~राधेश्याम लेकाली~
उठेर अब अवरोध बनेका
पहाडहरू भत्काउँदै
म पानी बगिरहनेछु
बाटो रोक्नलाई बनाइएका
बाँधहरू भत्काउँदै
म पानी निरन्तर बगिरहनेछु
छेक्न नखोज मेरा बाटाहरू
म सबै अवरोधहरू
भत्काउन सक्दछु
छेक्न खोज्ने त्रि्रा
हरेक प्रयासहरू
म विफल बनाउन सक्दछु ।
उज्यालोलाई बाटोको
आवश्यकता पर्दैन
कतैबाट पनि र्सवत्र फैलिन्छ
जुनसुकै बग्ने पानीको
लक्ष्य आखिर
विशाल समुद्र नै हुन्छ
प्रस्थान गरिसकेको
बटुवाको आखिर
पदचिन्हमात्र बाँकी हुन्छ
बतासलाई रोक्ने
प्रयास नगर
यो सहर, चोक, गल्ली
जहीँ पनि बहिदिन्छ ।
कुहिरोले सहरलाई
कतिन्जेल छोपेर राख्न सक्छ
आखिर केही समयमा
त्यो भाग्नै पर्छ
औंसीका रातहरू पनि
आखिर तारा देखिने गरी
आकाश छाडेर भाग्नै पर्छ
पानीको यात्रा
उद्देश्यहीन हुँदैन
वैचारिक भावनाको गतिलाई
अब रोक्न नखोज
यो ज्वालामुखी
कुनै पनि बेला फुट्न सक्छ ।
यो यस्तो प्रेमीको प्रतीक्षा हो
जसका आँखाहरू
कहिल्यै थाक्दैनन्
गन्तव्यको प्रतीक्षामा
यात्रीहरूका मनहरू
कहिल्यै थाक्दैनन्
भोलिको बिहानीसँगै
र्सर्ूयले पक्कै आउनर्ुपर्छ
र्सर्ूयको आगमनमा
आजको अँध्यारोले
अनिवार्य भाग्नर्ैपर्छ ।
(स्रोत : मधुपर्क, चैत्र २०६३)