लामो कथा : कलेज

~अनिल सौगात सुबेदी~


भर्खर स्कुले जीवन बिताएर कलेज जानू आफैमा खुसीको कुरा थियो । स्कुलमा जस्तो गृहकार्य गर्न नपर्ने र पढ्न मन लागे पढ्ने नत्र जता गए नि हुने भन्ने कुरा धेरै सुनेको थिए मैले । आज सुरु दिन थियो मेरो कलेजमा गाउँ बाट भर्खर शहर झरेको एक हप्ता मात्रै भएको थियो । त्यति थाहा थिएन शहरको रहनसहन र रमझम र झन कलेजको बारेमा थाहा हुने त कुरै भएन । भर्ना गर्न जादा झुलुक्क पुगेर काम सकेर फर्किएको थिए म राम्रो संग हेर्दा पनि हेरिन । नया भएकै भएर होला अफ्ट्यारो महशुस हुन्थ्यो तर जे भए नि पढ्न भनेर आइसकेपछि नगएर पनि त भएन । बिहानै उठे जुत्ता हिजो दिउसै देखि टलक्क टल्कने बनाएर पोलिस लगाएर राखेको थिए । कलेजको पोशाक पनि सफा चट्टको बनाएको थिए । पोशाक लगाएर बाथरुम मा गएर आफुलाई नियाले धेरैबेर सम्म । शिर देखि माथी सम्म दोहोराउदै तेह्राउदै हेरे सबै ठिक लाग्यो अनि ठूलो झोला भित्र एउटा मात्र कापि हालेर निस्किए कलेज तिर । त्यो बेलाको फेसन रे त्यो झोलाको छोटो फिता बनाएर टपक्क टासिने गरेर भिर्नु पर्ने अनि माथी पट्टी गोलो आकारमा बेरिएको भाग लाई त्यत्तिकै राख्नु पर्ने ।

झिसमिस मा कोठा बाट निस्किएको म कलेज पुग्दा छर्लङ्ग उज्यालो भैसकेको थियो । आज ध्यान कलेज तिर भन्दा पनि आफ्नै पोशाक मा बारम्बार गैरहन्थ्यो खोइ के हेर्दै थिए त्यसरी आफैलाई थाहा थिएन । अरु बेला सुनेको मात्र थिए शहरमा केटीहरु ले छोटा लुगा लगाउछन भनेर आज त्यो आफ्नै आँखाले देख्ने सुनौलो अबसर मिलेको थियो । हेरिरहन मन लाग्थ्यो फेरि देखेर गाली गरे भने झन आपत त्यसैले आँखा छलिछलि हेर्थे । कसै कसैले त यति छोटा लगाउथे बस्दा हातले छोपेर बस्नु पर्थ्यो त्यो लुगा लगाउनु नलगाउनु को कुनै अर्थ थिएन तैपनी लगाएकै थिए र हिड्दा पनि हासको चालमा ढलक्ढलक गर्दै हिड्थे । यो सबै देख्दा मलाई अचम्म लागिरहेको थियो र एक्लै भित्र भित्रै हास्थे । आज पहिलो दिन त्यति अधेरै आएका थिएनन तर जति आएका थिए एकएक आफुमा नमुना थिए र नमुना मध्येको एक नमुना म पनि थिए । केटाहरु पनि कुर्कुचा सम्म को पाइन्ट लगाएका थिए र टाइट नै लगाएका थिए सबैले । सबैको पाइन्ट नियाले अनि आफ्नो हेरे अरुको भन्दा आफ्नो छुट्टै लाग्यो । उनिहरुको खुट्टा छिराउने ठाउँमा एउटा छिराउन पनि मुस्किन हुन्थ्यो तर मेरो मा दुइटै खुट्टा सजिलै छिर्थे ।

आज रमाइलो लागिरहेको थियो कलेजको परिवेश र रमझम देखेर । साथी हुने हरु ग्रुपमा थिए त नहुनेहरु म जस्तै एक्लै एक्लै बसिरहेका थिए । जब कसैको फोन आउथ्यो उहीँ गित बज्थ्यो हिन्दी सिनेमा गजनी को ” तु मेरी अधुरी प्यास प्यास तु “। हट्टकट्ट खाइलाग्दो ज्यान भएकाले कपाल पनि उस्तै गरेर काटेका थिए सायद तिनिहरु कलेजका अमिर खान होलान मनमनै सोचे । सरहरु बाइक मा हुइय आउथे उत्तिबेलै निस्किन्थे खोइ के थियो त्यस्तो सास फेर्न पनि हतार थियो उनिहरु लाई । धेरैबेर बसेपछी पढाइ हुने छाट काट देखिन र बाहिर निस्किए । अचम्म परे भित्र भन्दा त बाहिर पो विद्यार्थी धेरै थिए । कलेजकै पोशाकमा होटेल मा बसेर कोहि चिया र चुरोट मज्जाले उडाउदै थिए त कोहि चिया मा दुनोट चोपेर खादै थिए । भोक त थिएन तर पनि साथी त बनाउनु नै थियो यहि सोचेर म पनि होटल तिर सोझिए………….

यहि सोचेर म पनि होटेल तिर सोझिए । होटेल भित्र छिर्ने बित्तिकै नजिकैको बेन्चमा बसेर साहुनी दिदी लाई चिया र दुनोट मगाए । मान्छेको भिड भएर होला चिया आउन केही समय लाग्यो । त्यो समयमा मेरा नजर त्यहा चिया चुरोट , दुनोट खादै गरेका अरु साथीहरु माथी परे । कुनै सुन्दर युवती को सुन्दरता नियाले जस्तै गरेर हेर्दै थिए उनिहरु लाई तर त्यो होटेल युवती भने एउटा पनि देखिन सबै केटाहरुको मात्र जमात थियो र सबै आफ्नै तालमा ब्यस्त थिए । चिनजान नभएर होला केही समय पछि हामी सबै परिचित हुनेछौ र साथी बन्नेछौ तर आज प्राय जसो एक्लै थियौ र कसैले कसैलाई बोलाउन सकिरहेका थिएनौ केवल हेरिरहन्थौ । निकै बदलिएको थियो हाम्रो जिन्दगी । स्कुल पढ्दा सबै किताब र कापी झोलामा बोकेर हिड्ने हाम्रो साथमा कलेज आउने बित्तिकै एउटा कापी मात्र थियो । त्यही कापी पनि कसैले मैले जस्तै झोलामा राखेका थिए त कसैले खल्तिमा । सोचेको थिए राम्रो देखिन केटी लाई मात्र मन हुन्छ भनेर तर म गलत रहेछु । केटा हरु पनि को भन्दा को कम भने जस्तो सबै ठाटिएर आएका थिए र राम्रा थिए । मान्छेपिच्छे फरक फरक अत्तरको गन्ध आउथ्यो ।

हिजो कलेज नजादा सम्म राम्रै लागेको आफ्नै पोशाक देखि भने आज चित्त बुझेको थिएन । सबैका टिपिक्कका थिए त मेरो झोले थियो ।चिया खाइसकेपछी पैसा तिरेर म बाहिर निस्किए र सिसौको रुख मुनि बनाएको चौतारोमा गएर बसे । यत्तिकैमा कलेज पोशाकमै भएकी छोटो स्कट अनि जमिन नै छेड्ला जस्तो तीखो सेन्डिल लगाएकि हेर्दै नक्कली पाराकी युवती नजिक आउदै बोलिन तिमी कलेजमा नया हो ? बोल्ने आट नै आएन टाउको मात्र हल्लाएर हो भन्ने जवाफ दिए । उनी पनि म संगै चौतारीमा बस्न आइपुगिन म केही पर सरे । उनलाई बस्न पनि निकै गार्हो भैरहेको महसुस गरेको थिए मैले तर पनि लाज छोप्न उनले आफ्नो खुट्टा माथी खुट्टा चढाइन मैले नजर अन्तै घुमाए । मेरो झोले पाइन्टको कपडाले यि युवती ले लगाएको जस्तो स्कट सिलाउन पर्यो भने दस भन्दा बढी पुग्छ होला मनमनै सोचे र मनमनै हासे । घर कहाँ हो तिम्रो ? उनले मलाई आफू भन्दा सानो देखिन वा साथिको नाताले तिमी भनेर सम्बोधन गरिन त्यो त थाहा भएन। सानो देखेर तिमी भनेकी हुन भने सायद उनी सबैको दिदी बन्ने पक्का थियो किनकी झुस्स दारी जुङा पलाएको म मात्र थिए अरु हेर्दै रहरलाग्दा र कलिला अनुहारका थिए । तर जे भए पनि पहिलो भेटमा नै कुनै युवतीले तिमी भनेर सम्बोधन गरेको भने यो पहिलो रेकर्ड थियो । भिरिराखेको आफ्नो झोला निकालेर काखमा राख्दै भने पर्बत अनि हजुरको ? उनी हास्न थालिन म अन्तै तिर फर्किए । मैले आज सम्म कुनै युवती लाई सुरुमै तिमी भनेर सम्बोधन गरेकै छैन र गर्न पनि अफ्ट्यारो लाग्छ बरु बिस्तारै चिनजान अनि नजिकिदै गएपछि तिमी पनि नभनी त भनेका उदाहरण पनि थुप्रै छन ।

मेरो सवालको जवाफ दिनुभन्दा पनि उनले फेरी म माथी प्रश्न तेर्साइन कहाँ हो यो पर्बत भन्ने ? उनको यो कुराले म अचम्ममा परे । अचम्ममा पर्नुको कारण यो थियो कि नजिकैको जिल्ला पर्बत थाहा नहुनु अनि कलेज पढ्न आउनु । उनको उत्तर दिनु भन्दा पनि पहिले जान्न मन लाग्यो उनी कहाँ कि हुन भन्ने त्यसैले जवाफ नदिइ सोधे हजुरको घर कहाँ हो र ? छोटो जवाफ दिइन यहि पोखरा । मैले फिस्स हास्दै टाउको हल्लाए । हामी संगै चौतारीमा बसेको पनि धेरैबेर भैसकेको थियो र कलेज बाहिर को चहलपहल पनि उस्तै थियो तर हामीहरु त्यति खुलेर कुरा गरिरहेका थिएनौ अन्तरबार्ता लिए जस्तो सवाल जवाफ मात्र चलिरहेको थियो । कुरा गर्दै जादा थाहा भयो उनी मेरो क्लास मेट रहिछन । केही छिन को हाम्रो मौनता लाई तोड्दै बोलिन आउ चिया पिउन जाउ । उनको यो कुरा लाई सिधै इन्कार गरे नाइ मैले भर्खर पिएको हजुरले पिउनु । उनी बसेको ठाँउ बाट उठिन र धुलो झारिन सोचेको थिए सरासर जान्छिन होला भनेर तर उनी त मेरो अगाडि उभिन आइपुगिन म लाजले रातो भए । म संग चिया पिउन जान्छौ कि तानेर लैजाउ यति भनेर उनी बेसरी हास्न थालिन मेरो लाज अझै बढ्दै गयो । नगइ नहुने अबस्था आइलागेको थियो र म पनि उठ्दै भने हिड्नुस जाउ । त्यसपछि हामी केहिपरको होटेल तिर लाग्यौं … ……..

त्यसपछि हामी केहीपर को होटेल तिर लाग्यौ । उनी म भन्दा केही अगाडि थिइन के के बोल्दै थिइन त्यो मैले राम्रो संग बुझेको थिइन । तर पलपलमा फर्किएर हेर्थिन आउदै छ कि गयो भनेर । जब उनी मलाई हेर्थिन म मुस्कुराउथे । होटेल पुगेपछि उनि आफैले चिया अर्डर गरिन । चिया टेवलमा आइपुगे पछि दुई औला मुखमा लगाउदै साङ्केतिक भाषामा चुरोट खान्छौ कि नाइ भनेर सोध्दै थिइन । मैले पनि खादिन भन्ने मनसायले टाउको हल्लाए । उनि यती धेरै सवाल गर्थिन मलाई त्यसैको जवाफ दिदा दिदा ठिक्क थियो । चियाको सुर्की लगाउदै मेरो गाला मा छुस्स पलाएका दारी हेर्दै भनिन बेला भएछ के छ बिचार ? म कुरा नबुझे जस्तै नबोली बसे । मलाई लाग्दै थियो उनी मेरो सोझोपनको फाइदा उठाउदै छिन र अनेक कुरा हरु सोध्थिन । एकमन त उठेर जाउ कि भन्ने पनि सोचेको थिए तर त्यसो गर्न पनि सकिन चुपचाप उनकै कुरा सुन्दै बसिरहे । चिया सकियो उनी नै अगाडि सरेर पैसा तिरिन मैले म तिर्छु भनेर अगाडि पनि सरिन । हामी होटेल बाट निस्केपछि कलेज तिर गयौ अहिले केही सुनशान थियो । फाट्टफुट्ट मात्र कलेज पोशाक मा भएका मित्रहरु देखिन्थे । त्यहा बस्नुको कुनै अर्थ नदेखेपछी कोठा मा फर्किने मनसायले उनलाई हेर्दै भने म जान्छु है ? कति टाढा छ तिम्रो कोठा उनले उत्सुक हुँदै सोधिन । नजिकै छ भनौ भने संगै जाउ भनिन भने झन आपत पर्न सक्थ्यो त्यसैले टाढा छ भनिदिए । अनि त्यती टाढा हिडेर जान्छौ त पख म पुर्याइदिन्छु । यती भनेर उनी कलेजको गेट बाट भित्र छिरिन र केही बेर मै स्कुटर लिएर बाहिर निस्किइन । मलाई थाहा नै थिएन उनको स्कुटर छ भन्ने यदि थाहा हुदो हो त कोठा नजिकै छ भन्थे । म उनी बाट भरसक फुत्किने कोशिश गर्दै थिए तर भाग्यले ठगिरहेको थियो मलाई र जता बाट पनि उनै संग टसाउन पुर्याउथ्यो ।

स्कुटर मेरो अगाडि ल्याएर रोक्दै सोधिन चलाउन आउँछ ? गाउँमा हलो , कोदालो चलाएको मान्छे म कहाँ चलाउन आउनु सिधै आउदैन भने । सोचेको थिए उनी मेरो कुरा ले हास्छिन होला भनेर तर केही छैन छुट्टी को दिन म सिकाइदिन्छु भन्न थालिन मैले हुन्छ भने । उनले मलाई पछाडि बस्न लगाइन र उनले भनेबमोजिम म उनको पछाडि बसे । स्कुटरको रफ्तार बिस्तारै बढ्दै थियो त कता कता आफैलाई लाज अनि अफ्ट्यारो लागिरहेको थियो । बेसरी समाउ है खसौला फेरि हास्दै बोलीन । मैले उनलाई समाउन भन्दा पनि आफुलाई सम्हाल्न खोज्दै थिए । कतै गुडिरहेको स्कुटर बाट भुइमा लडिन्छ भन्ने डर जो थियो मनमा त्यसैले पछाडिको डन्डी बेसरी समाए, उनले मेरो अबस्थालाई सिङ जस्तै ठडिएका ऎना मा हेर्दै थिइन । जब धेरै बाटो भएको ठाउँमा पुग्थिन अनि यता बाट कता हो भन्ने प्रश्न गर्थिन म औलाको इशाराले बाटो देखाउथे उनी स्कुटर त्यतै हुइकाउथिन । हामी कोठा नजिकै पुगिसकेका थियौ र मैले उनलाई साइनबोर्ड देखाउदै यहि पसल अगाडि भनी रोक्न लगाए । उनले स्कुटर रोकिन म ओर्लिए र उनलाई धेरै धन्यवाद दिए । उनी त्यो बेला केही बोलिनन र उनी जाने तरखरमा पनि थिइनन त्यसैले एक्कासि भित्र छिर्न पनि सकिन। आउनु न चिया पिएर जानू । उनी पाहुना जस्तै थिइन आदार गर्दै बोले नाइ भोलि कलेजमा पिउने अनि दिउँसो कता जान्छौ तिमी उनि एकसास मा बोलीन । मैले कतै नजाने र दिनभर कोठामा नै बस्ने कुरा गरे । त्यसपछि हामीले एकाअर्काको नम्बर लियौ तर मलाई उनको नाम थाहा थिएन र उनलाई मेरो । के नाम हो तिम्रो नम्बर टिपेर सक्ने बित्तिकै सोधिन नम्र हुँदै भने कुमार अनि हजुरको ? उनी हास्दै भन्दै थिइन मान्छे हेर्दा आधा दर्जन छोराछोरी को बाउ जस्तो छ नाम चाहिँ कुमार रे ।

उनको यो कुराले मैले पनि हासो रोक्न सकिन । स्कुटर स्टार्ट गर्दै बोलिन म दिउसो मिसकल गर्छु बाहिर निस्क है मैले ज्ञानि भएर हुन्छ भने । अनि हजुरको नाम उनी हिड्नै लाग्दा सोधे । नम्रता हो गए ल बाई यति भनेर उनी बाटो लागिन । मलाई पनि भन्न मन थियो जसको बोली गोलि जस्तो छ उसैको नाम नम्रता भनेर तर उनी गैसकेकी थिइन…..

जसको बोली गोलि जस्तो छ उसैको नाम नम्रता भनेर तर उनी गैसकेकी थिइन । मेरो कलेजको पहिलो दिन यस्तो होला भनेर सोचेको त के सम्झेको पनि थिइन वा भनौ अहिलेसम्म कुनै चलचित्रमा पनि देखेको थिइन जुन आज आफैले भोगेको थिए । उनले मिसकल गर्छु भनेकि थिइन त्यसैले अबेर नगरी खाना बनाउन थाले । यदि उनले मिसकल गर्ने बित्तिकै म बाहिर ननिस्के पक्कै उनी मेरो कोठामा आउनेछिन अनि मेरो लथालिङ्ग भएको कोठा , भित्तामा किला ठोकेर झुन्डाएका लुगा अनि गमलाको पानि मा डुवाएर राखेका झुठाभाडा देखेर पक्कै नाक खुन्चाउदै भन्नेछिन यो मान्छेको कोठा हो कि सुङुरको खोर । किनकी उनि बोल्न मा कन्जुस थिइनन र मनमा केही कुरा राख्दैन्थिन जे छ भनी हाल्थिन त्यसैले यसो नभनुन भनेर जति सक्दो छिटो खाना खाएर तयार भएर बसे । अरु दिन भन्दा भरसक आफुलाई राम्रो देखाउने प्रयास गर्दै थिए । बारम्बार ऎना हेरेर कपाल पानी ले भिजाउदै कोर्दै मिलाउदै थिए । कति बेला उनको मिसकल आउछ र बाहिर निस्किउला भनेर मोबाइल हेर्दा हेर्दौ साझ परिसक्यो तर उनको मिसकल आएन। यता बाट गरौ भने के भन्लिन सोचेर फोन गर्न सकिन ।

रात झमक्क परिसकेपछी उनी आउदिनन भन्ने पक्का थियो त्यसैले तयार भएर बसेको म लुगा फेरेर खाना बनाउन थाले । रात परिसके पनि उनको फोन आउँछ होला भन्ने आश भने मरिसकेको थिएन पलपलमा नजर सिरानी माथी राखेको मोबाइल मा पर्थ्यो । बिहान कलेजमा के के भयो मनमा त्यही कुरा खेल्दै थिए खाना खाएर सुतेपछी । अरु भन्दा पनि उहीँ चर्को स्वभाव कि नम्रता संग बिताएको पल ले एक्कासि हमला गर्थे अनि म कोल्टे फर्किन्थे यत्तिकैमा निन्द्रादेबिको प्यारो भएछु । बिहानै उठेर लागे कलेज तिर हिजो भन्दा आज केही बढी नै चहलपहल थियो । चहलपहल तिर नजर लगाउदै सिधै पढाई हुने कोठामा गए । जब म कोठा भित्र छिरे सबैले यसरी हेर्न थाले कि म अर्कै ग्रह बाट आएको हु र नौलो छु । खासै बास्ता गरिन जसले हेरेपनी जसले जे भनेपनी । लास्टको सिटमा गएर झोला राखे अनि त्यही बसे । कोठाको चारैतिर नजर डुलाए नम्रता लाई कतै देखिन आउदै होलिन मनमनै सोचे । दुई पिरियड पढाइ भएपछि सबै बाहिर निस्किए र म पनि सबैको लहैलहैमा बाहिर लागे । सबै आफ्नै तालमा थिए अनि म आफ्नै । आज कक्षा कोठामा देखेका केही साथिहरु होटेल अगाडि देखे अनि त्यतैलागे र हामी सबैले सामान्य परिचय गर्यौ र चिया गफ गर्न थाल्यौ । साथिहरु संगको आजको भेट पनि एकदम रमाइलो नै थियो । हेर्दा उनिहरु सबै हट्टकट्टा नै थिए लुरे म मात्रै थिए । त्यही पनि हाम्रो मित्रताको सम्बन्ध दरिलो बन्नेमा म बिश्वस्त थिए । साथिहरु संग गफ गरेरै बसेको भएपनी नजर भने हिजो उनी संगै बसेको त्यही चौतारीमा थियो ।

छोटो स्कट कसैले लगाएको देख्ने बित्तिकै तन्किदै हेर्थे उनी नै हुन कि भनेर तर उनी नभएर अरु कोहि हुन्थ्यो । केहिबेरको चिया गफ पछि हामी कलेज भित्र लाग्यौ । पढाइ भएको थिएन कोहि डेस्क माथी बसेर कुरा गर्दै थिए त कोहि एक्लै भएर झोक्राउदै थिए अनि कोहि फोटो खिच्दै थिए जसले जे गरेपनी सबैको आ आफ्नो उदेश्य थियो पढेर ठूलो मान्छे बन्ने तर थाहा थिएन हामी हरु को पढेर ठूलो मान्छे बन्ने सपना पूरा हुन्छ कि हुदैन भन्ने त्यो सबै आफ्नो र समयको हातमा थियो । कलेज समय सकिनै लागेको थियो त्यति बेला सम्म पनि नम्रतालाई नदेख्दा नरमाइलो लागेको थियो । हिजोको बिहान जसरी उनी संग बिताएको थिए त्यो मेरो जिन्दगीभर को लागि सम्झन योग्य पल थियो । मोबाइल निकालेर फोन लगाए सम्पर्क हुन सकेन भन्ने जानकारी दिइन मोबाइल भित्र कि दिदिले । सबै साथिहरु कोठामा फर्किने तरखर मा थिए म पनि झोला बोकेर बाहिर निस्किए । भोलि भेट्ने बाचाको साथ हामी छुट्टियौ र नम्रता लाई पनि भोलि त पक्कै भेट्छु होला भन्ने झिनो आश बोकेर एक्लै लखरलखर कोठा तिर लागे ……

लखरलखर कोठा तिर लागे । दैनिकी नै भएको थियो मेरो नम्रता लाई सम्झिनु अनि कोठामा बसेर दिन बिताउनु । खोइ के जादु गरिन उनले एकैदिन मा यस्तो । प्रत्येक दिन कलेज जादा उनलाई नै भेट्ने आश मा हिडिरहेको हुन्थे म । जब कलेज पुग्थे नजर चारैतिर डुलाउथे उनलाई कतै नदेखेपछी सरासर साथिहरुको साथमा कक्षा कोठामा जान्थे । हप्तौ भैसकेको थियो उनलाई नदेखेको पनि र कक्षाको अरु साथिहरु पनि नजिक बन्दै थिए । हाम्रो ग्रुपमा एउटा यति राम्रो साथी थियो हेर्दा पनि हट्टकट्ट खाइ लाग्दो अनि मिलेको शरीर । सुन्दर रुप थियो उसको । उसको लागि कलेजका आधा जसो केटी हरु मरिहत्ते गर्थे । पढाई नहुने बित्तिकै उसकै वरिपरि झुम्मिन आइपुग्थे । मानौ त्यो कलेजमा उ कुनै सेलिब्रेटी भन्दा कम थिएन । हाम्रो ग्रुपको पाच जना मध्ये त्यही थियो हेर्न लायक को नत्र अरु हामी कोहि डल्ले कोहि लुरे यस्तै थियौ । केटी जति उसैको पछि हामी हेरेर बस्थ्यौ । राम्री केटी उसैलाई बाकी रहे पढनदास उनी हरुको छुट्टै ग्रुप थियो जता गएपनि पढाइकै कुरा गर्थे उनिहरु तर जोडि भनेर मिलाएकै थिए केटा जति थिए केटी पनि उति नै थिए । मौका मिल्नासाथ हामी जिस्काउन अघि सर्थौ तर हाम्रो बोली प्राय खेर नै जान्थ्यो हेर्दै नहेरी आफ्नो बाटो लाग्थे । ती मध्ये बाचेखुचेका केटीहरु बिबाहित थिए बिहान लोग्ने छोड्न आउथे पढाइ सकिने बित्तिकै लिन आउथे । त्यसैले म लगायत हाम्रो लभ पर्ने सम्भावना न्यून थियो त्यसैले फुर्सद मिल्नासाथ साथिहरु सुर्ती माड्न थाल्थे र हास्दै भन्थे त्यसमा भन्दा यसमै छ मजा । यो हाम्रो मन बुझाउने बाटो थियो ।

पढाई लेखाइ अनि बिस्तारै नजिकिदै जादा नम्रताको याद बिस्तारै हराउदै थियो । जब चिया पिएर होटेल बाट निस्किन्थे अगाडि त्यही चौतारी थियो उनको याद आउथ्यो अनि त्यो दिन सम्झेर मुस्कुराउथे र फोन लगाउथे तर जवाफ सधै एउटै पाउथे सम्पर्क हुन सकेन पुनः प्रयास गर्नुहोला । जति प्रयास गरेपनी सम्पर्क हुदैन भन्ने थाहा हुदा हुँदै पनि प्रयास गर्थे अनि फोन नलाग्नुको रिस मोबाइल लाई फेर्थे । महङो भए पो माया लाग्नु सस्तो मोबाइल न्याक्ने र फ्याक्ने गर्थे तर बलियो थियो ऎया कहिल्यै भनेन । एकदिन कलेजको हिरो तरुनी संग गफ लडाउदै मस्किदै थियो पढाइ भएको थिएन । म साथिहरु संग बाहिर निस्किए चिया पिउनको लागि । चिया पिउने पनि बानी नै भैसकेको थियो। पढाइ नहुने बित्तिकै होटेल पुगिहाल्थ्यौ । त्यो दिन पनि चिया पिएर बाहिर चौतारीमा बसेर तरुनी जिस्काउदै हास्दै गफिदै थियौ । उस्तै छोटो स्कट , हासको जस्तै चाल अनि उहीँ नक्कली पारा मा अचानक उनलाई देख्दा मुटुको धड्कन तेज तेजले धड्किन थाल्यो । तर उनलाई देख्दा अनायसै यस्तो किन भयो मलाई यो कुरामा म आफै अनभिज्ञ थिए। उनी म तिर आउदै थिइन तर साथमा स्कुटर थिएन ।

साथिहरु उसलाई नै जिस्काउन तरखरमा थिए मैले पहिले नै सचेत गराए उनिहरु त्यहा बाट उठेर कलेज भित्र छिरे । नजिक आउने बित्तिकै सोधिन सन्चै छौ ? मन्द मुस्कान दिदै बोले उम सन्चै छु अनि तिमी ? ओहो तिमी त धेरै बदलिसकेछौ त हजुर बाट एकैचोटि तिमी भनेर पो बोल्न थाल्यौ उनी हास्न थालिन । उनी संग नजिक नभए पनि उनको याद संग नजिक भएको भएर होला मेरो मुख बाट तिमी भन्ने शब्द निस्केको । हो त है बिर्सेछु टाउको कन्याएझै गर्दै बोले । उनी मेरो नजिक बस्दै नियालेर हेर्दै भनिन बल्ल दामी भएछौ । मैले उत्सुक हुँदै भने किन पहिले दामी थिइन र ? उनी चन्चल बानी उस्तै हासो हास्दै भनिन पहिले झोले थियौ अहिले पर्फेक्ट भएछौ । मलाई त झोले नै हुन मन थियो तर साथिहरु ले कर गरेर मात्र चुज गरेको सत्य कुरा खोले । उनी केहिबेर मौन रहिन । उनको मौनता लाई तोड्दै सोधे कहाँ हराएको तिमी यति धेरै दिन ? केटा साथी ले जस्तै हातले अङालो हाल्दै भनिन जाउ कलेज भित्र म सबै कुरा पछि भन्छु तिमिलाई । चौतारी बाट ओर्लनासाथ हात आफै हटाइन अनि मेरो अगाडि उभिदै सोधिन कुमार तिमिले मलाई फोन किन नगरेको । नगरेको होइन नलागेको छोटो जवाफ दिए ।

मेरो याद कत्तिको आयो तिमी लाई यो उनको दोस्रो सवाल थियो मैले पनि उनले जस्तै गरि आफ्नो हात उनको कुम माथी राख्दै भने जाउ भित्र अनि सबै कुरा भन्छु । त्यसपछि हामी कलेज भित्र छिर्यौ साथिहरु मलाई हेर्दै आँखा झिम्काउदै थिए म मुस्कुराए ……..

मलाई हेर्दै आँखा झिम्काउदै थिए म मुस्कुराए । हामि केही पर खाली चौरमा गएर बस्यौ । उनले बस्ने बित्तिकै आफू कलेज नआउनुको कारण बताइन उनको कुरा सुनेर मेरो आखा भरियो । बाहिर बाट झट्ट हेर्दा उनको मुस्कान , चन्चले बानी अनि त्यो हसिलो मुहार देख्दा कसैले पनि अनुमान गर्न सक्दैनन कि उनको मन भित्र कति पीडा छ भनेर । उनलाई मैले त्यो दिन मनै देखि सलाम गरेको थिए जब उनको बास्तबिकता सुनेको थिए । पैसा को त कुनै कमि थिएन उनलाई अनि बस्न लाई पनि सुबिधा सम्पन्न घर थियो । केही कुराको अभाब अनि कमि थिएन कमि थियो त केवल माया को । त्यो माया न त प्रेमी को थियो न त आफ्न्तको । सानै उमेरमा उनका बाबू उनलाई छोडेर गएका थिए । छोडेर जानुको मतलब माथी नभएर अर्कै युवतीको प्रेममा परेर नम्रता र उनकी आमा लाई त्यागेर अर्कै आमा लाई अङालेका थिए । हो त्यही दिन थियो नम्रताको खुशी खोसिएको दिन अनि नम्रताको आमाको सर्बश्व लुटिएको दिन । सहन नसकेर नै होला उनकी आमा त्यही दिन मुर्छा भएर ढलेकि थिइन । जुन दिन आमा मुर्छा परेर ढलिन त्यो दिन देखि आमा चल्न र राम्रो संग बोल्नै नसक्ने भएकी थिइन ।

नम्रताको सानो भाइ पनि थियो जो आठ कक्षा पढ्दै थियो उसले यो सब थाहा थिएन । उसलाई यति मात्र थाहा थियो कि उसका बा सन्सार देखि बिदा भैसके । उनले यति कुरा गर्दा उनको गला सुकिसकेका थिए अनि आँखा बाट अबिरल मोतिका दाना बर्षिदै थिए । उनको आँखा म आँसु देख्दा मेरा नयन पनि भरिइसकेका थिए । उनको बास्तबिकता मैले बुझिसकेको थिए । सायद उनी हसिली स्वभावकि भएर होला आँसु कत्ती पनि सुहाएको थिएन उनको आँखा मा । मनै दुखाउने उनका कुरालाई लाई अन्तै घुमाउदै भने ल सुन अब मेरो पालो मैले तिमिलाई याद गरेकी गरिन सबै कुरा भन्छु । आँसु पुछ्दा उनको आखामा गाजल लतपतिएको थियो पुछ्न मैले पनि सहयोग गरे उनी उत्सुक हुँदै भनिन भन न त तिम्रो कुरा सुन्न हतार भैसक्यो । ओभाना नभैसकेका नयन उनका तर पनि मनै लोभ्याउने मुस्कान दिदै बोलिन । रिसाउछौ कि तिमी ? मैले धेरै कुरा सोचे जस्तो बहाना बनाएर सोधे । नाइ के रिसाउदिन भन न छिटो मेरो शरीरलाई हल्का धक्का दिदै बोलिन मलाई केही सहज भयो अनि उनको बारेमा बढाइ चढाइ कुरा गरे । उनी शान्त भएर सुन्दै थिइन म भन्दै थिए । खोइ कसरी तिमिले एक बिहान मा नै मन लुट्यौ मेरो । जब आउछु भनेर गयौ र आइनौ त्यो दिन जस्तो नरमाइलो दिन मलाई अरु कुनै लागेन । पलपलमा कोठा बाट बाहिर निस्किदै हेर्थे तर तिमिलाई जति चोटि निस्के पनि देख्न नसक्दा निराश हुँदै कोठामा फर्किन्थे र पागलप्रेमी ले आकाशको तारा हेरेर टोलाएझै तिम्रो मिसकल आउने आशमा मोबाइल हेरेर तिमी लाई नै सम्झेर टोलाउथे । आश थियो त्यो दिन भेट नभएनी भोलिको दिन तिमी संग भेट हुनेछ भनेर तर त्यो पछिका दिन तिमिलाई कतै नदेख्दा मन मा ठुलै चोट परेको जस्तो भान भएको थियो । जुन चौतारीमा हामी भेट्यौ अनि जु होटेलमा हामी चिया पिउन गयौ फुर्सद मिल्नासाथ तिमिलाई भेट्छु कि भन्ने आशमा त्यहा पुग्थे । कैयौ प्रयास गरे फोन गर्न तर लागेन किनकी तिमिले मलाई आफ्नो दुख लुकाउन चाहेर फोन अफ गरेको भएर होला वा अरु कुनै कारण ले तर जे भएपनी म तिम्रो यादमा धेरै तड्पिए ।

मैले कुरा गरिरहदा उनी मेरो करिब आइसकेकी थिइन र अनुहार पनि गम्भीर देखिन्थ्यो कुनै कुरा मा गहिरिएर सोचे जस्तै । म कुरा सकियो भन्ने जानकारी गराउनै लाग्दा यसै त नक्कली बानी उनको त्यसमाथि झन नक्कल पार्दै भनिन कुमार साचै तिमिले मलाई यति धेरै याद गरेको थियौ ? कुनै कुरा बढाएर भने पनि याद त म उनको हरपल गरिरहन्थे । मैले पनि केही सानो स्वर निकाल्दै भने साचै नम्रता तिम्रो धेरै याद आउँछ । उनी मुस्कुराउदै थिइन एक्कासि चर्को स्वरले हास्न थालिन । मलाई लाग्यो कि उनले मेरो नै कुरालाई हावा मा उडाउदै छिन भन्ने त्यसैले हास्दै गरेकी उनलाई कोट्याउदै भने अन्तिम एउटा कुरा भन्न बिर्सेछु भनौ । उनले पनि हस भनेर भन्ने अनुमती दिइन उनको हासो रोकिदै गएपछी भने नम्रता न त म तिमिलाई मन पराउछु न त म तिमी लाई माया नै गर्छु तिमी आफै भन त मलाई तिम्रो याद आउनुको कारण के होला ? हास्दै गरेकी उनी रिसाएर जुरुक्क उठिन र सरासर कोठा तिर लागिन म उनको हासको जस्तो चाल हेर्दौ बसिरहे …..

म उनको हासको जस्तै चाल हेर्दै बसिरहे । एकचोटि फर्किदा पनि नफर्की कोठा भित्र छिरिन म पनि उठेर उतै लागे । साथीहरु खुब जिस्काउथे मलाई मुला तेरो त दर्हो लभ परेको रैछ भन्दै । हैन छैन भन्ने बानी नै थिएन मेरो साथिहरु ले जे भनेनी हो भनिदिन्थे । साथिहरु झन उत्सुक हुँदै अनेक कुरा सोध्थे म लजाए जस्तै गरेर भन्थे यस्तो कुरा त नभनौ भो केटा हो लाज लाग्छ । यति भनेसी साथिहरु सोर्ह बर्षे तरुनी मस्के जस्तो मस्किन्थे । अरु भन न साले हामी संग नि कुरा लुकाउछ साख्खै बन्दै सोध्थे तर मैले त्यही जवाफ दिन्थे । रिसाएर ठुस्स परेकी उनी बेन्चमा एक्लै थिइन उठेर त्यतै लागे । गएर बेन्चमा बस्नासाथ पर सरिन उनी जति उता सर्दै जान्थिन म त्यति उनको नजिक जान्थे अनि बाध्य भएर भनिन सर आउनु भयो । म मुस्कुराउदै भने के नगर्नु गर्या छु र ? रिसाएकी उनी गफ गर्न थालिन । यसरी नै बिते हाम्रा कैयौ दिनहरु तर साथी भन्दा माथिको नाता थिएन हाम्रो तर सानो सानो कुरा पनि एकाआपसमा साटासाट गर्थौ । कहिलेकाही उनी भन्ने गर्थिन मलाई केटी साथी भन्दा केटा साथी मन पर्छ भनेर अनि म जिस्किदै भन्थे सायद म राम्रो छु त्यही भएर होला । मेरो कुरा सुनेपछि उनी बेतोड ले हास्थिन अनि भन्थिन ऎना त हेर्छौ होला नि बादरको जस्तो अनुहार छ उसैले राम्रो छु रे । म पनि के कम भन्दिहाल्थे बादर जस्तै भएर त होला एउटी बादर्नी सधै मेरै साथमा हुन्छे । उनी रिसाउथिन म हास्थे । पढाइ त त्यस्तै हो दिनहरु भने रमाइलो मा नै बितेका थिए ।

हाम्रो ग्रुप मध्येको हिरो साथिको तरुनीहरु संग हल्का ठ्याक्क ठुक्क पर्न थालेको थियो हिजोआज । जति केटी नजिक हुन्छन ती सबैलाई माया गर्छु भन्दो रैछ केटी मख्खै । एकदुई दिन घुमाउन लग्यो तेस्रो दिन पछि अर्को को पालो । उसको जिन्दगी देखेर डाह लाग्थ्यो तर के गर्नु अनुहारले बिर्सेको म धन्न एउटी भएनी साथमा छ कसैको त त्यही पनि छैन यहि सोचेर मन बुझाउथे । एकदिन कलेजमा कसले पिकनिक जाने कुरा निकालेछन कक्षा कोठा मा त्यसैको मात्र कुरा थियो । पढनदास को ग्रुप नजाने भनेर पहिल्यै भनिसकेका रहेछन । जाने कि नजाने भनेर सोध्न हामी संग आइपुगेका थिए । सबै साथिहरु जाने भनेपछि म पनि जान तयार भए र नम्रता पनि जाने भइन । पिकनिक जाने हरुको लागि नियम पनि बनाएका रैछन रक्सी चुरोट खान नपाइने अनि अनुशासन मा बस्नु पर्ने । साथिहरु नियम सुनेपछि केही बेखुसी देखिए पिकनिक जादा नि खान पाइएन भने के मज्जा मलाई हेर्दै उक्साउदै थिए । म त खादिन केटा हो धेरै भो छोडिसकेको नम्रताको अगाडि राम्रो बन्न खोज्दै भने । खान नपाउने भए पनि जाने नि रमाइलो हुन्छ भन्ने सोचेर सबै जाने भयौ । पिकनिक को कुरा सकिए पछि हामि बाहिर होटेल तिर निस्कियौ । गेट बाट बाहिर निस्किनै लाग्दा नम्रता ले हात समाउदै तानिन म उनले जता तानिन उतै गए । घाँस उम्रेको चौरमा बस्दै भनिन एउटा कुरा सोधौ ? मैले उनको कुरा भुईमा खस्न नपाउदै भने सोध न एउटा मात्र किन जति सोधेनी हुन्छ । मैले सोचेको थिए आज कि त माया को कुरा गर्छिन कि पक्कै राम्रै कुरा गर्छिन भनेर तर के सोचेथे जिन्दगीमा के के भयो आज भने जस्तै भयो । के के न भन्लिन भनेर कान ठाडो बनाएर सुन्दै थिए । कुमार भन न म पिकनिक मा के लगाएर जाउ ? उनको कुरा सुन्दा पेट मिचिमिची हास्ने मन थियो तर केही हासो मनमै लुकाए किन कि उनी ठुस्स परेर रिसाइन भने फेरि फकाउन लाई धेरै मेहनत गर्नुपर्थ्यो । त्यसैले सोझो जवाफ दिए बस्न नमिल्ने यस्तै छोटो स्कट नलागाउ अरु जे लगाएनी हुन्छ । मेरो कुरा ले उनको चित्त बुझेन र होला भन न साचै प्लिज भन्दै चेपारे पार्न थालिन ।

तिमी लाई जे मन पर्छ त्यही लगाउ म कसैको ब्यक्तिगत जीवन माथी यो त्यो भन्दिन । मलाई टाढाको सोच्यौ है ठिकै छ भन्दै मुख नराम्रो संग बटारिन । जिस्किने तवरले भने साचै मैले भनेको लगाउछौ उनी खुशी हुँदै बोलिन लगाउछु । उनी बाट केही पछी हट्दै भने चुरा पोते सिन्दुर लगाएर जाउ । उठेर भाग्न खोज्दै थिए भेटी हालिन ढाड नै तातो हुने गरेर प्याट्ट पट्किने गरेर हानिन म हास्न थाले अनि हास्दै भने पाइन्ट टिसर्ट र कुर्था जे लगाएनी हुन्छ ……

पाइन्ट टिसर्ट र कुर्था जे लगाएनि हुन्छ । त्यसपछि भने उनी केही बोलिनन सायद चित्त बुझेर होला । जाउ बाहिर उनी बसिरहेको ठाउँ बाट उठ्दै बोलिन । हामी बाहिर निस्कियौ । साथिहरु त्यही होटेलमा थिए हामी पनि त्यतै लाग्यौ । कहिलेकाही त चाहिने भन्दा धेरै नै जिस्किन्थे साथिहरु कसैको ख्याल नगरी कसैले केही भन्छन कि भन्दा पनि नसोची प्याच्च बोल्थे । त्यो दिन पनि त्यस्तै भयो म र नम्रता होटेल पुगेर चियाको अर्डर गर्ने बेलामा साथिहरु त्यही थिए । दिदी दुई चिया है यति भनेर म बस्न थाल्दै थिए साथी प्याच्च बोलिहाल्यो हैन दिदी यसको दूध खाने बानी छ दूध दिनुस । खोइ उसले भन्न त कुन तरिकाले भन्यो त्यो त थाहा भएर । होटेल को दिदी मुस्कुराउदै चिया ल्याइदिइन नम्रता रिसले आगो भएकी थिइन म संग चिया पिउदै नपिइ उनी बाहिर निस्किइन । जागिर नै जस्तो भएको थियो साला जिन्दगी पनि उनी रिसाउथिन म फकाउथे । गल्ती अर्को ले गर्छ उनी म संग रिसाउथिन कहिलेकाही त लाग्थ्यो म उनलाई फकाउने बिभागमै जागिर गर्छु । उनी ठुस्सिदै चौतारीमा गएर बसिन म नि उतै गए । किन रिसाएको के भयो नम्र स्वरले सोधे। साला मातेको केटा हरु के के बोल्छ ।

तिम्रो साथीहरु हुन नि सबै यस्ता केटाहरुको संगत नगर है तिमीले । नम्रताको कुराले मनमा चिसो पस्यो एउटा केटीको लागि अरु साथी त्याग्नु कुरा बिल्कुल गलत थियो मैले सिधै भनिदिने मैले उनिहरुको संगत छोड्न सक्दिन बरु तिमी लाई त्यस्तो नराम्रो लाग्छ भने तिमी मेरो संगत छोडेर जान सक्छौ । मलाई नै पो जाउ रे अझै राम्रो बोल्ने त जमाना नै छैन केही चर्को स्वरमा बोलिन । उनको कुराको कुनौ प्रवाह नगरी म होटेल भित्र गए जहाँ साथिहरु थिए । साथिहरुले गल्ती गरेको महशुस गरिसकेका रैछन जाने बित्तिकै माफ मागे मैले हास्दै भने अरे यार केटा हो साथिमा के को सरी भैहाल्छ नि यस्तो त यदि तिमीहरुको ठाउँमा म भएको भएपनि यस्तै भन्थे होला सायद बिर्सिदे यो कुरालाई । त्यसपछि हामी गफिन थाल्यौ उनी बाहिरै बसिरहेकी थिइन चौतारीमा । गफ गर्दै थियौ पछाडि बाट आएर कपाल सुम्सुमाउदै भनिन कुमार सरि ल ! उनलाई पनि उसै गरि भने तिम्रो ठाउँमा म भएको भए यस्तै भन्थे भनेर । उनको मुहार केही हसिलो भयो । साथिहरुले उनी संग पनि गल्ती बोलेको मा माफी मागे । दिन यस्तै उतारचढाव मा बितिरहेका थिए पिकनिक जाने दिन आइसकेको थियो सबै राम्रा राम्रा कपडा लगाएर आएका थिए चिन्न पनि मुस्किल । सधै कलेज पोशाकमा छोटा स्कट मा देखेका केटीहरु कोहि पाइन्ट मा थिए त कोहि कुर्थामा तर जे होस अरु दिन भन्दा आज साच्चै सबैजना राम्रा देखिएका थिए र तारिफ गर्न योग्य थिए । नम्रता मेरै नजिक रैछन तर म उनलाई नै खोज्दै थिए खुट्टा तन्काउदै र घाँटी घुमाउदै प्याट्ट हिर्काउदै भनिन कसलाई हेरेको यसरी? म जब उनी तिर फर्किए अचम्म परे मैले सोचेको नि थिइन कि छोटा लुगा लगाउदा भन्दा कुर्था मा केटी राम्रा देखिन्छन भनेर आज नम्रता यति राम्री देखिएकी थिइन त्यसको तारुफ गरेर मैले कहिल्यै सक्दिनथे ।

उनलाई नचिने जस्तै गरेर भने एउटी नम्रता भन्ने बादर्नी आउदैछे उसैलाई हेरेको । के रे उनी हास्दै बोलिन म उनको हात समाएर बस मा चढे बस लाग्यो आफ्नो बाटो पिकनिक खाने ठाउँ तिर । सबै संगै भएर नाच्दा गाउदा धेरै रमाइलो भैरहेको थियो सबै कम्मर मर्काउदै नाच्दै थिए गित रिमिक्स बज्दै थियो घाँटी च्यातिने गरि गाउदै थियो तर मैले त्यो गितको अर्थ के हो बुझ्न सकेको थिइन । सबै नाचेको देखेर होला आउ न नाचौ तिमी र म नम्रताले तान्दै भनिन म लाजले भुतुक्कै भए । गाउँ घरमा बिहेको बाजा मा र भजन मा नाचेको म यस्तो गितमा कसरी नाच्ने अफ्ट्यारो लागिरहेको थियो र उनलाई अनुरोध गर्दै भने प्लिज मलाई नाच्न आउदैन तिमी नाच म हेर्छु । उनले मेरो कुरा मान्न तयार भइनन कर गरिरहिन तर म पनि नजाने भनेर बसिरहे र उनी नाच्न थालिन । खाने मुखलाई जुँगाले छेक्दैन भन्ने कुरा साचो रहेछ साथिहरु पानीको बोतलमा रक्सी मिसाएर ल्याएका रैछन हल्का माले माले भैसकेका थिए । खाने बानी नै त थिएन तर रमाइलो गर्न मन लाग्यो र मैले पनि आँखा चिम्लेर पिइदिए अब के के हुने हो आफैलाई थाहा थिएन । आँखा धमिला भैसकेका थिए भने जमिन हल्किसकेको थियो । साथिहरु संग नाच्न गएको म नम्रता संग मस्किदै नाच्दै थिए । मैले त केही गरिन जे गर्नु कोदोको झोल ले गरेको थियो । यत्तिकैमा सबै कुरा फनन्न घुमे जस्तो लाग्यो मनलाई कन्ट्रोल गर्न खोजे तर सकिन । त्यसपछि के के भो थाहा नै पाइन जब आँखा खोले त्यहा म मात्र थिए ………

जब आँखा खोले त्यहा म मात्र थिए । कसैको कोठा थिएन त्यो न त अस्पताल नै थियो । थियो त खाली चौर अनि म एउटा भित्तामा डेस लगाइरहेको अबस्थामा थिए । कहाँ छु भन्ने ज्यानले मेसो पाउन सकेको थिइन अनि दिमागले पनि त्यति काम गरेको थिएन । सरसर्ती पिउने बेलाको केही कुरा याद आयो । नाच्दा नाच्दै ढलेको सम्म त्यसपछि म बिल्कुल बेहिसी भएछु । उठेर चारैतिर नजर लगाए कसैलाई देखिन तर गित केहिपर गुन्जिरहेको आवाज कान सम्म ठोकिन आइपुगेको थियो । नजिकै रहेछु अन्दाज लगाए र हिड्न खोजे तर खुट्टा यता टेक्दा उता पुगे जस्तो भान हुन्थ्यो सोचे नशा अझै लाग्दै छ । केहिबेर लरबराउदै हिडेपछी साथिहरु गितको तालमा झुमिरहेको देखे त्यता जान मन लागेन । के सोचे होलान अरुले अनि नम्रता ले के भन्दै होलिन मेरो त्यो अबस्था देख्दा मनै अमिलो भएर आयो र हिडिरहेका मेरा पाइला रोकिए । मोबाइल निकालेर हेरे दिउसोको चार बज्दै थियो । नम्रतालाई फोन गरे तर उनले उठाइनन त्यो हल्लाको बिचमा भएर थाहा नभएर होला । पिकिनिक तिर हिडेका मेरा पाइला अन्तै मोडिए म कोठामा फर्किने मनशायले केही तल बाटो टिर झरे जहाँ बाट पोखरा जाने बस भेटिन्थ्यो । केहिबेरको पर्खाइ पछि बस आयो र म पोखरा तिर हुइकिए । पिकनिक गएर रमाइलो गर्ने मेरो चाहाना अधुरै भएको थियो । फेरि फेरि यस्तो अबसर मिल्न गार्है पर्थ्यो तर के गर्नु आफ्नै कारणले गर्दा आज आफै त्यो रमाइलो पल मा सामेल हुन बाट बन्चित भएको थिए। मोबाइल निकालेर फेरि नम्रतालाई फोन लगाए चार्ज सकिइ सकेको रैछ दुई घन्टी जान नपाउदै मोबाइल अफ भयो । पोखरा बसपार्क उत्रे पछि सिधै कोठा तिर सोझिए । आफुले गरेको गल्ती र नशाले मनलाई नराम्रो संग गाजेको थियो ।

कोठामा पुग्ने बित्तिकै नुहाएर खाटमा पल्टिए । अनौठो थकानले गर्दा केहीबेरमा नै निदाउन पुगेछु । कोठामा गुनगुन आवाजले गर्दा मेरो निन्द्रा खुल्यो र मन नलाई नलाई पनि उठेर हेरे । नम्रता र अरु साथिहरु थिए रिसले घुरेर हेर्दै थिए म केही बास्तै नगरी मुख धुन बाहिर निस्किए र उत्तिखेरै फर्किए । सबैले मलाई यसरी हेर्दै थिए कि मैले ठुलै अपराध गरेको छु । साले फोन त गर्नु पर्छ नि फर्किए भनेर बेकार को तनाब दिइस है साथी जङिदै बोल्दै थियो । तैले गर्दा कति तनाव भयो तलाई के थाहा । त रक्सीले मातेर लडेपछी तलाई हामिले नै उता लगेका थियौ कि अरुले तलाई नराम्रो नसोचुन भनेर तर त साले केही भन्दै नभनी आइस । रिसले हिर्काउन खोज्दै थियो म जोगिए जस्तो गरे । नम्रता भने केही नबोली चुपचाप बसिरहेकी थिइन । ल गयौ हामी भोलि कलेजमा भेटौला यति भनेर साथिहरु निस्किए तर नम्रता त्यही बसिरहिन । तिमी पनि जाउ उनिहरु संगै रात परिसक्यो । उनले मेरो कुरा सुने नसुने झै गरिन । जब साथिहरु निस्किए उनले कराउन र गाली गर्न थालिन । कसले खुवाएको रक्सी तिमिलाई भन त ? खाएर अडिन नसक्ने ले नि के रक्सी खानु बेइज्जत । अनि फोन त गर्नु पर्छ गए भनेर मेरो केही बास्ता छैन है तिमी लाई ? उनका यी यावत कुरा म सुनेर मात्र बसिरहेको थिए । दिने जवाफ केही थिएन । साथिले दिएको रक्सी भनेर आफू राम्रो अनि साथिलाई नम्रताको नजरमा नराम्रो बनाउन मन लागेन त्यसैले जे भन्थिन म चुपचाप सुन्थे । उनलाई थाहा थियो म बिहानै देखि भोकै छु भन्ने खाना बनाइदिउ उनको रिस केही शान्त भएछ मायालु स्वरले भनिन । नाइ पर्दैन म आफै बनाउछु तिमी जाउ भोलि भेटौला । उनी जान मानिनन बरु भनिन पहिले खाना बनाएर खाउ अनि जान्छु नत्र जादिन । करै लाग्यो उठेर खाना बनाउन थाले उनी मलाई सघाउदै थिइन ।

खोइ छोड तरकारी म पकाउछु मैले तरकारी पकाउने भाडो ग्यास माथी राख्ने बित्तिकै बोलिन । ल ल यति भनेर म उनलाई पकाउने ठाउँ खुला बनाइदिए । खाना तयार भैसकेको थियो म भित्तामा अडेस लगाएरै बसिरहेको थिए उनि नजिकै को टेवलमा हात गालामा राखेर टोलाउदै थिइन । के भयो म उनको मौनता लाई भङ गर्ने उदेश्यले बोले र नजिकै गए । उनका आँखा भरी आँसु भरिएका थिए लौ के भयो किन रोएकी बादर्नी ? यत्ती भन्नेबित्तिकै सानो बच्चाले जस्तो अङाल्न आइपुगिन र सुक्क सुक्क गर्दै रुन थालिन ……..

१०

अङाल्न आइपुगिन र सुक्क सुक्क गर्दै रुन थालिन । के भयो एक्कासि किन रोएको अङालो बाट हटाउदै सोधे । केही भाछैन नम्रता मसिनो स्वरमा बोलिन । हिन्दी सिरियलको जस्तो उनी बेला बेला मा रोइहाल्थिन तर किन रोएको तिमी भन्दा जवाफ उहीँ आउथ्यो । उनको मनमा सुनामी नै गएको भएर होला आज मेरो धेरै नजिक भएकी थिइन । उनको निराशापन लाई अन्त्य गर्नको लागि भोक लागेको निहु बनाए नम्रता खाना खाउ न त अब चिसो हुन्छ फेरि । उनी केही नबोली बसिन म उठेर दुई जनालाई खाना पस्किए । आउ खाना उनलाई बोलाए । भोक छैन तिमी नै खाउ केही कडा स्वरमा बोलीन । खाना उनको अगाडी लगिदिए र खान आग्रह गरे तर पनि मानिनन । ल भन त के भयो उनका सुनकेशरी कपाल खेलाउदै सोधे । आँखा चिसै थिए यत्तिकैमा सबैकुरा भन्न थालिन । कुमार तिमी संग कैयौ दिन बिताए कैयौ पल संगै रमाए मलाई कहिल्यै पनि तिमी म देखि टाढा जान्छौ भनेर सोचेको पनि थिइन । जब तिमी भेटिन्थ्यौ छुट्टै रमाइलो लाग्थ्यो सोच्थे जिन्दगी सधैभरी यसरी नै चल्ने भए । उनी आज अरु दिन भन्दा अर्कै अबस्थामा थिइम । चन्चल अनि धेरै बोल्ने उनी आज निराश हुँदै केही शब्द बोल्दै थिइन तैपनी सोचेर बोल्दै थिइन । आज पिकनिक मा जे भयो त्यो कुराले मेरो आँखा खोलिदियो । तिमी रक्सी खाएर सबैको अगाडि लडेपनी अरु ले जे सुकै भनुन तर मैले तिमी लाई बुझ्ने मौका पाए ।

जब तिमी लाई हामी ले राखेको ठाउँमा हेर्न गयौ त्यहा नदेख्दा मेरो तिमी प्रतिको मायाको बेग यसरी उर्लिएर आयो कि म आफुलाई सम्हाल्न पनि सकिन र थ्याच्च बसे । त्यही बेला तिम्रो साथीहरु ले मलाई निराश नहुनु भाउजू भनेर सम्बोधन गर्दा झन मनमा तिम्रो माया बढेर आयो अनि मैले बुझेकी म तिमी लाई माया गर्छु भन्ने । उनी आज धेरै निराश थिइन र मलाई पनि उहीँ अबस्थामा पुर्याउन खोज्दै थिइन । थालको भात चिसो भैसकेको थियो भने आज उनको कुरा छिटो सकिने छाटकाट नै थिएन त्यसैले हिन्दी फिल्मको डालगल मारे- ए पगली रुलाएकी क्या ? उनी खिस्स हासिन । म जोडले हासेको देखेर होला भातको डल्ला ले नै प्रहार गरिन म माथी । बाकी जे रहेको थियो त्यो बाडेर खायौ । खाना खासकेपछी हाते ब्याग लिदै भनिन म जान्छु ल ? म अकमक्क भए जाउ भन्न नि सकिन अनि बस भन्न नि सकिन । उनलाई हेरिरहे मात्र । उनी कोठा बाट बाहिर निस्किइन अघि सम्म झलमल्ल उज्यालो मेरो मन र कोठा एकैचोटि अन्धकार मा परिणत भए । केहि सामान छुटे जस्तै दौडिदै आइन म खुसी भए । के छोडियो उत्सुक हुँदै सोधे । उनी केही नबोली खोज्दै थिइन के खोजेकी हुन भन्ने थाहा त थिएन तर उनलाई साथ दिदै थिए खोजे जस्तो गरेर । जब म सिधा भए उनले सानो बच्चालाई जस्तो चुम्बन गरिन र जोडले अङालो हालिन । त्यसपछि उनी जान खोज्दै थिइन मैले हात समाएर रोके उनलाई । जान्छु के भनेर मन चोर्दै थिइन मेरो तर मैले यहि बस भने । के भन्छन अरुले थाहा पाए भने डराए जस्तो गरि बोलिन । अरुले जे सुकै भनुन तर तिमिलाई नराम्रो लाग्दैन भने नजाउ । मेरो कुरा सुनेपछि हाते ब्याग टेवल तिर मिल्काइन र खाट माथी बसिन । मैले सुत्ने ब्यबस्था मिलाउदै थिए । हामी मनले नजिक थियौ त्यसैले शरीरलाई टाढा बनाउन खोज्दै थिए ।

पातलो पलास्टिकको गुन्द्री भुईमा ओछ्याए र आफुलाई सुत्न मिल्ने बनाए । उनी खाटमा सुतेर भुईमा सुतेको मलाई हेर्दै कुरा गर्दै थिइन । बेला बेला जिस्काउदै भन्थिन आउनु न माथी नै म केही भन्दिन अनि हास्थिन । म निदाएको बाहाना बनाएर सुत्थे उनी खाट बाट तन्केर नाक तानिदिन्थिन । गफ गर्दा गर्दै रात धेरै भैसकेको थियो । बत्ती निभाइदिउ उनलाई हेर्दै सोधे । इशाराले हुन्छ भन्ने जवाफ दिइन म बत्ती निभाएर पल्टिए । यसपछि हामी नबोली सुत्यौ । जब रातमा ब्युझिए मेरो हातलाई उनले सिरानी बनाएर सुतिरहेको देखे मेरै छेउमा । उनी पनि टाढा कि त थिइनन जे भए नि एकाअर्कालाई माया गर्थौ हामी । छेउमा सुतिरहेकी उनलाई आफुतिर तानेर चुम्बन गरे र न्यानो अङालोमा सुताए उनलाई ।बिहानिको आलाराम ले ब्युझाइदियो हामी लाई ……..

११

बिहानीको आलाराम ले ब्युझाइदियो हामी लाई । उठ्न मन नलाइ नलाई उठे कलेज जानू थियो । नम्रता उठ्ने हैन उनी झन कोल्टे फर्केर आनन्दले सुत्न थालिन । म फ्रेस भएर चिया बनाउन लागे । उठ चिया खान कोट्टाउदै बोलाए । उठेर जिउ तनक्क तन्काउदै लामो हाइ काडिन । लिउ चिया उनको अगाडि राख्दिदै भने निन्द्रा मै भएपनि चिया पिउन थालिन । उनी उठेर फ्रेस हुन गइन म त्यही मौका छोपेर कलेज को पोशाक लगाए र तयार भएर बसे । आज नजाउ के अल्छी लागिराछ नक्कल पार्दै बोलिन। गएर आइहाल्ने साथी भेटेर उनलाई सम्झाउदै बोले । तिमी पनि कलेज ड्रेश नलगाउन त म संग आज ड्रेस छैन नजिक आउदै बोलिन । ल ल हुन्छ तिमी बाहिर जाउ न त म लुगा फेर्छु मेरो कुरा सुनेर उनी हास्दै बोलिन रेप गर्दिन के नडराउनु यहि फेर्नु न बाहिर त जान्न म । उनको कुराले मलाई नै लाज लाग्यो र यत्तिकै उभिइ रहे ।

जाउ न प्लिज उनलाई बाहिर जान अनुरोध गरे ह्या भन्दै मुख बिगादै बाहिर निस्किइन म तयार भए । हामी निस्कियौ कलेजको लागि साथमा कलम बाहेक अरु केही थिएन नया बिबाहित जोडि घुम्न हिडे जस्तो गरेरै हिडिरहेका थियौ । कलेज नजिक पुग्ने बित्तिकै साथी ले जिस्काउदै भन्यो कता हो दाइ भाउजू ? आज उनी र म साथी मात्र थिएनौ प्रेमी प्रेमिका भैसकेका थियौ त्यसैले जवाफ पनि उनी आफैले दिइन कता हुनु देवर बाबू ! यतै तिर भन्दै लाजले शिर निहुराइन । ल बधाई छ साथिले हात मिलाउदै र धाप मार्दै बधाई दियो बिहे नहुदै बधाई पाएकोमा म औधी खुशी थिए उसलाई पनि धाप मार्दै भने धन्यवाद तलाई पनि ।

साथी बाट नै थाहा पाए आज पनि पढाइ भएको छैन भन्ने किनकी पिकनिक गएका आधा जसो आएकै थिएनन त्यसैले होला जति विद्यार्थी थिए सबै बाहिरै थिए । यत्तिकैमा अर्को साथी आइपुग्यो छोड्यो तलाई हिजोको ले फिस्स हार्दै सोध्यो । छोड्दे बितेका कुरा बितिसके नया कुरा गर नया नेपाल मा कुरा घुमाउदै बोले । हिजो को त्यही कुरा गर्दा नम्रता लाई नरमाइलो लाग्ला भनेर मात्र नत्र साथि मात्र भएको भए भन्दिहाल्थे किन खुवाउछ्स र आज पनि भनेर । पढाइ नहुने भएपछि केही बेर बसेर हामी छुट्टियौ सबै आ आफ्ना घर कोठा जे छन त्यतै लाग्यौ । कलेज जाने र आउने त्यो बाहेक अरु काम थिएन । नोट लेख्नु र पढ्नु भएको औसी र पुर्णिमा जस्तै थियो । खाना बनाएर खाए अनि पल्टिए बर्लङ खाटमा । कता कता एक्लो लाग्यो । हुन त आज सम्म यो कोठामा जति दिन ,महिना बिताए त्यो एक्लै बिताएको थिए तर कहिल्यै एक्लोपनको आभास भएको थिएन तर आज उनको याद संगै एक्लोपनले छोइसकेको थियो । त्यो एक्लोपन लाई सिरानी ले साथ थियो हिजो जस्तै गरि सिरानी लाई अङालोमा लिए र निदाउने प्रयास गर्दा गर्दै निदाएछु ।

घरबेटिको घरको झगडा ले गर्दा निन्द्रा खुल्यो । मान्छे भन्दा धेरै कुकुर पालेका थिए घरबेटी ले बरु साना छोराछोरी भुईमा कुदिरहेका हुन्थे कुकुरका बच्चा काखमा हुन्थे म प्राय उनिहरुको यो चर्तिकला झ्याल बाट चियाएर हेर्ने गर्थे । हेर्दा घरबेटी बुढा बुढी दुबै आधुनिक देखिन्थे लवाई मा बिशेष ध्यान दिन्थे जता जान्थे संगै जान्थे अनि के कुरामा चित्त बुझेको छैन त्यो कुरा मा चर्काचर्की गर्थे कतै सामान फालेको त कतै सिसा फुटेको आवाज आइरहन्थ्यो । गएर सम्झाउ कुनै नाता छैन । बुढाबुढिको झगडा परालको आगो आफै निभ्छ यहि सोचेर सधै कान थुनेर बस्थे । यत्तिकैमा मोबाइल हेरे ओहो कति धेरै चोटि फोन गरिसकिछन उनले तर मैले थाहा नै पाइन । खाटमै थियो आफै थिचिएर शान्त भएको रहेछ । देख्ने बित्तिकै फोन गरिहाले सोचेको थिए बादर कहाँ हो के ? फोन उठाउन नि गार्हो है भयो अब फोन गर्दिन भन्छिन कि भन्ने तर नम्र हुँदै र भनिन के गर्दै छौ ? सुतिराछु अनि तिमी ? तिम्रो कोठा बाहिर यति भनेर फोन राखिदिइन झ्याल बाट टाउको बाहिर निकालेर हेरे नभन्दै उनी त्यही थिइन र फेरि फोन लगाएर भित्र आउन भने उनी आउदै थिइन मन जोड जोडले धड्किदै थियो…..

१२

मन जोड जोडले धड्किन थाल्यो । ढक्ढक ढोका हान्दै थिइन उनी भित्रै बाट बोले खुल्लै छ आउ । जब उनी आइन म उनलाई नियालेर हेर्न थाले । झ्याल बाट हेर्दा ख्यालै नगरेको रैछु । अरु दिन भन्दा भिन्न न त छोटो स्कट थियो नत भित्रको अङ संगै चपक्क टासिएको पाइन्ट र टिसर्ट नै । कहिल्यै गाजल अनि लाली नलगाएकी उनको आँखा गाजल अनि ओठमा गुलाबी लाली थियो अनि सेतो कुर्था सलबारमा थिइन । साचै आज उनी सुन्दर देखिएकी थिइन । सधै अरु पोशाक मा देख्ने भएर होला आज उनलाई यस्तो हुलियामा देख्दा अचम्म लागिरहेको थियो । आउ न बस किन उभिएकी उनलाई केहिबेर हेरेपछि बोले । बल्ल फुर्सद भयो है बस भन्न पनि च्याठ्ठिदै बोलिन। के गर्नु त यति राम्री भएर आएकी छौ ध्यान उतै गयो बस भन्नै बिर्सेछु ।

उनी नजिक आएर बसिन केही भन्न खोजे जस्तो गर्थिन तर बोल्न सकिनन । के भयो तिमीलाई अरु दिन त मकै पड्के जस्तो गरेर पटट बोल्थ्यौ ? केही भाछैन एउटा कुरा भन्छु ल ? उनका हजार कुरा सुन्न तयार मान्छे म एउटा कुरा भन्छु भन्दा नाइ कसले पो भन्ला र भन न छिटो हतार भैसक्यो उनलाई अताउदै भने । म अब पहिले जस्तो लुगा लगाउदिन ल । उनका कुरा सुन्नासाथ सोधे किन के भयो र ? लजाउदै अनी टाउको काधमा राख्दै भनिन म त अब हजुरको घरको बुहारी हो नि त । उनको कुराले हास्न मन लाग्यो र मुस्कुराए अनि भने आज एक्कासि यस्तो कुरा कहाँ बाट सोच्यौ तिमिले ? माया रैछ सबै कुरा मायाले नै सबै कुरा सोच्न बाध्य बनाउने रहेछ म हजुरलाई कहिल्यै गुमाउन चाहन्न त्यसैले म हजुरको नजरमा सधै राम्रो बनेर हिड्न चाहान्छु । उनको कुराले सोच्न बाध्य बनायो मलाई तिमिलाई जे ठिक लाग्छ त्यही गर जबसम्म तिम्रो सिउदोमा मेरो हातको सिंदुर हुदैन त्यो बेला सम्म म तिमिलाई केही कुरा नगर नलगाउ भन्दिन किनकी म पनि चाहान्छु केही कुराले तिम्रो मन नदुखोस । बस्दै गरेकी उनी एक्कासि काखमा सिरान गर्न आइपुगिन म उनको कपाल लाई मिलाइदिन थाले । केहिबेर आँखा जुधे कताकता मनमा झड्का हान्यो नजर अन्तै डुलाए । मेरो आमाले भेट्न खोज्नु भएको छ तिमिलाई गएर उल्टो कुरा गर्ने हैन है भन्देको छु । काखमा लुटपुटिदै बोलिन । बिहे नगर्दै ससुराली कति भाग्यमानी म उनको नाक तान्दै भने ।

छि सिगान उनि हास्न थालिन । उनकै कुर्थामा हात पुछिदिए पछि किनिदिने आफैले हो पुछ्नु पुछ्नु मख्ख थिइन उनी र मलाई पनि मख्ख पार्दै थिइन र हामी दुई एकाअर्काको माया पाएर गमक्क थियौ । जाउ न हिड् काखबाट टाउको हटाउदै बोलिन । आमालाई लिएर आउछु भनेको छु । आज तिमी गएनौ भने म कहिल्यै बोल्दिन तिमी संग । एक्कासि यसरी जान त मन थिएन तर यहाँ आफ्नो मन भन्दा पनि उनको मनको सवाल थियो जो कहिल्यै नदुखोस भन्ने मेरो चाहाना थियो । ल ल जाउला नि एकछिन मा हुदैन । उनले हुन्छ भन्ने आशयले टाउको हल्लाइन । चिया पिउनु हुन्छ बनाउ?? म तिर हेर्दै सोधिन म जोडले हास्न थाले । तिम्रो मुख बाट पनि आज तपाईं हजुर भनेको सुन्न पाए धन्य छ भगवान ! अघिनै भनेको हैन म हजुरको घरको बुहारी भैसके भनेर उनी लजाउदै बोलीन र चिया बनाउन जान लाग्दै थिइन । भो नबनाउ चिया आज ससुराली मै गएर पिउछु हुदैन र ? खुशी हुँदै भनिन हस । हामी उनको घर तिर लाग्यौ घर पुग्दा आमा खाट मा सुतिरहनु भएको थियो मलाई देख्ने बित्तिकै अनुहार हसिलो बनाउनु भयो नजिक जाँदै नमस्कार गरे । उहाँ सानो स्वरले बोल्नु हुन्थ्यो मैले राम्रो संग बुझ्न सकेको थिइन नम्रता ले उहाले भनेको कुरा मलाई भन्दै थिइन आमाको छेउमा बसेर । एकैछिन मा आमा छोरीका आँखा आसुले भरिए नम्रता लाई हेर्दै भने के भन्नू भयो आमाले । हातले आँसु पुछ्दै रुन्चे स्वरमा भनिन सानै देखि माया पाइनन बा अर्कै लिएर गयो म ओछ्यान मा ढले तर जे भएपनी यति धेरै माया गर्ने मान्छे भेटिछस अब म मरेपनी मलाई पछुतो हुने छैन यति भन्दा उनको गला बसिसकेको थियो ।

आमा ले उनको हात मेरो हात माथी राख्दै लामो श्वास फेर्नुभयो …….

१३

उनको हात मेरो हात माथी राख्दै लामो श्वास फेर्नु भयो । जिन्दगीले कहाँ बाट कहाँ पुर्याएको थियो आज मलाई । समयले खेलाउथ्यो म खेल्थे यस्तै होला सायद जीवन भन्नू नै । कहिले हासो अनि कहिले खुशी सबै।कुरा समिश्रण नै बास्तबमा जिन्दगी थियो । अचानक कलेज मा भेटिएकी उनी आज मेरो सबभन्दा नजिकको पात्र भएकी थिइन । मैले त्यही बेला सोचेको थिए कि सिंदुर र पोते लगाउदैमा मात्र श्रीमान श्रीमती हुदैनन भनेर जब मन मिल्छ तब सबथोक हुन्छ । उनको आमाको अनुहारको खुशी देख्दा म पनि फुरुङ थिए अनि नम्रताको अनुहारमा पनि छुट्टै चमक थियो । मलाई हेदै भन्थिन “आमाको यस्तो हसिलो अनुहार आज पहिलोपटक देख्दै छु यो सबै हजुरको कारणले गर्दा हो ।” उनी आमा खुशी हुनुको श्रेय मलाई दिन्थिन, म मुस्कुराउथे । ” भोक लाग्यो होला बाबुलाई खाना खुवाउ छोरी” आमा सानो स्वरले बोलिन । भोक लागे त भनिहाल्छु नि आमा यो पनि मेरो आफ्नै घर त हो नि आमालाई हेर्दै भने । “जाउ आउनु ” यत्तिकैमा नम्रताले हात समाएर कतै जान अनुरोध गरिन, म उनको पछि लागे । सायद त्यो उनको कोठा हुनुपर्छ निकै मेहनत ले सजाएकी थिइन । कोठा सफा थियो अनि ठुला ठुला हिमाल तालका तस्वीर हरु टासिएका थिए म त्यही तस्वीर नियाल्दै थिए । “” दिदी”” यत्तिकैमा नम्रताले कसैलाई बोलाइन मेरो ध्यान उतै गयो ।

को दिदी हो?? तिम्रो आफ्नै दिदी कि ?

मेरो कुरा सकिन नपाउदै जवाफ दिइन” मामाको छोरी ।”

ए ए सबैकुरा बुझे जस्तै गरेर टाउको हल्लाए।” आउनु खाना खान” अचानक दिदी आएर खाना को लागि बोलाउनु भयो, लाजले फिस्स हास्दै हुन्छ भने । बादर्नी एक्लै त लाज लाग्छ संगै खाने ल नम्रताको कान नजिकै गएर बोले उनी हास्न थालिन । हामी सबै संगै आमा भएको कोठामा गएर खाना खान थाल्यौ, आमा पनि भन्दै हुनुहुन्थ्यो “आज धेरै खाना खाए बाबू नानी हो तिमिहरुको खुशी देखेर ।” आमाको यस्तो कुरा सुन्ने बित्तिकै नम्रताका आखा चिसा हुन्थे। खाना खाइसकेपछी म फर्किन्छु भन्ने मनशायले आमालाई गएर भेटे अनि भने आमा फेरि फेरि आउदै गर्छु है अब म जान्छु भोलि कलेज पनि जानू छ । मेरो कुरा सुनेर नम्रता निराश भएकी थिइन आमाले के भन्नुहुन्छ भन्ने मा उनलाई निकै कौतुहलता थियो ।

” आमा कुमार जाने रे” आमाको नजिक बस्दै भनिन । सानो स्वरमा बोलेकी आमाको जवाफ मैले सुन्न सकिन “नजान भन्नू भा छ आमाले यतै बस्नु रे आज” नम्रता बोलिन ।

रात धेरै नै परिसकेको ले मैले पनि जाने कर गरिन । आमालाई छोडेर हामी नम्रताको कोठामा गयौ उनले टि भि खोलिन म बिस्तारामा पल्टिएर हेर्न थाले । आज तिम्रो पालो भुइमा सुत्ने उनलाई जिस्काउदै बोले । जे भनी नि नाइ नभन्ने उनको बानी सबैभन्दा प्यारो लाग्थ्यो मलाई । यति पिर भएर पनि कति धेरै बोल्छिन अनि कति मुस्कुराउछिन साचै उनको मनको चोट देख्न कसैले सक्दैन्थ्यो । उनको मनको चोटलाई उनकै मुस्कान ले जितेको थियो । रात छिप्पिसकेको ले सुत्ने तरखर गर्दै थियौ । आज भुइमा बिस्तारा थिएन हामी दुबै खाटमा थियौ एकअर्काको न्यानो अङालोमा थियौ । उनको शरीरको स्पर्शले अजिबको आभास दिलाउथ्यो हामी झन भन्दा झन नजिक हुँदै गयौ। पहिलोपटक मायाको मिठो अनुभव गरे मैले जब उनले आफ्ना कोमल ओठ लाई मेरो ओठमा मिलाइन ।

हामी एकाअर्काको मायामा हराउदै गयौ र अन्धेरी त्यो रातलाई रंगिन रात बनायौ । बिहानै निन्द्रा खुल्यो भित्तामा झुन्डाएको घडी हेरे कलेज जाने समय भैसकेको थियो अनि नम्रतालाई हेरे मस्त निन्द्रामा थिइन । उठाउन मन लागेन अनि उनी बिना एक्लै कलेज जान मन पनि लागेन । चिसो थियो उनलाई सिरक मिलाएर ओढाइदिए जाउ कि नजाउ मन दोधारमा थियो । उठ्नै लाग्दा उनले मेरो हात समाइन र नजान आग्रह गरिन म पनि उनको आग्रहलाई स्विकार गर्दै फेरि उनकै मायालु त्यो अङालोमा बेरिन पुगे र लामो चुम्बन गरे ……..

१४ (अन्तिम भाग )

फेरि उनको त्यो मायालु अङालोमा बेरिन पुगे र लामो चुम्बन गरे । बिहानी को चिसो मौसम अनि मस्त निन्द्रा अनि त्यसैमाथी उनको साथ धेरैबेर सम्म सुतिएछ । दिदी ले बोलाउने बित्तिकै हाम्रो निन्द्रा खुल्यो र एकसाथ उठ्यो । दिदी ले बनाएको मिठो चिया पिए संगै म फर्किने तयारी गर्दै थिए ।
“नम्रता तिमिलाई आमाले बोलाउनु भएको छ ” दिदी ले मलाई हेर्दै हास्दै भन्नुभयो ।

पक्कै पनि हाम्रै कुरा हुनुपर्छ मनमनै सोचे । नम्रता आमाको कोठामा गइन म उनकै कोठामा बसिरहे । धेरै समय भैसक्दा पनि उनी आइनन मन आत्तिन थालिसकेको थियो । एक्लै बस्दा मन झन आत्तियो र दिदी भएको ठाउँ तिर गए उहाँ खाना बनाउदै हुनुहुन्थ्यो म हेरेर बसिरहे । यसको केही समयपछि नम्रता हास्दै आइपुगिन म जान्न चाहान्थे कि आमाले उनलाई के भन्नू भयो भन्ने तर दिदिको अगाडी सोध्न पनि अफ्ट्यारो लाग्यो । उनी कोठामा छिरिन म पनि उनको पछि लागेर उनको कोठामा छिरे ।

“के भन्नू भयो आमाले मलाई भन्न मिल्छ ?” आमाले भनेका कुरा सरसर्ती भन्दै गइन म सुनिरहे ।

पढ्दै छौ दुई जना ले नै पहिले राम्रो संग पढाइ सक्नु पछि नपढेर दुख पाउन सक्छौ आफ्नो खुट्टामा उभिने बन्नु त्यसपछि बिहे गर्यौ भने तिमिहरु लाई नै जिन्दगी बिताउन सहज हुन्छ । आमाले भनेको यो कुरा मलाई पनि सार्है चित्तबुझ्यो । आमाके त भन्नू भएको छ तिमीहरु लाई बिहे गर्ने मन छ भने मैले बाटो छेक्दिन आज गरे नि भोलि गरे पनि तर आमा हुनुको नाताले भनेको भन्दै हुनुहुन्थ्यो नम्रता बोल्दै थिइन । तिम्रो के बिचार छ ? उनि बोल्दै गर्दा बिचैमा सोधे उनी सोचमग्न भइन । यत्तिकैमा मैले आफ्नो घरमा फोन लगाए किनकी बाबा आमा यी सबै कुरा बाट टाढा थिए र बा आमालाई पनि जानकारी गराउनु पर्थ्यो । हुन त मैले बिहे गर्छु भनेपछि बा आमाले नाइ त भन्नू हुदैन्थ्यो तर छोराको कर्तव्य पूरा त गर्नु पर्थ्यो नै । आमाले फोन उठाउने बित्तिकै भने आमा म त बिहे गर्दै छु । सायद एक्कासि बिहेको कुरा गरेको हुनाले र सधैजसो जिस्किने भएर होला उहाले मेरो कुरालाई पत्याउनु भएन बरु भन्नू भयो राम्रो संग पढ अनि बिहे गर्लास । मैले हुन्छ भने । बुहारी संग बोल्नु हुन्छ कुरा हुँदै गर्दा सोधे को बुहारी हो खोइ दे त । फोन नम्रता लाई दिए आमा र नम्रता कुरा गर्दै थिए नम्रताले हस र हुन्छ मात्रै भन्दै थिइन आमाले के भन्नू भयो त्यो मैले सुनेको थिइन ।

यत्तिकैमा उनले फोन राखिन र झम्टेर अङाल्न आइपुगिन । कस्तो कुरा बुझ्ने हुनुहुदो रैछ मेरो सासू आमा अङालोमा कस्दै भनिन मैले सोचे घर परिवार पनि खुशी नै छन भन्ने । तर मेरो आमा र उनको आमाको चाहाना एउटै थियो आफ्नो खुट्टामा उभिए पछि मात्र बिहे गरे सुख पाउथ्यौ कि भन्ने । आमाहरुको मन तोड्न पनि त मिलेन । बिहे नभएपनि हामी एकाअर्का संग भेट्न पाउथ्यौ बस्न पाउथ्यौ फरक यत्ती थियो कि उनको सिउदो मेरो हातको सिन्दुर थिएन । खुशी थिइन मेरी उनी अनि खुशी थिए म । उनको माया अनि दिदी पनि निकै खुशी हुनुहुन्थ्यो । त्यसपछि का दिनहरु हामी कहिले मेरो कोठामा बसेर त कहिले उनको कोठामा गएर बिताउथ्यौ तर जहाँ जान्थ्यौ संगै जान्थ्यौ एकपल पनि हामी छुटेर बसेनौ । पढ्न भनेर कोठामा बसेपनी कुरा माया कै हुन्थ्यो । पढाइलाई मायाले हराइसकेको थियो तर पनि हामी राम्रो अंक ल्याएर पास नभएपनी पास मात्र भएका थियौ यहि नै हाम्रो लागि खुसीको कुरा थियो । त्यति धेरै चन्चल अनि मलाई पहिलो नजर मा एकदम नक्कली लाएकी केटी आज मेरो श्रीमती बन्दै थिइन ।

न त उनमा अहिले त्यो चन्चलपन थियो न त कस्मेटिक नै । छोटा स्कट र टाइट लुगा लगाउन त उहीँ दिन देखि छोडेकी थिइन जुन दिन हामी एकाअर्काको अङालोमा बेरिएर एकाअर्कालाई मन पराउने र माया गर्ने कुरा गरेका थियौ । सिधै तिमी भनेकी उनले हजुर भनेर सम्बोधन गर्थिन अनि ती दिन सम्झेर म कस्ति थिए है भनेर आफै अचम्म मान्ने गर्छिन । हाम्रो बिहे भएको पनि पाच बर्ष भैसक्यो आज । हाम्रो मायाको निशानी हाम्री प्यारी छोरी पनि छन आज हामी संग तर उनले गर्ने माया र मैले उनलाई गर्ने माया उस्तै छ अझै पनि झन भन्दा झन बढ्दै गैरहेको छ ।

एकदिन बिहानै उठाउदै भनिन बुढा कलेज जाने हैन ?

म आँखा मिच्दै उठे र घडी हेरे जब साथमा सुतिरहेकी छोरी देखे मैले मुस्कुराउदै भने “कलेजको चिनो त उ त्यही सुतिरहेकी छ अब किन जानू?” यत्तिकैमा उनी आँखाभरी आँसु बनाउदै अङाल्न आइपुगिन । खाटको कुना सुतिरहेकी छोरी लाई हेर्दै हामी धेरैबेर अङालोमा रहिरह्यौ ।

समाप्त

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.