~विष्णुबहादुर सिंह~
खोलाको पानी
निष्ठुरी भइदिँदा
लोड सेडिङ ।
जमरा हत्या
बडादसैँको रङ
संस्कृतिसँग ।
अँध्यारो रात
कसैको भयो साथ
बैंसको मात ।
बाँच्ने रहर
शून्यतामा हराइ
वियोग पीडा ।
सानो झोपडी
सवारीका ताँतीमा
कम्पन दृश्य ।
महलभित्र
झकिझकाउ दृश्य
मन अदृश्य ।
आडम्बरमा
वेदनाको सहारा
तृष्णाको भोक ।
शान्तिको खोज
बन्दुकहरू माझ
नाटक मञ्च ।
बुद्ध सन्देश
आजको सपनामा
भोलिको आसा ।
घायल रूप
प्रेमको छटपटी
मनको तृष्णा ।
-जुकेना-६, अर्घखाँची
(स्रोत : मधुपर्क, चैत्र २०६३)