कविता : उनको सम्झना……

~लिला बल्लभ नेपाल~

सपनीमा तर्सिएर नब्युँझिएको रात छैन
उनकै यादमा नतड्पिएको गोधुली साँझ छैन ।।

सम्झनाको बाढी आउँदा मत बाढी पीडित भाछु
उनकै नामको बाहेक मैले नफेरेको सास छैन ।।

जिन्दगीका अनगिन्ती यादका पानाहरू
आँसु रुपी सम्झनाले नभिजेको रात छैन ।।

सपनीमा उनी आउँदा भुसुक्कै निदाउँछु
रहर भरी उदास बोकी नझस्किएको रात छैन ।।

संसारी यो सुख सबै कस्तो हुन्छ थाहा छैन
उनकै नामको प्रत्येक गाँस नअड्किएको छाक छैन ।।

कस्तो होला छायाँ उनको घाम सँग मागेकोछु
हाँस्न खोज्दा ओठको लाली नझरेको पल छैन ।।

तडप् तडप् तड्पिएर बाँच्नुको नि मजा रैछ
जिन्दगीको परिभाषा नलेखेको रात छैन ।।

लिला बल्लभ नेपाल
महारानी झोडा-५, झापा

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.