गीत : जीवनको परिवेश भित्रै

~शङ्कर ‘प्रेरणा’~

केटा :
जीवनको परिवेश भित्रै
खुशी बाँड्ने भावना सँगै
हरपलमा साथ रहने
हृदयको चाहाना यो

केटी :
समयका छाल सँगै
हरपलका सौगातहरू
सङ्गाली रहुँला

केटा :
जीवनको परिवेश भित्रै
खुशी बाँड्ने भावना सँगै
हरपलमा साथ रहने
हृदयको चाहाना यो

उमङ्ग छायो संसार भरी
विश्वास दिऊँ कसरी
उमङ्ग छायो संसार भरी
विश्वास दिऊँ कसरी
वसन्तको आगमनले
सुवास छर्यो जीवन भरी

केटी :
समयका छाल सँगै
हरपलका सौगातहरू
सङ्गाली रहुँला

केटा :
जीवनको परिवेश भित्रै
खुशी बाँड्ने भावना सँगै
हरपलमा साथ रहने
हृदयको चाहाना यो

केटी :
जीवनले उज्यालो भेटेको छ
अँध्यारो देखाऊँ कसरी
जीवनले उज्यालो भेटेको छ
अँध्यारो देखाऊँ कसरी
खुशी मेरो यही नै हो
मन खोली बोलूँ कसरी

केटा :
जीवनको परिवेश भित्रै
खुशी बाँड्ने भावना सँगै
हरपलमा साथ रहने
हृदयको चाहाना यो

केटी :
समयका छाल सँगै
हरपलका सौगातहरू
सङ्गाली रहुँला

केटा :
जीवनको परिवेश भित्रै
खुशी बाँड्ने भावना सँगै
हरपलमा साथ रहने
हृदयको चाहाना यो

शब्द : शङ्कर ‘प्रेरणा’
सङ्गीत : शम्भु राई
स्वर : शम्भु राई, लोचन भट्टराई
एल्बम : जीवनको परिवेश

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.