कविता : मेरो देश नम्बर वान ?

~रोहण यादव~

आन्दोलनमा जहिले फस्ट
पुरा नेताहरुको बुद्धि भ्रस्ट
पैसा बाँड्नमा नेता व्यस्त
जनता बिचरा खाडीमा ग्रस्त
मेरो देश नम्बर वान ।

गरिबीको तरङ्गमा हाहाकार
नेताको फाइफस्टारमा बहार
कामबिना जनता बेकार
फासिवाद दुई तिहाइको सरकार
मेरो देश नम्बर वान ।

बेरोजगारीमा अग्रिम थलो
लापरवाह नेतालाई भलो
अत्याचारलाई गरिन्छ हेलो
सुनिन्छ पापको उत्कृष्ट डल्लो
मेरो देश नम्बर वान ।

हिंसाको खुब प्रतिस्पर्धा
खुलेआम विद्रोहीको पर्दा
भ्रस्टाचारीले बिगार गर्दा
भत्केको राजनीतिले गर्दा
मेरो देश नम्बर वान ।

– रोहण यादव
कक्षा-१०
माउण्ट एडमण्ड माध्यमिक विद्यालय, विरगंज

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.