सूत्रकथा : घाम र नून

~कात्यायन~dhanwantari-mishra-katyayan

– जेठ महिनाको टन्टलापुरमा सौर्य-स्नान गरिरहेको उसले विचार्यो – आज घाम लाग्ने छैन |

– बन्दको जत्थालाई रुख्खा खकार थुक्यो / सुक्खा गर्दन मैलो गंजीले पुछ्यो र घर हिंड्यो | भर्न बाँकी घैंटो घाँटीभित्र नै छिराउँला झैं गर्यो प्यास मेट्न |

– त्यत्तिकैमा श्रीमतीले भित्रबाट रित्तो हाँडी ल्याईन र घामको पसिना भर्न शुरु गरिन् |

– ठूली छोरी घुम ओढेर नून पैंचो माग्न छिमेकतिर लागिन् |

*** *** ***

चाबहिल, काठमाडौँ – ७ |

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in सूत्रकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.