~सुरेन्द्र राना~
एउटै यो मनलाई, दुःखाउनेहरू धेरै हुन्छन्
हँसाउनेहरू कोही कोही रुवाउनेहरू धेरै हुन्छन्
कति अन्यौल छन् यहाँ जिन्दगीका मोडहरू
बाटो देखाउने कोही कोही भुलाउनेहरू धेरै हुन्छन्
पल पलमा बग्दछन् आँसुका भेलहरू
किनारा लगाउने कोही कोही डुबाउनेहरू धेरै हुन्छन्
लागेका छन् धेरै छातीभरि चोटहरू
कठै ! भन्ने कोही कोही रमाउनेहरु धेरै हुन्छन् ।