गजल : दिन सक्दिन म

~महानन्द ढकाल~

मेरा झन्डा रङ्ग्याउने रातो दिन सक्दिन म
ज्यानै दिन सक्छु बरु माटो दिन सक्दिन म

रगत र पसिनाले लेखिएको इतिहासको
जतन गर्न नसक्नेलाई पातो दिन सक्दिन म

भाव एउटै नराखेर बिखण्डन रुचाउनेलाई
छाती दिन सक्छु टेक्न बाटो दिन सक्दिन म

जसको जोत उसको पोत हुनैपर्छ संसारमा
हात बाँधि बस्नेलाई आटो दिन सक्दिन म

अति मिठो निकै चोखो विश्व बन्धुत्वको
भक्षकलाई आफन्तको नातो दिन सक्दिन म

महानन्द ढकाल
कोहलपुर -१२, बाँके ।

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.