~अर्जुन दाहाल~
यहाँ एक मानिस छ जसको ,
– आँशुको हिसाबकिताब छैन ,
बग्छन र बगिरहनेछन ,
– चोटको गन्ती छैन ,
केही थिए र केही पुन थपिनेछन ,
– वेदनाको औचित्य छैन ,
सुन्ने कसले र सुनाउने कसलाई
– भावनाको महत्व छैन ,
बुझ्ने कसले र बुझाउने कसलाई ।
यहाँ रित्तिएको मन छ ,
थोतृएको धड्कन छ ,
बिगृएको जिवनशैली छ ,
भत्किएका आशा छन ,
च्यातिएको सपना छ ,
असहज बिपना छ ,
टुकृएको रहर छ ,
निरासिएको आत्मा छ ,
कसैले प्रश्न गरे, उसको अवस्था कस्तो हो?
सामान्य भाषामा भनिन्छ “दुखी आत्मा ” ,
बिज्ञहरुको परामर्शमा ,
बनाईएको शब्दकोशले धब्बा लगाएको छ उसलाई ,
“पागलपन”
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )