सौगात लम्सालका चार मुक्तकहरु

~सौगात लम्साल~

१.
हात को डोरि चुडिएर बित्तो भा को छु
बिना छानो बेवारिसे भित्तो भा को छु
कैले न सोचेको कुरा तिम्ले गरि दियौ
तिमी संग छुटे देखि रित्तो रित्तो भाको छु

२.
बिना गल्ती सबैको डर भो जिन्दगी
न त आफ्नो न कसैको भर भो जिन्दगि
सोचेे जस्तो अनि भने जस्तो कैले भएन
भरै न भा बालुवाको घर भो जिन्दगि

३.
सम्पति को नाममा एउटा प्वाल परेको थाल थियो
हाल खबर के सोध्छौ भने मेरो त बेहाल थियो
मेरो मनमा तिम्रो प्रेमको भुकम्प जो गाको थियो
ओत लाग्ने के सोध्छौ भने च्यातिएको त्रिपाल थियो

४.
छट्पटी मा रातहरु बिताउने बानी परेको छ
थाहा छैन खुशी हरु ले कता बसाइँ सरेको छ
आजभोलि किन हो छाती बेसरी दुख्छ
तिम्रो याद ले पोल्ने छाती दुख्ने गरेको छ

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.