~ललिता कार्की~
आँखाभरि आसुँ झारी आइज काल भन्छ
मुटुभरि भक्कानिएर प्रिय भन्दै रुन्छ
दुश्मन हाँस्ने खेल भयो भन्दै छाती पिट्छ
बस्न धेरै गाह्रो भयो थातै छोड्छु भन्छ ।
हिड्दै थिए गोरेटोमा एक्लै उ आई भन्छ
मन मुटु लगी मेरो रित्तो बनाई भन्छ
आफ्नो लागि हैन म त उस्कै लागि बाँचे भन्छ
चोखो माया पिरती उस्कै निम्ती साँचे भन्छ ।
पटक पटक यस्तो किन हुन्छ भनी सोध्छ
अभागी भै बाँच्नु भन्दा मर्नै जाती भन्छ
खप्न मलाई गाह्रो भयो दुख्यो छाती भन्छ
अलिकती पिउन पाए हुन्थ्यो जाती भन्छ ।
उठाइदेउन कोही छकी भन्दै पुकार गर्छ
उठ्न खोज्छ बिचराले टेक्नै नपाई लड्छ
उस्लाई हेर्दा ईश्वर पनि छैन जस्तो लाग्छ
होस छैन अब उस्को बेहोसिमा खै कहाँ पुग्छ ?
होस छैन अब उस्को बेहोसिमा खै कहाँ पुग्छ ?
–ललिता कार्की
धुर्कोट बस्तु- ४ गुल्मी
हाल, काठमाण्डौं
(स्रोत : रचनाकारको ब्लगबाट सभार)