~राकेश कार्की~
गाउँदेखि सदरमुकामसम्म
शहरदेखि राजधानीसम्म
हिमालदेखि तराईसम्म
वारीदेखि सीमा पारीसम्म
नाबालक अनि निर्बललाई
तिं पर घारीसम्म
ओछ्यान परेकालाई
चार पाऊ टेक्दै बारीसम्म
हरे कस्तरी भगाईरहेछ
आंशुले नै बगाईरहेछ ।।
यतिधेरै आँखामा आँशु बहेकाछन्
आँशुको आयतन एक्कासी बढेकाछन्
आँशुको लम्बाई नाप्न सकिन्छ
चौर्डाई अनि उचाई नाप्न सकिन्छ
नेपालको नक्शाको आकार
अब आँशुले नै कोरेका छन्
सीमाना अक्षांश देशान्तर
थोपा थोपाले जोडेका छन् ।।
आँशु झार्न लगाउनु अघि
आफूले आँशुको अर्थ बुझ
तातो बारुद र बम छोडेर
एक सेकेण्ड आँशुले रुझ ।
आंशुसँगै नरोर्इ, तिमी आँशु चिन्दैनौ
आंशु भित्र नपसी, तिमी आँशु देख्दैनौ
आँशुसँगै नबगी आँशुको दर्द दुःख्दैन
बटुलिन्छ आँशु बरु तिम्रो अघि झुक्दैन ।।
विन्डसर विश्वविद्यालय, क्यानाडा
Issue 6 – Jestha, 2062
(स्रोत: तन्नेरी डट कम)