कार्यपत्र : डायमनशमशेरको औपन्यासिक सफलता

~कुमारप्रसाद कोइराला~

विषयप्रवेशः-

नेपाली उपन्यासको इतिहास त्यति लामो छैन । वि.सं. १८२७ देखि औपन्यासिक रचनाहरू लेखिन थालिए तापनि नेपालीमा पहिलो मौलिक उपन्यास भने वि.सं. १९५६ मा लेखिएको, वि.सं. १९६० मा प्रकाशित वीरचरित्र नै हो । त्यसबेला यो कृति अत्यन्त लोकप्रिय भयो । लोकप्रियता नै यसको ठूलो सफलता भयो । यसका रचनाकार थिए गिरीशवल्लभ जोशी । उनले पहिलो भाग प्रकाशित गराएपछि अन्य भागका लागि पाठकहरूको धेरै माग आयो । उनले उपन्यासका हस्तलिखित प्रतिहरू निकालेर दरबारभित्र र बाहिरका पाठकसम्म पुर्‍याएको कुरा साहित्यिक इतिहासमा उल्लेख भएको पाइन्छ । यो उपन्यास जासूसी वा तिलस्मी उपन्यास हो । यसमा रहस्य र रोमाञ्च छ । यसरी नेपाली उपन्यासको थालनी रहस्यात्मकता र रोमाञ्चकताबाट सुरु भएको देखिन्छ । त्यसपछि आदर्शोन्मुख यथार्थवादी, स्वच्छन्दतावादी, यथार्थवादी प्रगतिवादी, मनोविश्लेषणवादी, प्रयोगवादी आदि धारा वा प्रवृत्तिका अनेक उपन्यास लेखिए र नेपाली उपन्यासको परम्परा, इतिहास र स्वरूप खडा भएको छ । डायमनशमशेर यथार्थवादी उपन्याकार हुन् । उनले मूलतः ऐतिहासिक यथार्थवादमा आधारित उपन्यास लेखेका छन् । उनले वसन्ती -२००६), सेतो बाघ -२०३०), प्रतिबद्ध -२०३४), सत्प्रयास -२०३८), अनीता -२०४३), धनको धब्बा -२०५१) र गृहप्रवेश -२०६१) जस्ता उपन्यासहरू प्रकाशित गराएको देखिन्छ । उनी नेपाली उपन्यास साहित्यमा ऐतिहासिक उपन्यासकारका रूपमा प्रसिद्ध भएका छन् र उनलाई सफल उपन्यासकार मानिन्छ । उनी सफल उपन्यासकार हुन्, होइनन् – उनको औपन्यासिक सफलताको मापन कसरी गर्ने – औपन्यासिक सफलता मापन गर्ने आधार के छन् – आदि प्रश्नको उत्तर खोजेर मात्र उनको औपन्यासिकताको सफलता, असफलताको मापन गर्न सकिन्छ । तर्सथ यहाँ पहिले औपन्यासिक सफलता मापन गर्ने आधारको खोज र निर्धारण गरी त्यसैका आधारमा उनको औपन्यासिक सफलताको विवेचना गर्ने प्रयास गरिएको छ ।

औपन्यासिक सफलता मापन गर्ने आधारः-

फलले पर्ूण्ा परिणाम वा फलसहितको परिणामको अवस्था नै सफलता हो । कसैले केही कार्य गर्‍यो र राम्रो प्रतिफल प्राप्त गर्‍यो भने त्यसलाई सफलता प्राप्त गरेको भनिन्छ । त्यसैले सफलता भनेको गरेको काम सफल हुँदाको स्थिति, अवस्था, असल परिणाम, राम्रो प्रतिफल आदि हो । कुनै उपन्यासकारले उपन्यास लेखेर सफलता प्राप्त गर्‍यो भने त्यसलाई औपन्यासिक सफलता भनिन्छ । औपन्यासिक सफलता मापन गर्ने आधार के हुन् भन्ने प्रश्न अलि जटिल देखिए पनि वास्तवमा विस्तारै विचार गर्ने हो भने औपन्यासिक सफलता मापन गर्ने आधार फेला पार्न सकिन्छ, त्यो हो औपन्यासिक प्रयोजन । उपन्यास लेख्नाको उद्देश्य के हो – उपन्यास लेखेर त्यो उद्देश्य पूरा भयो, भएन – यिनै प्रश्न र उत्तरबाट नै औपन्यासिक सफलता मापन गर्ने आधार फेला पार्न सकिन्छ । तिनै आधारमा औपन्यासिक सफलता र विफलताको विवेचन गर्न सकिन्छ । काव्यप्रयोजन वा साहित्यप्रयोजन नै उपन्यास प्रयोजन हो । यसका बारेमा पर्ूव र पश्चिम दुवैतिर गम्भीर चर्चा भएको पाइन्छ । पर्ूवमा चतर्ुवर्ग फलप्राप्ति अथवा धर्म, अर्थ, काम र मोक्षप्राप्तिलाई काव्यप्रयोजन मानिएको छ । त्यहाँ र्सजक र पाठक दुवैलाई ध्यानमा राखेर काव्यप्रयोजनको व्यापक विवेचन भएको देखिन्छ । काव्य लेखेर र्सजकले यश, अर्थ, मङ्गल प्राप्त गर्ने र पाठकले व्यवहार, ज्ञान, तत्काल, परमानन्द र कान्तासम्मित उपदेश पाउने कुराको चर्चा गरिएको छ । मनोविज्ञानले र्सजकले आफ्ना अतृप्त इच्छाको उदात्तीकरण गरेर तुष्टि, तृप्ति, सन्तोष, खुसी प्राप्त गर्दछ भनेको छ । पश्चिममा कसैले आनन्दलाई, कसैले नैतिक मूल्य र शिक्षालाई, कसैले अभिव्यक्तिलाई काव्यप्रयोजन मानेका छन् । कसैले लोकमङ्गललाई पनि साहित्यप्रयोजन ठानेका छन् । जेहोस्, यी सबै विवेचनको निष्कर्षके हो भने साहित्य भनेको सुन्दरता हो र सुन्दरता ज्ञान र आनन्द दुवैसँग सम्बन्धित हुन्छ । साहित्य लेखेर र्सजकले, पढेर पाठकले यी दुवै कुरा प्राप्त गर्छन् । लेखक र पाठकबाहेक स्वयम् कृतिको पनि अस्तित्व हुन्छ र त्यसको अस्तित्वमाथि लेखक र पाठकको प्रभाव परेको हुन्छ । कृति स्वयम् सफल र असफल हुँदैन तर त्यसको एउटा कलात्मक स्तर हुन्छ जसको निर्माण लेखकले गर्छ र जसको आस्वादन पाठकले गर्दछ । तर्सथ औपन्यासिक सफलता मापनका आधार तयार पार्दा यी तीनवटै कुरालाई ध्यानमा राख्नुपर्ने हुन्छ । यी तीनवटै पक्ष एक अर्कासँग अन्योन्याश्रति छन् । यिनलाई परस्पर अन्तरनिर्भर मानेर नै औपन्यासिक सफलता मापन गर्न सकिन्छ । उपन्यासकारलाई ध्यानमा राखेर सफलताको चर्चा गर्दा उसले खोजेको कुरा प्राप्त गर्न सक्यो सकेन अथवा स्वान्त सुख, सामाजिक, आर्थिक, वैचारिक लक्ष्य पूरा भए भएनन् भनेर हर्ेन सकिन्छ । पाठकलाई ध्यानमा राखेर सफलताका कुरा गर्दा उपन्यास पढेर पाठक आनन्दित भयो भएन, कृति पढेर व्यावहारिक ज्ञान प्राप्त गर्‍यो गरेन, पाठकको मङ्गल भयो भएन भनेर हर्ेन सकिन्छ । त्यस्तै कृतिलाई ध्यानमा राखेर सफलताको कुरा गर्दा कृतिको मूल्य र महìव कस्तो छ – त्यसको उपादेयता के हो – त्यसको स्थान के हो – भनेर हर्ेन सकिन्छ । यसरी औपन्यासिक सफलता मापन गर्ने आधार स्रष्टापरक, पाठकपरक र कृतिपरक गरेर तीन प्रकारका हुन सक्छन् । यिनै तीनवटा आधारमा डायमनशमशेरको औपन्यासिक सफलताको विवेचना गर्न सकिन्छ ।

स्रष्टापरक सफलताः-

उपन्यासकार डायमनशमशेरसँग सम्बन्धित सफलताको चर्चा गर्दा उनले उपन्यास लेख्ने प्रेरणा कसरी र कसबाट प्राप्त गरे – उपन्यास किन लेखे – कस्ता उपन्यास लेखे – उनी उपन्यास लेखेर सन्तुष्ट छन् वा छैनन् – आत्मिक वा भौतिक सन्तुष्टि उनले प्राप्त गरेका छन् छैनन् – समग्रमा उनले गरेका कार्य के कति सफत भए भन्ने आधारमा नै स्रष्टापरक सफलता नाप्न सकिन्छ । डायमनशमशेर समृद्ध राणापरिवारमा जन्मेका हुन् । उनका हजुरबाबा सरशेरशमशेर जबरा सरकारी सेवाको उच्चपदस्थ व्यक्ति थिए । समाजमा उनको धाक, रवाफ, मानसम्मान ठूलो थियो । डायमनका पिता बुधशमशेर पनि बडाहाकिम भएर विभिन्न जिल्ला घुमेका र प्रशस्त पैसा कमाएका व्यक्ति थिए । यस्तो पारिवारिक पृष्ठभूमिमा जन्मेकाले डायमनको बाल्यकाल अत्यन्त सुखपर्ूण्ा रहेको देखिन्छ । उनले पढ्ने अवसर नपाएका होइनन् तर उनको पढाइ त्यति धेरै देखिँदैन । उनको औपन्यासिक शिक्षा प्राप्त गर्ने धोको अधुरो देखिन्छ र उनले घरमै शिक्षा प्राप्त गरेको थाहा पाइन्छ । यसक्रममा उनी घरमै बसेर अध्ययन गर्न थाल्छन् । बुबाको निधन भएपछि उनले सैनिक सेवामा प्रवेश पाए । त्यहाँ काम गर्दा कतिपय कुरामा उच्चपदस्थ राणाहरूका विचारहरूसँग उनी सहमत हुन सकेनन् । उनलाई नजानिदोरूपमा राणाविरोधीको आरोप लाग्न थाल्यो । उनी भित्रभित्रै व्रि्रोही हुन थाले, आफ्ना मनमा उठेका व्रि्रोही भावनालाई उनी पोख्न चाहन्थे । उनी क्रमशः एकान्तप्रिय, भाव वा विचारमग्न हुन थाले । त्यस्तै उनलाई पढाउने गुरु अनमेश चौधरीले दिएको प्रेरणाले पनि उनी साहित्यलेखनतर्फउन्मुख भएको थाहा पाइन्छ । फेरि त्यतिबेला नेपालको राजनीतिक अवस्था अस्थिर थियो । देशमा राणाविरोधी क्रान्ति चलिरहेको थियो । त्यसले पनि उनलाई कलम चलाउने प्रेरणा दियो । सैनिक सेवामा रहेर बन्दुक उठाउने अवस्था त्यसबेला थिएन, तर्सथ उनले कलम उठाउने काम गरे । सुनेका, देखेका, जानेका, भोगेका कुरालाई उनी आकार दिन छट्पटाइरहेका थिए । उनले राणाहरूकै कुरा धेरै जानेका थिए, त्यसैलाई उनी व्यक्त गर्न चाहन्थे । उनको लेखनको उद्देश्य क्रान्तिलाई सघाउनु थियो । उनी राणातन्त्रका विरुद्ध लेख्न चाहन्थे । त्यसको प्रतिरूप ‘वसन्ती’ उपन्यास भयो । उनले वि.सं. २००३ सालमा ‘वसन्ती’ उपन्यास लेखिसके तर सरकारले छाप्ने अनुमति दिएन । उनले त्यसलाई बनारस लगेर आफ्नै खर्चमा छपाएर २००६ सालमा प्रकाशित गराइछाडे । यो उनको पहिलो सफलता थियो । त्यसबेला उपन्यास पढेर समालोचना गर्ने व्यक्ति पाइँदैनथे । डायमनशमशेर कसैलाई जुत्ता, कसैलाई कोट र कसैलाई पैसा दिएर उपन्यास पढ्न लगाइ आलोचना सुन्ने गर्थे । तत्कालीन अवस्थामा काठमाडौँमा भन्दा दार्जीलिङमा उनको ‘वसन्ती’ बिक्यो । यसबाट उनलाई केही खुसी प्राप्त भए पनि धेरै निराशा नै प्राप्त भयो र उनी लेख्न चटक्क छाडी राजनीतिमा लागे । वि.सं. २०१७ सालमा उनी जेल परे । जेलमा बसेका साहित्यकार-राजनीतिज्ञहरूको सङ्गतले उनी फेरि उपन्यास लेख्न थाले । उनी आफ्नो प्रजातान्त्रिक आस्था र मान्यतालाई साहित्यका माध्यमबाट व्यक्त गर्न चाहन्थे । उनका अन्तहर्ृदयमा स्वतन्त्रता र प्रजातन्त्रप्रति ठूलो आस्था जमेर बसेको थियो । प्रजातान्त्रिक व्यवस्थाबाट मात्र देशमा सबैको भलो हुन्छ भन्ने उनको विश्वास थियो । जेलमा बसेर उनले सेतोबाघ उपन्यास लेखे । २०२२ सालमा उनी रिहा भए त्यसपछि उनले ऐतिहासिक विषयका साथै सामाजिक र राजनीतिक उपन्यासहरू पनि लेखे । पञ्चायती शासन व्यवस्थामा उनका उपन्यास खुब पढिए । विश्वेश्वरप्रसाद कोइरालाबाट अत्यन्त प्रभावित राणा नेपालको प्रजातान्त्रिक आन्दोलनमा नौपटकसम्म जेल परेका छन् । उनी प्रजातान्त्रिक व्यवस्थाका कट्टर र्समर्थक हुन् । प्रजातन्त्र स्थापना र पुनः स्थापनामा उनले धेरै सङ्र्घष्ा गरेका छन् । त्यसैले उनको साहित्यलेखन प्रजातन्त्र प्राप्तिका लागि पनि भएको देखिन्छ । ‘सेतोबाघ’ जेलमा बस्दा लेखिएको भए पनि यसको प्रकाशन २०३० सालमा भयो । यसमा जङ्गबहादुरको उदय भएपछिको नेपाली राजनीतिमा आएको उतारचढावलाई प्रस्तुत गरिएको छ ।

यी दर्ुइ उपन्यासले राणालाई नेपाली उपन्यास साहित्यमा प्रसिद्धि दिए । उनले यिनै कृतिबाट यश वा कर्ीर्ति प्राप्त गरे । २०३४ सालमा उनको प्रतिबद्ध नामक उपन्यास प्रकाशित भयो । यसमा पञ्चायतकालीन नेपाली राजनीति र समाजको चित्रण छ । यसमा उनको राजनीतिक प्रतिबद्धता तीव्र बनेको छ तर यसबाट उनले समाजमा यश वा प्रतिष्ठा भने त्यति प्राप्त गर्न सकेनन् जति ‘सेतोबाघ’बाट प्राप्त भएको थियो । उनी पुनः ऐतिहासिक विषयमा केन्द्रित भएर उपन्यास लेख्न थाल्छन् । देवशमशेरलाई नायक बनाएर लेखिएको ‘सत्प्रयास’ उपन्यासले पनि प्रजातान्त्रिक मूल्य र मान्यतालाई नै अघि सारेको देखिन्छ । यो उपन्यास वि.सं. २०३८ सालमा प्रकाशित भएको हो । पञ्चायतकालमै उनले ‘अनीता’ उपन्यास लेखे । यो २०४३ सालमा प्रकाशित भयो । यसरी उनले राणाकालमा एउटा, पञ्चायतकालमा चारवटा उपन्यास लेखे । २०४६ सालको राजनीतिक परिवर्तनपछि खुल्ला परिवेशमा ‘धनको धब्बा’ वि.सं. २०५१ सालमा र ‘गृहप्रवेश’ २०६० सालमा प्रकाशित भए । यसरी उनले ‘वसन्ती’ लेखेर सफलता प्राप्त गर्न सुरु गरे भने त्यस सफलतालाई उत्कर्षा पुर्‍याउने कार्य ‘सेतो बाघ’ले गर्‍यो । त्यसपछि राणा नेपाली साहित्यमा ऐतिहासिक उपन्यासका पर््रवर्तक र सफल प्रयोक्ताका रूपमा चिनिन्छन् । यो उनको स्रष्टापरक सफलताको एउटा पक्ष हो । राणाले उपन्यास लेखेर आर्थिक प्राप्ति पनि गरेका छन् । नेपाली साहित्यमा लेखेर जीविकोपार्जन हुँदैन भन्ने तथ्य वा वास्तविकता हामी सबैले बुझेका छौँ तर राणाका उपन्यासले यस वास्तविकतालाई पर सारेका छन् । सुरुमा राणाले ‘वसन्ती’ उपन्यासबाट नाम कमाए पनि दाम कमाउन सकेका थिएनन् । यो उपन्यास सन् १९७२ मा दीनानाथ शरणले हिन्दीमा अनुवाद गरी पत्रिकामा धारावाहिक रूपमा प्रकाशित गराउन थाले । सन् १९७३ मा पुस्तकाकार रूपमा प्रकाशित गराए । यसबाट उपन्यासकार हिन्दी पाठकसम्म पुगे । उनको प्रसिद्ध उपन्यास ‘सेतोबाघ’ श्रीमती गे्रटा राणाले वि.सं. २०४१ मा अङ्ग्रेजीमा अनुवाद गरिन् २०४४ सालमा काजुहिको साइकीले जापानीमा र रविन कुञ्जले प|mान्सेली भाषामा अनुवाद गरे । यसरी यो उपन्यास धेरै भाषामा अनुवाद हुने पहिलो नेपाली उपन्यास बन्यो । यसबाट उनले प्रशस्त आर्थिक लाभ प्राप्त गरे । यस लेखकसँग उनले अन्तर्वार्तामा के पनि भनेका छन् भने- उपन्यासका कारणले नै म बाबुबाजे पुग्न र घुम्न नसकेका ठाउँमा पुगेँ र घुमेँ तथा ठूलो सम्मान पनि प्राप्त गरेँ । ‘वसन्ती’ उपन्यास नेपाली फिल्म बनाइयो । यसरी यो कृति पढ्ने, जान्ने पाठकका साथै अनपढ पाठकसम्म पुग्यो । यसलाई अन्नपर्ूण्ा दैनिक पत्रिकाले धारावाहिक रूपमा प्रकाशित गरिरहेको पनि पाइन्छ । यसबाट पनि उपन्यासकारलाई आर्थिक लाभ रहेको देखिन्छ । यसरी उपन्यासकारले आफ्ना उपन्यासबाट यश, कर्ीर्ति, आर्थिक सन्तुष्टि, आत्मिक तुष्टि प्राप्त गरेको देखिन्छ । यो स्रष्टापरक सफलताको उच्च प्राप्ति हो ।

पाठकपरक सफलताः-

पाठकसँग पनि साहित्यिक कृतिको सफलता सम्बन्धित हुन्छ । एरिस्टोटलले प्राचीन समयमै पाठकको भूमिकालाई विरेचन सिद्धान्तमा महìव दिएका छन् । पर्ूर्वीय रस सिद्धान्त पाठकसँग नै सम्बन्धित छ । आधुनिक साहित्यसमीक्षक आइ.ए. रिचर्डसले पनि व्यावहारिक समालोचनामा पाठकलाई महìव दिएका छन् । अहिले उत्तरआधुनिक समीक्षा पाठक प्रतिक्रिया सिद्धान्तले पाठकको सक्रिय भूमिकालाई अझ राम्ररी देखाएको छ । वास्तवमा साहित्यिक कृति पाठक नभई अस्तित्वमा आउँदैन । कृतिलाई जीवित पार्ने तìव नै पाठक हो । नपढुञ्जेल कुनै कृतिको अर्थ हुँदैन । पाठक र पाठकको अन्तक्रिर्याबाट अर्थ सिर्जना हुने हुनाले पाठकैपिच्छे अर्थ पनि फरक हुन सक्छन् । त्यसैले पाठकको कुनै पनि अर्थ अन्तिम हुँदैन भनिन्छ । पाठको अर्थ निर्धारक पाठक नै हो । पाठक प्रतिक्रियाबाट कृतिको सफलता पत्ता लाग्दछ । राणाले ‘वसन्ती’ उपन्यास पढ्ने पाठक नपाएर आफैँले अनेक सहयोग दिएर कृति पढ्न लगाएको र पाठक प्रतिक्रिया सुनेको कुरा माथि नै उल्लेख भइसकेको छ । यसबाट बिनापाठक उपन्यासको कुनै अर्थ रहेनछ भन्ने कुरा स्वतः सिद्ध हुन्छ । ‘सेतोबाघ’ निस्केपछि उनका उपन्यासका पाठक बढे । उनले मूलतः ऐतिहासिक र अंशतः सामाजिक, राजनीतिक विषयमा उपन्यास लेखेको देखिन्छ । उनले उपन्यासमात्र लेखेका छन् र उनका पाठक उपन्यासका मात्र छन् । उपन्यासका पाठक सामान्य र विशिष्ट दुवै प्रकारका देखिन्छन् । सामान्य पाठकहरू उनका उपन्यासमा प्रस्तुत राणाकालीन राजनीतिक षडयन्त्र, उतार-चढाव, द्वन्द्व र्रर् इष्र्यापर्ूण्ा घटनाबाट, इतिहासका वास्तविक व्यक्तिहरू नै उपन्यासका पात्र भएका कारणबाट, पत्यारिलो परिवेशबाट एकातिर रोमाञ्चित हुन्थे भने अर्कातिर पाठको कलात्मकताले आनन्दित पनि हुन्थे । उपन्यासका पाठमा प्रजातान्त्रिक प्रतिबद्धता र मान्यताप्रतिको आस्था पाइने हुनाले पाठकहरू निरङ्कुश पञ्चायती शासन व्यवस्था विरोधका लागि वा आफ्नो व्यवस्था विरोधी मनोभाव शान्त पार्न उनका उपन्यास खोजीखोजी पढ्थे । यसरी पञ्चायतकालमा उनका उपन्यासको बहुपठन र पुनः पठन भएको पाइन्छ । ‘वसन्ती’ उपन्यासलाई सिनेमामा रूपान्तरित गरेर अनपढ दर्शकसम्म पुर्‍याउनु, दैनिक पत्रिकामा धारावाहिक रूपमा अन्यासप्रकाशित गराएर धेरैभन्दा धेरै पाठकनेर पुर्‍याउनु, नेपालीबाहेक हिन्दी, अङ्ग्रेजी, जापानी, प|mान्सेली भाषाका पाठकसम्म उपन्यासहरू पुग्नु आदिबाट पाठ अर्थवान् र बर्स्वर्थक बनेको देखिन्छ । त्यस अर्थमा उनका उपन्यास सफल बनेका छन् । त्यसरी पाठका विशिष्ट पाठक पनि थुप्रै देखिन्छन् । यस्ता पाठक साहित्यिक सामर्थ्य भएका हुन्छन् । यस्ता पाठलाई पुनः सिर्जन गर्न सक्छन् । यिनीहरूको आनन्द प्राप्त गर्ने क्षमता विशिष्ट हुन्छ । यस्ता पाठकहरूमा नेपाली समालोचक, विभिन्न भाषाका अनुवादक, नेपाली अनुसन्धाताहरू पर्दछन् । नेपाली समालोचक कृष्णचन्द्रसिंह प्रधान, इन्द्रबहादुर र्राई, अनुवादकहरू दीनानाथ शरण, श्रीमती ग्रेटा राणा, काजुहिको साइकी र रविन कुञ्ज आदि, स्नातकोत्तर तहमा राणाको व्यक्तित्व र कृतित्वलाई विषय बनाई अनुसन्धान गर्ने कुसुम शर्मा, भोलानाथ रेग्मी र विद्यावारिधि तहमा पनि अनुसन्धान भइरहेको प्रसङ्ग आदिका साथै राणाका विभिन्न उपन्यासका विभिन्न पक्षको अध्ययन गर्ने समालोचकहरूले जसरी राणाका कृतिको पुनः सिर्जन र त्यसबाट आनन्दानुभूति गरेका छन् त्यो पाठकपरक सफलताको द्योतक हो । औपन्यासिक कलाका मर्मज्ञ पाठक नै हुन् । यस दृष्टिले पनि उपन्यासहरू सफल रहेका देखिन्छन् ।

कृतिपरक सफलताः-

कृति एउटा स्वायत्त वस्तु हो । यो भाषिक कलाबाट निर्मित हुन्छ । भाषाले नै यसको रूप निर्धारण गर्छ र भाषाबाट नै कृतिले खास अर्थ, अभ्रि्राय र आशय व्यक्त गर्छ । भाषाबाट नै कृतिगत मूल्य र सौर्न्दर्यगत मूल्य थाहा पाउन सकिन्छ । राणाका उपन्यासहरूको खास मूल्य भनेकै ऐतिहासिकता हो । यसलाई एतिहासिक मूल्य भन्न सकिन्छ । उनका वसन्ती, सेतोबाघ, सत्प्रयास, गृहप्रवेश आदि उपन्यासहरूले नेपालको इतिहासलाई मूल कथ्य बनाएका छन् । प्रतिबद्ध, अनीता, धनको धब्बा उपन्यासहरूमा मूलतः राजनीतिक-सामाजिक विषय प्रतिपाद्य भए पनि अंशतः इतिहास पनि रहेको छ । त्यस्तै उनका उपन्यासमा प्रजातान्त्रिक मूल्य, मान्यता, संसदीय व्यवस्थाप्रतिको आस्था र प्रतिबद्धता व्यक्त भएको देखिन्छ । ‘वसन्ती’ उपन्यासमा देशभक्त र इमानदार व्यक्तिको षड्यन्त्रपर्ूण्ा हत्या भएको देखाएर निरङ्कुशतन्त्रको विरोध गरिएको छ । ‘सेतोबाघ’ले निरङ्कुशतन्त्रमा शासितको मात्र नभएर शासकवर्गको पनि विनाश हुन्छ भन्ने देखाएको छ । प्रतिबद्ध उपन्यासले प्रजातान्त्रिक मूल्य र मान्यता भएका व्यक्तिहरू चरित्रवान्, योग्य र सक्षम हुन्छन् भने पञ्चायतवादीहरू दुष्चरित्र, अयोग्य र असक्षम हुन्छन् भन्ने सन्देश दिएको छ । ‘अनीता’ उपन्यासले २००७ सालपछि अन्योलपर्ूण्ा वातावरण सिर्जना भएकोमा त्यसको विरोध गर्दै संसदीय व्यवस्थाका लागि चुनाव अपरिहार्य हुन्छ भनिएको छ । ‘धनको धब्बा’मा पञ्चायती व्यवस्थाको विरोध गरिएको छ । यसरी के देखिन्छ भने राणाका उपन्यासले निरङ्कुशतन्त्रको, राणातन्त्रको, पञ्चायती व्यवस्थाको विरोध गरेका छन् । प्रजातान्त्रिक शासन व्यवस्थाको र्समर्थन गरेका छन् । यो उनका उपन्यासको राजनीतिक मूल्य हो । त्यस्तै प्रणय वा प्रेमलाई पनि उपन्यासले कथ्य बनाएका छन् । ‘वसन्ती’ मा गगनसिंह र वसन्तीको, सेतोबाघमा श्री ५ जेठी शाहज्यादी र जगत्जङ्गको, अनीतामा रमेश र अनीताको, धनको धब्बामार् इश्वरी र दोर्जे, गोविन्द र अञ्जनाबीचको प्रेम वा प्रणयलाई देखाइएको छ । यसबाट प्रेम वा प्रणयका शारीरिक र मानसिक दुवै पक्ष प्रकट भएका छन् । यसलाई उपन्यासको प्रणयपरक मूल्य भन्न सकिन्छ । औपन्यासिक चरित्रका पक्षबाट हर्ेदा राणाका उपन्यासमा इतिहासका वास्तविक व्यक्तिहरूलाई चरित्र बनाएर उपन्यास लेखिएको पाइन्छ । यसका साथै इतिहासमा नभएका कल्पित पात्रहरू पनि थुप्रै छन् । कतिपय ऐतिहासिक चरित्रहरू ऐतिहासिक तथ्यभन्दा विपरीत अतिरञ्जनपर्ूण्ा ढङ्गमा प्रस्तुत भएका पनि छन् । कतिपय पात्रहरू कि त अत्यन्त दुष्ट कि त अत्यन्त सज्जन भएकाले जीवनानुरूप हुन नसकेका पनि देखिन्छन् । उनी औपन्यासिक परिवेश निर्माण गर्न सक्षम छन् । उनी राणा भएकाले उनका उपन्यासमा राणादरबारिया परिवेश सजीव भएर उत्रनु स्वाभाविक हो । त्यस्तै अन्य भौगोलिक, सामाजिक, ऐतिहासिक, राजनीतिक परिवेश निर्माणका साथै आन्तरिक परिवेश भास, करुणा, सुखदुख, अवसादमूलक अवस्था सिर्जना गर्न पनि सिपालु देखिन्छन् । यसरी चरित्र र परिवेशलाई कथ्य अनुकूल पारेर प्रस्तुत गर्नु राणाको चारित्रिक र परिवेशीय मूल्य हो । राणा आफ्ना उपन्यासमा उखानटुक्का, अनुकरणात्मक शब्द, आगन्तुक, तद्भव र तत्सम शब्दको सुरुचिपर्ूण्ा प्रयोग गरेर भाषालाई औपन्यासिक बनाउँछन् । साहित्यिक मुक्तिहरू उपमा, प्रतीक, विम्ब, पर्ूवसङ्केत, अलङ्कार आदिको प्रयोगले भाषालाई कलात्मक र सुन्दर बनाइएको देखिन्छ । उनका उपन्यासको शैली वर्ण्र्ाात्मक, वैयक्तिक र प्रभावकारी भएको छ । समग्रमा राणाको औपन्यासिक संरचना ‘वसन्ती’ र ‘सेतोबाघ’मा सबल र सुगठित देखिन्छ भने बाँकी उपन्यासमा सामान्य र कम सुगठित छ । नेपाली उपन्यासको पर््रवर्तन उनकै उपन्यास वसन्तीबाट भएको मानिन्छ । नेपाली ऐतिहासिक उपन्यास परम्परामा ‘सेतोबाघ’ कलात्मक उत्कर्षभएको उपन्यास हो । यसले जुन स्थान प्राप्त गरेको छ, त्यहाँ अन्य कुनै उपन्यास पुगेका छैनन् । नेपाली साहित्यमा मात्र नभएर हिन्दी, जापानी, अङ्ग्रेजी, प|mान्सेली आदि साहित्यमा समेत पुगेर लोकप्रिय हुनु यसको ठूलो मूल्य हो । यही नै राणाका उपन्यासको कृतिपरक सफलता हो, महìव हो, उपलब्धि र प्राप्ति हो ।

निष्कर्ष:-

सय वर्षलामो नेपाली उपन्यास लेखन परम्परामा अनेक उपन्यासकारले अनेक प्रकारका उपन्यास लेखेका छन् । डायमनशमशेर नेपाली ऐतिहासिक उपन्यास फाँटका प्रसिद्ध उपन्यासकार हुन् । उनी राणा परिवारमा जन्मेर पनि निरङ्कुश राणातन्त्रका विरोधी भएर निस्के । उनले उदार प्रजातान्त्रिक राजनीतिक विचारलाई जीवनको आदर्श बनाए । प्रजातन्त्रप्राप्तिका लागि जीवनभर सङ्र्घष्ारत रहे । उनको उपन्यासलेखनको प्रमुख उद्देश्य पनि निरङ्कुश शासनव्यवस्थाको विरोध र प्रजातान्त्रिक मूल्य र मान्यताको र्समर्थन नै रहेको देखिन्छ । उनले यही उद्देश्य प्राप्तिका लागि निरङ्कुश शासन व्यवस्थाको इतिहास र अंशतः राजनीतिक-सामाजिक विषयलाई आधार बनाइ वसन्ती, सेतो बाघ, प्रतिबद्ध, सत्प्रयास, अनीता, धनको धब्बा र गृहप्रवेशजस्ता उपन्यास लेखेका छन् । यी उपन्यासबाट उनले यश, कर्ीर्ति, अर्थलाभ, मनोकाङ्क्षा पर्ूर्ति गरेका छन् । उनका उपन्यास लोकप्रिय बनेका छन् । उनका उपन्यासलाई धेरैभन्दा धेरै पाठकले पढ्न र पुनः पठन गरेका छन् । उनका उपन्यासको पठन गरेर पाठकहरू विचारशील इतिहास, राजनीति, समाज, प्रेम वा प्रणय आदि सम्बन्धी विषयका ज्ञाता र औपन्यासिक कलाबोधबाट आनन्दित भएका देखिन्छन् । विषय र कलाको समुचित समन्वयबाट निर्मित उनका उपन्यासहरू सफल र मूल्यवान् छन् । यही नै उनको औपन्यासिक सफलता हो ।

(स्रोत : मधुपर्क, चैत्र २०६३)

This entry was posted in कार्यपत्र and tagged , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.