चलचित्र गीत : पहिलो नम्बरमा

~राजेन्द्र थापा~

केटा:फनफनी घुम्याको कम्मरमा औँठी बैना मारे मैले पहिलो नम्बरमा
केटी: फनफनि घुम्याको कम्मरमा औँठी बैना मार्ने धेरै पहिलो नम्बरमा
केटा: पहिलो नम्बरमा- पहिलो नम्बरमा हाय हाय माकुरी पहिलो
औँठी बैना मारे मैले पहिलो नम्बरमा
केटी: दोस्रो नम्बरमा- दोस्रो नम्बरमा हाय हाय माकुरी दोस्रो नम्बरमा
औठि बैना मार्ने धेरै दोस्रो नम्बरमा ।

केटा : हे हे एउटा मात्रै चादनी यत्रो अम्बरमा
केटी : को को आम्छन हेरम्ला स्वयम्बरमा
केटा: हे हे लैजान्छु म बाधेर सुनको सिक्रीमा
केटी : गाउघरको लाली जोबन हुन्न बिक्रीमा
हुन्न बिक्रीमा- हुन्न बिक्रीमा हाय हाय माकुरी हुन्न बिक्रिमा
गाउघरको लाली जोबन हुन्न बिक्रीमा
केटा : फनफनि घुम्याको….
केटी : फनफनी घुम्याको ….

केटा: हे हे कहाँ जाला पुतलि हाम्रा जालैमा
केटी : बज्दैन ह्या मादल तम्रा तालैमा
केटा: हे हे बैना स्विकार गरेर दया गरन
केटी : कति नजिक टास्सेको पर सरन
पर सरन – पर सरन हाय हाय माकुरी ओअर सरन
कति नजिक टास्सेको पर सरन
केटा: फनफनी घुम्याको…..
केटी : फनफनी घुम्याको …..

शब्द : राजेन्द्र थापा
सङ्गीत : दिपक शर्मा
स्वर : डेभिड शंकर/ बिन्दु परियार
एरेन्ज : उदयराज पौडेल
चलचित्र : छक्का पन्जा ३

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.