भलाकुसारी : म गम्भिर किसिमको मान्छे छु – मदनकृष्ण श्रेष्ठ

आजकल दिन कसरी बिताइराख्नुभएको छ?

दिन आफैं बितिराखेको छ, हामीले केहि गर्नै पर्दैन। हामी चाहिं दिनसँगसँगै हिड्ने प्रयास गरिराखेका छौं। बिहान सवेरै उठ्छु नुहाइधुवाइ गर्छु। बिहान ठिक ७-४० तिर घरवाट निस्कन्छु। महसंञ्चार अहिले बाँसबारीमा सारेका छौं । त्यसैले २० मेनट बाटोखर्च राखेर हिड्छु दौडादौड गरेर हरिवंशभन्दा अगाडि पुगौं भनेर।

प्रतिष्पर्धा पनि हुन्छ तपाईहरुमा?

समयमा पुग्न प्रतिष्पर्धा गर्न रमाइलो हुँदोरहेछ। समयमा पुग्ने कुरालाई मात्र पनि दिमागमा राख्यो भने आफूलाई सजग राख्?न सकिने रहेछ त्यसैले यो प्रतिष्पर्धा होइन एउटा राम्रो अभ्यास हो जस्तो लाग्छ मलाई ।

अहिलेको अवस्थामा दर्शकले चाहेजति देखिनसक्नुभएको छैन भन्ने गुनासो छ नि यसमा के भन्नु हुन्छ?

यो हाम्रो कार्यक्रमलाई दर्शकहरुले मनपराएको होला भन्छु। किनभने हामी पहिला भन्दा बढि नै कार्यक्रमहरु बनाइरहेका छौं। दर्शकहरुमा जति कार्यक्रम आएपनि कति आइरहेको नभनेर अझ आइरहेहुन्थ्यो भनिदिनुहुन्छ। एउटा कार्यक्रम तयार गरिसक्दा नसक्दै अर्को कहिले आउँछ भन्ने गर्छन् दर्शकहरुले। पहिला स्टेजमा मात्र बढि आउँथ्यौं अनि एकपटक क्यासेट निकाल्दिएपछि वर्ष भरि क्यासेट गुञजिरहन्थयो। त्यसैले घरमा हामी बोलिरहेको भान हुन्थ्यो श्रोताहरुलाई। पछि पछि हामीले लामो समयसम्म क्यासेट निकालेनौं किनभने धेरै नेपालीरु अशान्तिको कारणले बिदेशिए जसले गर्दा विदेशमा पनि बोलाउनथाले। स्वदेश र विदेशको स्टेज कार्यक्रममा व्यस्त रहनाले क्यासेट निकाल्ने काम ढिला हुनथाल्यो। त्यसै कारणले दर्शकहरुलाई हाम्रो कमी महशुस भएको हुनसक्छ। तर हामी पहिलाभन्दा बढि कार्यक्रम बनाइरहेका छौं। अर्को कुरा टेलिभिजन अझ शसक्त माध्यम हो र हामीले टेलिभजनमा लामो सिरियलहरु बनाउन नपाएकोले पनि दर्शकहरुलाई त्यस्तो लागेको होला।

विदेशमा जुन कार्यक्रम गर्नुहुन्छ त्यसका मुख्य दर्शकहरु नेपाली होलान्, अनि नेपालका दर्शक र बाहिरका दर्शकमा कस्तो फरक पाउनुभएको छ त?

बिदेशमा पनि नेपाली दर्शक नै हुन्। यहाँ बसेपनि बाहिर बसे पनि नेपाली त नेपालीनै हो। फरक के छ भने देशमा बस्दा भन्दा बाहिर बस्दा नेपालको माया छातीमा गढ्न थाल्छ। नेपालमा भएको गतिबिधिले पोल्न थाल्छ बिदेशमा बस्दाखेरि। होमसीक बढिहुन्छ कन्ट्रि सीक बढि हुन्छ। हाम्रो कतिपय कार्यक्रमहरुमा नेपाली दाजुभाइहरुलाई होमसीक ब्रेक भएको जस्तो पाएका छौ भने कतिमा झन् बढि होमसीक भएको अनुभव गरेका छौं । बाहिर जाँदा हामीलाई आफ्नै दाजुभाई जस्तो गरेर आउँछन् जसलाई हामीले अत्यन्तै ठूलो उपलव्धि भनौं वा के भनौं त्यसलाई एकदमै ठूलो, एकदमै ठुलो हो यो खालि ठूलो मात्र।

एकजना कलाकारको भूमीका मनोरञ्जन दिन मात्र हो कि त्यो बाहेक अरु पनि केहि हुन्छ?

कलाक्षेत्रले पहिला त मनोरञ्जननै दिएको हुन्छ तर मनोरञ्जनमा मात्र सिमीत नहुनु वेश हुन्छ। किनभने कलाक्षेत्र भनेको यस्तो क्षेत्र हो जसलाई लाखौं करोणौंले एकै पटक हेर्छन् र यसको माध्यमवाट केहि सन्देशमूलक कुरा पनि दिनसक्नु चाहिं राम्रो कुरा हो।

यसरी मनोरञ्जन र सन्देश वा समाजमा परिवर्तन गर्न सक्ने कुराहरु एकसाथ दिन गाह्रो छ कि छैन ?

गाह्रो सम्झे गाह्रै हुन्छ सजिलो सम्झे सजिलै हुन्छ। हामीलाई चैं ठिकै लागिरहेको छ। मनोरञ्जन मात्र गरेको भए कति गर्ने भन्ने हुन्थ्यो। त्यो सँग-सँगै मेसेज पनि राख्न पाउँदा विषयवस्तुहरु खोजिरहनु पर्दैन। जस्तो एड्स विषयमा जनचेतना जगाउनु पर्ने भो नि त्यसमा रमाइलो कुराहरुहरु, गम्भिर कुराहरु राखेर दिन पाउँदा प्रभावकारी हुन्छ। खालि हासो मात्र गर्?यो भने खेर जानसक्छ हास्यो अनि कुनकुरामा हासेको हो बिर्सिन्छ। त्यसैले कुनै विषय लिएर त्यसमा हासायो भने त्यो नविर्सने हुन्छ।

अहिले महको नाम सुन्दै वा फोटो देख्दै हास्छन नि के कुराले दर्शकलाई प्रभाव पर्?यो होला?

खै ब्यक्तिगत रुपमा त म सँग हसाउने खालको कुनै कुरा छैन। हसाउँछु भनेर हसाउन पनि सक्दिन। हसाउने खालको अनुहार पनि छैन। म गम्भिर किसिमको मन्छे छु। तर हामीले बनाएको चलचित्र र कार्यक्रमहरु हामीले कम्पोज गरेर बनाएका हुन्छौं। तिनै कार्यक्रमहरुका कुरा सम्झेर हाम्रो मुख देखे पछि हासेको हुनुपर्छ। नत्र यस्तो गम्भिर अनुहार हेरेर त को हाँस्ला र? आफ्नो अनुहार हेरेर आफैलाई त हाँस उठ्दैन मलाई।

हास्यव्यङ्ग्यलाई परिभाषित गर्नुपर्दा कसरी गर्नु हुन्छ?

कसरी परिभाषित गरौं र ? परिभाषा भन्दा कामै गर्न सजिलो लाग्छ हामीलाई। परिभाषा भनेको जसरी दिए पनि हुन्छ । हास्यव्यङ्ग्य भनेको एउटा बिधा हो साहित्यको जसले मानिसमा भएको प्रकृतिले दिएको हुन्छ नि दिन, रात सुख, दु:ख, हासो आँसु, जुन जिन्दगिका अभिन्न अंग हुन्छन् यि मध्ये यसले हासो पक्षलाई चाहिं समेटेको हुन्छ। र हास्यब्यङ्ग्य भनेको असाध्यै राम्रो र महत्वपूर्ण विषय रहेछ भन्ने लागेको छ।

पहिले पहिले यसलाई त्यति स्थान दिएको थिएन। तर जहाँ सम्म लाग्छ हामीले यसलाई हास्ने मात्र नभएर सन्देसमूलक बनायौं यसले यो क्षेत्र अझ प्रभावकारी बन्दै गयो। हाम्रो जिन्दगीको अभिन्न अंग बनेको छ यो क्षेत्र अहिले।

पहिला र अहिलेको हास्यव्यङ्ग्यमा कस्तो अन्तर छ विषयवस्तुमा वा अभिनयमा ?

पहिला त्यति स्थान दिईदैन थियो। एउटा साधारण कुराको रुपमा महत्वहिन जोकरको रुपमा रखिन्थ्यो। तर हामीले हास्यलाई गम्भिर कुराहरुलाई व्यक्त गर्न सक्ने माध्यम बनायौं। हासो को पछाडि गम्भिर कुरा हुन्छ र हुनुपनि पर्छ। हास्य भित्रको गम्भिरको महत्व बेग्लै हुन्छ।

यो कुराहरुले मान्छेलाई दु:खमा पनि हास्न सिकाउँछ?

दू:खमा हास्नु पनि हुदैन। हासो र आँसु प्रकृतिले दिएको कुरा हो। दुखमा रुनुनै पर्छ । आँसुले दु:खको आगो सेलाउने दमकलको काम गर्छ। त्यसैले दुखमा हास्नु सान्दर्भिक हुदैन।

हासोले मान्छेको दु:खलाई निवारण गर्छ भन्छन् नि कति सम्म सत्य होला?

केहि छिनलाई बिर्साउने काम गर्छ। हासो आँसू भनेको जिन्दगिमा आवश्यक परेजति मात्र हुनुपर्छ।

अहिलेका दर्शकहरुलाई इन्टेलेक्च्युअल ह्?युमर दिनुपर्ने आवश्यकता छ कि?

अवश्य छ। पहिलाको दर्शकलाई सानो कुराले पनि हसाउने गर्थ्यो। अव त हास्यव्यङ्ग्य सुनेर यति खारिइसके कि जुनसुकै कुरोले हाँस पनि उठ्दैन। एकदन परिपक्व पाको दर्शकहरु छन् हाम्रा। साहित्यिक र सन्देसमूलक र स्तरिय कुरा दिनुपर्ने हुन्छ।

हास्यव्यङ्ग्यको क्षेत्रमा हामी अन्तराष्ट्रिय स्तरमा कति अगाडि छौं?

हामीले आफूले आफैलाई अगाडि छौं भन्न त उचित नहुनसक्छ। तर कम छैन। हाम्रो दर्शकहरु पनि परिपक्व छन्। बाहिर तिर हेर्दा अस्लिल कुरालाई लिएर हसाउने, चिप्लेर लड्ने, अरुलाई ठ्याङ्ग कुट्ने आदि दृश्यले हसाउन खोजेको देखिन्छ। बाहिर तिर पनि स्तर नपुगेको हाँसोहरु प्रस्तुत गरेर हसाउन खोजेको देखेका छौं जुन देखेर हामीलाई हाँस नउठेर हाँस उठ्छ।

साहित्य सँग रंगमञ्च र चलचित्रको अन्तरसम्वन्ध हुनु आवश्यक छ कि छैन?

साहित्य त कला क्षेत्रको सशक्त पाटो हो। यसको कति महत्व छ भनेर त भनिरहनै जरुरी छैन। राजनीतिक क्षेत्रमा त साहित्यको आवश्यकता हुन्छ। एउटा नेतामा समेत साहित्य छ भने उसको स्तर धेरै माथि पुगेको पाइन्छ। चलचित्रमा पनि साहित्य हुन्छ नै तर ठिकसँग प्रयोग भएनभने त्यो हास्यास्पद हुनसक्छ।

नेपाली चलचित्रहरुको स्तर कम हुनुमा साहित्यको प्रभावकारी प्रयोग नहुनुपनि हो कि?

चलचित्र क्षेत्रमा साहित्यलाई बुझेको निर्देशकहरूनै चलचित्रलाई गहन बनाउन सफल भएको पाइन्छ। ब्यवसायिक रुपले सफल हुनु नहुनु त अलग कुरा हो तर साहित्यिक विषयवस्तुलाई प्रयोग गर्दा प्रभावकारि र लामो समयसम्म रहनेगरेको पाइन्छ। अर्को कुरा साहित्यकारहरुलाई पनि चलचित्रसँग नजिक गराउनु आवश्यक छ। कितावमा मात्र सिमित रहँदा लगानिनै नउठेको पाइन्छ। छापेको किताव नाम लेख्दै बाँड्दै गरेर आर्थिक नोक्सानी मात्र हुनजान्छ।

साहित्यलाई व्यवसायिक बनाउन जरुरी छ?

व्यवसायिक हुनै पर्छ। साहित्यकारहरुलाई पनि फिल्मको पटकथाहरु तयार गर्ने वर्कशपहरु गरेर, ज्ञान दिएर गर्न सक्दा चलचित्र र साहित्य दुवै क्षेत्रको स्तरवृद्धि हुन्छ।

हास्यव्यङ्ग्यमा कसरि लाग्नु भयो?

खै कसरी लागें कसरि। पहिला देखिनै गम्भिर स्वभावको मान्छे।? पहिला पहिला गम्भिर किसिमकै गीत गाउँथे। त्यस्तैवाट पुरस्कार पनि पाएको हो। पछिवाट हामीले हास्यव्यङ्ग्यको आयोजना गर्ने संस्था मुनास: (आवाजको जमघट) सुरु गर्यौ। त्यसमा म सचिव थिएँ। त्यसमा थुप्रै हास्यव्यङ्ग्य प्रस्तुती हुन्थ्यो। संगीतकार नगेन्द्र हाडा दाईले मलाई पहिला कुनै ठाउँमा जोकहरु सुनाएर गीत गाएको सुन्नुभएको रहेछ अनि मलाई उहाँले तयार गरेको एउटा गीत गाउने अनुरोध गर्नु भयो।त्यो गीत एकदम जम्यो।? अरुले महिनौ लगाएर तयार गरेको कमिक भन्दा मेरो गीत प्रभावकारि भएपछि यसमा भिज्दै गइयो। अरुको कार्यक्रम हेर्ने, आफैंले आयोजना गर्ने पनि गर्न थालियो । सञ्चयकोष र कृषिमा जागिर खाँदा पनि यसले निरन्तरता पाइरह्यो। कृषिमा जागिरखाँदा रेडियो प्रोग्राम प्रोडक्सन सम्बन्धि ट्रेनिङ लिए । अनि रेडियोनेपालमै रसरंग कार्यक्रम चलायौं। त्यो एकदमै हिट कार्यक्रम भयो। ?

नेवारिमा गरेको कार्यक्रमको उद्घाटन गर्न सत्यमोहन जोशिलाई बोलायौं । उहाँले हाम्रो काम देखेर यसलाई राष्?ट्रिय रुप दिनुपर्छ भन्नुभयो। त्यसको अर्को साल देखि राष्?ट्रिय गाइजात्रा महोत्सवको आरम्भ गरियो २०३२ सालमा।

राष्ट्रबैङ्कको रजत महोत्सवमा हरिवंससँग मिलेर कार्यक्रम गर्नुपर्यो। हामीले अलग अलग कार्यक्रम तयार गरेर गएको भए पनि त्यहाँ श्री ५ वाट नजर गरिने र ९० मिनेट भित्र कार्यक्रम सक्नुपर्ने भएकोले दुवैजनाले एउटै कार्यक्रम देखायौं। राम्रो भयो त्यसको लगत्तै भाद्रमा गाइजात्रा आयो त्यहाँ पनि सँगै कार्यक्रम गर्यौं। २ जना हुँदा धेरै काम गर्न सजिलो भयो।

यसवर्ष राष्ट्रवैंकको स्वर्ण महोत्सव हाम्रो सहयात्राको रजत महोत्सव हो।

तपाईहरुको जोडि मेलमिलापको उदाहरणको रुपमा देखिएको छ। मान्छेसँग मिल्नलाई सवभन्दा बढि कुन कुरा आवश्यक छ जस्तो लाग्छ?

मिलेर कामगर्नको लागि सवभन्दा पहिले एउटै विचारधारा हुनुपर्छ। एउटै दृश्टिकोण हुनुपर्छ। एउटा कांग्रेस स्वभावको अर्को कम्यूनिष्ट स्वभावको भयो भने मिल्दैन। हामी दुवै न कांग्रेस न कम्यूनिष्ट स्वभावको पर्यौ, सिर्फ जनता जस्तो। त्यसैले मिलमिलाप छ।

हाम्रो पेशा पनि एउटै भयो , दुवैजनालाई आवश्यकता पूरा गर्ने यहि पेशा भएको ले पनि हो।

दीर्घकाल सम्म समवन्धराम्रो राख्न एउटा पोलिसि पनि चाहिदो रहेछ त्यो हो इमान्दारिता। हामी हरेक कुरामा परादर्शी छौं।

कहिल्यै असमझदारि भएन?

केहि पनि भएन त्यस्तो। अव झन हुने सम्भावना नै छैन। हुनेभए पहिल्यै हुनुपर्ने हो।

अवको योजना कस्तो छ?

हामी आफ्नो सवै कार्यक्रमलाई निरन्तरता दिइराख्छौ। टिभिसिरियल बनाउने तरखरमा छौं

अन्त्यमा केहि भनिदिनुहुन्छ कि ?

हामी दुईजना मात्रै मिलेर काम गर्दा पनि हामी ले यति सन्तुष्?टि र सफलता पाएका छौं। हामीले राखेको उद्येश्य अनुसार काम भइराखेको छ भने सवै मिलेर काम गर्यो भने त देशलाई पक्कै पनि धेरै अगाडि बढाउन सक्छौं। नेताहरुमा त्यहि मिल्ने कुराको अभाव देखिएको छ। जे जति हामीले गुमाएका छौं मेलमिलापको कमीले भएको छ। त्यसैले सवै मिल्नु आवश्यक छ। अझै नमिल्ने हो भने कुनै दिन यस्तो अवस्था आउन सक्छ कि मिल्नुको कुनै अर्थै नहोस्। त्यसबेला मिल्नेकुरा दिमागमा आयो भने त्यो बेकारको हुन्छ त्यसैले समयमै सोचेर कामगर्नु आवश्यक छ।

प्रस्तुती : बिपिन शर्मा

(स्रोत: तन्नेरी डट कम – Issue 11 – Kartik, 2062)

This entry was posted in साहित्यिक भलाकुसारी and tagged , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.