लघुकथा : अन्तत

~यकिना अगाध~

‘चाडबाड आयो ।’ घरका सबै पाल्तु जनावरहरुलाई खुकुराले बास्दै सचेत गरायो ।

‘ए है !’ कान ठाठाडा पार्दै राँगा भैसीले चनाखा देखाए ।

‘आ जे होला होला… ।’ भवितव्य भइ नहाल्लान भन्ने मुडमा बोका बाख्राहरु देखिए ।

‘आउस् आउस् ।’ बेवास्त मात्र होइन कि आलस्यतासमेत देखाए सुँगुरले ।

सुरुमा कुखुरा सतर्क र सचेत देखिए पनि अन्य साथीहरुको प्रवृत्तिका कारण ऊ पनि सुरक्षाका कुनै उपायहरु नअपनाई चुपचाप बस्यो ।

अन्ततः चाड आइपुग्यो । मान्छेहरुले पहिला कुखुरालाई निमोठे, राँगा भैसी, बोका बाख्रा काटे र सुँगुरलाई आरामपुर्वक झिरले घोचेर मारे ।

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.