~शाया मोक्तान~
सधैं भन्थ्यौ तिमिले तिम्रो दिल मेरो दरबार ।
आज एकाएक लथालिङ्ग भयो मेरो घरबार।
यो सारा खुशी तिम्रो लागी मात्र हो भन्थ्यौ।
आकाशको जुन तारा खसाल्ने छु सदाबार।
किन छड्यो बिचबाटोमा तिमिले आज मलाई ?
सपना झै घोचिरहन्छ तिम्रै यादले हर बार।
चाहेर पनि भुली टाढा रहन सकेन अचेल।
मदहोसीमा तिम्रो मायाले सताउछ बारम्बार।
मेरो गलामा लाउने हार भन्थ्यौ तिम्रो माया खै?
तर आज ब्यर्थै गला रेटने भै गयो तरबार ।।।।।।
शाया मोक्तान
हाल- ललितपुर ,गोदावरी
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )