लघुकथा : कल्पनाकी कान्छी

~हिरण्य भोजपुरे~

एउटा कुराको रहस्योद्घाटन गर्छु है म आज !

मानिस केका लागि बाँचिरहन चाहँदो रहेछ, थाहा छ ?

बूढो हुनका लागि ।

अनि बूढो हुनु नि… !

बूढो हुनुको ‘चार्म’ तिमीलाई के थाहा ! बूढो भएर बाँच्न पाउनु जीवन जिउनुको सबैभन्दा सुरम्य समय हो । सबैको लाडप्यार, ढोगभेट, दर्शन–अभिदर्शन, हिँड्दा बटुवा बाटो बनिदिने, कोही लठ्ठी बन्ने, कोही दह बन्ने, कोही दही बन्ने, कोही मही बन्ने, कोही मह बन्ने, कोही जेठी बन्ने, कोही… ।

कोही कान्छी बन्ने… ! कल्पनाकी कान्छी… !

(स्रोत : नेपालभूमी – २०७४ माघ ९ गते मङ्गलबार प्रकाशित अङ्कबाट)

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.