कविता : श्रृजनाका बिस्कुनहरु

~पिताम्बर राइ~

बिस्कुन् त सानै थियो श्रृजनाको
तर नानाथरिको विउहरुपो सुकाइदिए छ ।
कस्लाई पो के थाहा त्यो विउहरुले
कस्तो कस्तो अन्नाज दिन्छ भनेर ।
भरखरैमात्र देखेथें श्रृजनाको बिस्कुनलाई
कति छिटो बिउहरु जम्मा गरेछन् ।

त्यस बिस्कुनका आदरनिय बिउहरु
उपन्यास्कार, गितकार राम कृष्ण बान्तावा ।
कबि तथा समालोचक हाङयुग “अज्ञात”
कबि तथा समिक्षक भोगेन “एक्ले” ।
सर्टिक कबि देबेन्द्र “खेरेस” ।
आदरनिय बिउहरुबाट निस्केका अन्नाजहरु
सघन तुवालो, कता हिडेको, बाज र गिद्घहरु आदी आदी
नयाँ नेपालका लागी, …………………….. आदी आदी
रुङरीबिनाको शहर, यो समय, नदि किनारा आदी आदी
त्यस अन्नबाट निस्केको रसहरु पिउँदा त
ओहो कस्तो मनै हर्ने, प्यासै मेट्ने, निन्द्रनै हराइदिने ।

आदरनिय हाम्रा प्रिय श्रष्टाहरु
सधै यस्तै यस्तै श्रृजनाका बिउहरु रोपिरहनु ।
पलाऔस संधै श्रृजनाका लहलह मुनाहरु
त्यसले पाठकको मनै हरोस, निन्द्रानै हराइदियोस् ।
सबैलाई मेरो शूभकामना अनि राम, राम ।।।

पिताम्बर राइ
खोटाङ्ग
०९/०८/२००८

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.