~द हिमालय ब्याण्ड~
कहाँ तिम्रो मायालुलाई छाडी राख्यौ – २
त्यही गोरेटोले तिम्रो माया छिनीदिउँ कि – २
गाग्रीमा थापेको पानी (पानी)
चिम्टीले लिपेको आँगन (आँगन)
अगेनामा दाउराको धुँवा (धुँवा)
आँशु पुछ्ने कुसुमे रुमाल (रुमाल)
फर्कि आउने हो कि होइन, मोटरको धुँवा उडाउँदै¬ – २
कहाँ तिम्रो मायालुलाई छाडी राख्यौ
माया लाउँछु डाँडापारी गाउँमा (गाउँमा)
सयपत्री गुँरासको माझमा (माझमा)
गीत गाउँछु सुन्दरी खोलाको तीरमा (तीरमा)
कलकल झरनाको तालमा (तालमा)
फर्कि आउने हो कि होइन, मोटरको धुँवा उडाउँदै¬ – २
कहाँ तिम्रो मायालुलाई छाडी राख्यौ – २
त्यही गोरेटोले तिम्रो माया छिनीदिउँ कि – २
अगेनामा दाउराको धुँवा (धुँवा)
आँशु पुछ्ने कुसुमे रुमाल (रुमाल)
फर्कि आउने हो कि होइन, मोटरको धुँवा उडाउँदै – ५
शब्द / सङ्गीत : द हिमालय ब्याण्ड
स्वर : नोर्देन तेन्जिङ भुटिया
सन १९८१/८२ तिर हुन पर्छ होला यो गीत द हिमालय ब्याण्डले (७ जिआर) बिएफबीएस हङकङमा नोर्देन तेन्जिङ भुटियाको स्वरमा रेकोर्ड गराएको । हिमालयन्स ब्यान्डले यो गीत भन्दा अघि नै सुमधुर स्वरका धनी नोर्देन तेन्जिङ भुटियाको स्वरमा ‘गाजलुले आँखा छोप्ने’, ‘कहाँ तिम्रो मायालुलाई’, ‘मुसुमुसु हासीदेउन’, ‘मायाले माया गाँसिदेउ’ जस्ता गीतले हङकङ देखि नेपाल सम्म उधुमै मच्चाई सकेको थियो । हुन सक्छ पल्टने जीवनको ब्यस्तता आदिले होला त्यस्तो चर्चाको शिखरमा पुगेको ‘हिमालयन्स ब्यान्ड’ ले १९८३/८४ साल पछि साङ्गितिक यात्रालाई निरन्तरता दिन सकेन । तर आज पर्यन्त हिमालयन्स ब्यान्डको गीतहरू चर्चामा आईरहेकै छ, जनजिब्रोमा झुन्डीरहेकै छ ।