोज्नु भएको मोबाईलको सुईच अफ छ ।”
त्यस पछि लाग्यो कायरा क्यानडा पुगिसकी, मनले मानेन ँबअभदययप चेक गरे त्यो नी नचलाएको ६ दिन देखायो अब पुरै आसा मर्यो कायरासँग कुरा गर्ने ।
त्यसरी आशा मारी सकेको म एका एक मेरै छेउमा आएर त्यो पनि म भन्ने थाहा नपाई बसेकी कायरालाई देखेर म के गरु र कसो गरु भयो । सबै भन्दा पहिला भगवान्लाई धन्यबाद दिए , फेरी एक चोटी कायराले नथाहा पाउने गरि सेल्फी लिए । मन पुरै हर्स उल्लास मनाउन थाल्यो र पनि आफैलाइै समाल्हे र उसलाई नदेखे झै गरेर आफ्नै तालमा रमाउन थाले ।
बहिनीले आरती पुजा सकीसकेर नजिकै आउदै थिई ,लौ दिदी पनि सँगै म अचम्ममा परे हामी मन्दिर आउने कुरा कसरी थाहा भयो यिनीहरुलाई । बहिनीले मलाई टिका लगाई दि अनि मलाई आफ्नो एउटा फोटो खिच्न भनी र गएर कायराको हात समाई लौ सरपराईज दाई बहिनीले कायराको हात समाएर म तिर तान्दै गर्दा कायराका आँखा रसाईसकेको थिए
अरु बेला सँगै हिड्दा हात समाउन लजाउने केटी आज त्यति धेरै मान्छेको भिडमा लाजै लागेन उसलाई ग्वामै अङ्गालो हाली मलाई , अरुबेला नलजाउने म आज लजाईरहेको थिए । कायराले अङ्गालो छोड्ने छाँटकाट थिएन र म आफैले छुटाउने प्रयास गरे र छुटाए । रुन्चे स्वरमा भनी पागल म तपाईलाई छोडेर जान्छु जस्तो लागेको थियो , म मेरो मुटु यहि छोडेर त्याँहा बाच्न सक्छु होला र , म केही नबोले पछि कायरा कराई राघब यो रिसाउने काम गर्न पाईदैन नी फेरी , मेरो भिजा नै च्यात्न बाध्य बनाए पछि मैले यति त गनै पर्यो नि हुँ राजाजी । ल ल भयो भाउजु बहिनीले भाउजू भने पछि कायराले बहिनीलाई भनी “नानी तपाई र दिदी नभएको भए म एक्लै सक्ने थिईन यो काम गर्न त्जबलप ग नानी ”
मलाई कौतुहलता जाग्यो र दिदीलाई सोधे खासमा भएको यस्तो रहिछ “ मैले त्यति भने पछि कायराले रुदै आफ्नो पासपोर्ट च्यातीदिछ र मलाई धुर्की लगाउन फोन अफ गरेकी अनि घरमा क्यानडा गई सकेकी छ भनीदिनु भनी सल्ला गरेकाी रहीछ । दिदी सँग मेरो बहीनीसँग अबि मै पलान बनाएका रहिछ, अनि तिनै जना असन क्याफेमा भेटी साउनको पहिलो सोमबार उ मन्दिर आउने र मलाई बहिनीले मन्दिर लिएर आउने अनि पुरै सरपराईज दिने तयारी गरेका रहिछन् ।”
सबै कुरा थाहा पाए पछि मेरो मनमा कायरा प्रतिको माया झनै गाढा भयो र भने यस्तो गिफ्ट दिन पो रहिछ २ हप्ता गाएब भएको । कायराको अनुहारमा बेग्लै चमक थियो ,हात म तिर पसारी हातमा मेहेन्दीले गाढा रङमा राघब लेखिएको थियो ।
साच्चीकै कायरा मलाई सुन्दरताकी खानी लाग्थी र आज झनै बढी , गहँुगोरी, क्लीयर चम्कीलो अनुहार हरियो रङको कुर्ती, हल्का गरन्च भएको पाईन्ट, पाईन्ट पनि अलिक खट्टामा फोल्ड गरेकी सिल्की कपाल खुल्ला छाडेकी, आँखामा कालो गाजल पातलो थाहा नहुने गरि लगाएकी, हालमा हरिया र पँहेला छङछङ गर्ने चुराहरु, खट्टामा गाढा रङको तनावाला जुत्ता लगाएकी,मेरी कायरालाई देखेर म नै सोच्न बाध्य थिए उ मेरै कायरा हो र बहिनीले झस्काईदी थाहा भयो त दाई बहिनीले कस्तो सर्पराईज दि भनेर । म फिस्स हाँसे दाह्रे दाँत देखाएर ।
– नविन काफ्ले अभि
विरेन्द्रनगर ९ सुर्खेत
नोट : यस कथाका सबै पात्रहरु काल्पनीक मात्र हुन,।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )
what a touching Love story ! 😍