बहरबद्ध गजल : के पोखौं म

~जीवराज बुढाथोकी~

भन्ने कुरा छन धेर खै, के पोखौं म ।
सुन्ने न भै त्यस्तो कतै, के पोखौं म ।

टाढै भए मुग्लानिया, छोरा नाति,
पीडा रुँदै पर्देश गै के, पोखौं म ।

मर्नै परे कस्ले दिने, होला बत्ति,
तीता कथा भन्द्यौ न है, के पोखौं म ।

रुच्ने न त्यो खाना कुनै, पच्ने फेरि,
छन धेर ती ब्यथा अझै, के पोखौं म ।

भैयो बुढो भोग्नै पर्यो, पर्ला जत्ति
मनका कुरा साट्ने नभै, के पोखौं म ।

बहर:सरीअ
सुत्र: २२१२ २२१२ २२२१
मात्राः २१ बिश्रामः ८। ४

जीवराज बुढाथोकी
खलंगा ९, सल्यान
हालः घट्टेकुलो, काठमाडौं
२०७२।०३।२४

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.